नारीवाद र लोककथा सन् २०२६
विकिपिडियामा सांस्कृतिक विविधता र लैङ्गिक समावेशीकरणको वार्षिक उत्सव, नारीवाद र लोककथा २०२६ नामक लेखन प्रतियोगितामा यहाँलाई स्वागत छ। यो प्रतियोगिताले स्थानीय सांस्कृतिक कार्यक्रमहरू, लोकगीतसँग सम्बन्धित गतिविधिहरू, र महिलाहरूको प्रायः बेवास्ता गरिएका तर महत्त्वपूर्ण योगदानहरूको दस्तावेजीकरणको यात्रामा लाग्न उत्साही योगदानकर्ताहरूलाई आमन्त्रित गर्दछ। विकी लभ्स फोकलोर अभियानको अभिन्न अङ्गको रूपमा, यो परियोजना फोटोग्राफीको दायराभन्दा भन्दा अघि बढेर, सहभागीहरूलाई विकिपिडिया लेखहरूको सिर्जना र विस्तार मार्फत आकर्षक लेखहरू सिर्जना गर्न प्रोत्साहित गर्दछ।
पृष्ठभूमि
सहयोगात्मक ज्ञान निर्माणको भावनामा आधारित नारीवाद र लोककथा लेखन प्रतियोगिता, स्थानीय संस्कृति, परम्परा र त्यसमा महिलाहरूले निर्वाह गरेका विविध भूमिकाहरूलाई व्यापक रूपमा समेट्नुपर्ने आवश्यकताको प्रतिक्रिया स्वरूप सुरु भएको हो। कथाहरू, अनुष्ठानहरू र रीतिरिवाजहरूको भण्डारको रूपमा रहेको लोकसंस्कृतिले विश्वभरका समुदायहरूको भित्री मर्म बुझ्न एउटा अनुपम दृष्टिकोण प्रदान गर्दछ।
स्थानीय कार्यक्रमहरूको जीवन्त स्वरूपलाई दस्तावेजीकरण गर्दै, लोकसंस्कृतिलाई आकार दिने महिलाका नभनिएका कथाहरू हुन् वा युगौँ पुराना परम्पराहरूमाथि प्रकाश पार्ने काममा यो प्रतियोगिता सहभागीहरूलाई एक सशक्त कथावाचक बन्न प्रेरित गर्दछ।
अमूर्त सांस्कृतिक सम्पदाले नारीवाद र लोकसंस्कृति बीच एक बलियो पुलको रूपमा काम गर्दछ, जसले विकिपिडियामा परम्परागत ज्ञानको क्षेत्रमा रहेको लैङ्गिक खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। यो सम्पदाले पुस्तान्तरण हुँदै आएका जीवन्त अभिव्यक्तिहरूलाई समेट्छ। महिलाका अनुभवहरूमा आधारित कथाहरू, अभ्यासहरू र कलात्मक अभिव्यक्तिहरूलाई दस्तावेजीकरण गरेर, हामी लैङ्गिक खाडल मात्र मेटाउँदैनौँ, बरु सांस्कृतिक भाष्यहरूमा उनीहरूको योगदानको गरिमा र दृश्यतालाई पनि बढावा दिन्छौँ।
प्रतियोगिताको विवरणहरू
यस वर्ष, नारीवाद र लोककथा लेखन प्रतियोगिताले 'विकी लभ्स फोलक्लोर'को बृहत्तर विषयवस्तुभित्र रहेर नारीवाद, महिला जीवनी र लैङ्गिक मुद्दाहरूमा केन्द्रित दृष्टिकोण अपनाएको छ।
लोककथा
सहभागीहरूलाई विश्वभरका विविध लोककथा का विषयहरू अन्वेषण गर्न प्रोत्साहित गरिन्छ। यसको दायरामा लोक उत्सव, नाच, सङ्गीत, खेल, परिकार (खानपान), परम्परागत पहिरन, दन्त्यकथा, नाटक, कला, धर्म, पौराणिक कथा र अन्य धेरै विषयहरू समावेश छन्, तर यी मात्रै सीमित भने होइनन्।
महिला र लोककथा
यस विषयवस्तुले लोकसंस्कृतिमा प्रायः ओझेलमा परेका महिला तथा क्वयेर समुदायका व्यक्तिहरूको योगदानलाई उजागर गर्दै यसको भाष्यलाई थप फराकिलो बनाउँछ। सहभागीहरूले लोक कलाकार, नर्तकी, गायक, सङ्गीतकार, खेल, खेलाडीहरूका कथाहरू अन्वेषण गर्न सक्छन् र पौराणिक कथाहरूमा महिलाहरूको चित्रण कस्तो छ भन्ने बारेमा गहिरो अध्ययन गर्न सक्छन्।
समयरेखा
प्रतियोगिता सुरु मिति: ०१/०२/२०२६ ००:०० युटिसी
प्रतियोगिता समाप्त मितिः ३१/०३/२०२६.२३:४९ युटिसी
सहभागिता प्रक्रिया
- प्रभावकारी सहभागिताको लागि स्थानीय आयोजक र निर्णायक मण्डल आवश्यक हुनेछ। सूची यहाँ खोज्नुहोस्।
- क्याम्पविज उपकरण र परियोजना ट्र्याकिङः आयोजकहरूलाई क्याम्पविज, फाउन्टेन वा ड्यासबोर्डमा अभियानहरू स्थापना गर्न प्रोत्साहित गरिन्छ।
- लेख सूची उत्पादक: सहभागीहरूले समर्पित उपकरण मार्फत सान्दर्भिक लेखहरूको सूची पहुँच गर्न सक्छन्।
- लेख सिर्जना वा विस्तारः १ फेब्रुअरी र ३१ मार्चको बिचमा लेखहरू विस्तार वा सिर्जना गर्नुहोस्।
स्थानीय निर्णय मापदण्ड/नियमहरू
पुरस्कारहरू र मान्यता
अन्तर्राष्ट्रिय पुरस्कारहरू'
- 🥇 प्रथम पुरस्कारः ३०० अमेरिकी डलर
- 🥈 द्वित्तीय पुरस्कार: २०० अमेरिकी डलर
- 🥉 तृतीय पुरस्कार: १०० अमेरिकी डलर
- 🏅 सान्त्वना पुरस्कार (शीर्ष १० विजेताहरू): जनही ५० अमेरिकी डलर
स्थानीय पुरस्कारहरू
सन् २०२६ संस्करणका लागि साइन अप गरेका प्रत्येक विकिपिडिया संस्करणका लागि स्थानीय पुरस्कारहरू हुनेछन्।
- प्रथम स्थानीय पुरस्कार: २५ अमेरिकी डलर
- द्वित्तीय स्थानीय पुरस्कार: २५ अमेरिकी डलर
- उत्कृष्ट निर्णायक मण्डलको लेखको लागि १५ अमेरिकी डलर।
("सबै पुरस्कारहरू स्थानीय मुद्रासँग मेल खाने कुपनको रूपमा वितरण गरिनेछ। नगद वा रकम स्थानान्तरणको सुविधा उपलब्ध हुने छैन।")
