प्रविधि/समाचार/२०१८/२८
Appearance
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 28 (Monday 09 July 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । कृपया अन्य प्रयोगकर्ताहरूलाई पनि यी परिवर्तनहरूको बारेमा भन्नुहोस् । सबै परिवर्तनहरूले तपाईँलाई प्रभावित गर्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- WebM भिडियो फाइल सानो हुन्छ तर उस्तै गुणस्तर हुन्छ । WebM फाइल सिर्जना गर्न लामो समय लाग्छ । [१]
- नयाँ सम्पादन पुनरावलोकन औजार र निगरानी सूची इन्टरफेस बिटा बाट बाहिर निस्कँदै छ। यो पहिले नै हुनु पर्ने थियो तर ढिलाइ भएको थियो । प्राय विकीमा यो ९ जुलाईमा हुने छ । बाँकीमा १६ जुलाईमा हुनेछ । [२]
- अब देखि सबै विकीहरूले टाइडीको सट्टामा रेमेक्स पार्सिङ लाइब्रेरी प्रयोग गर्ने छन् । यसले त्रुटीहरू उत्पन्न गर्न सक्छ । तपाईँले त्रुटिहरू समाधान गर्नको लागि सहायता गर्न सक्नुहुन्छ । [३]
समस्याहरू
- तपाईँ जब कुनै सम्पादनहरू रोलब्याक गर्नुहुन्छ यसले
रोलब्याक
रअनडु
ट्यागहरू लिन सक्छ । यो समाधान भइसक्यो । [४] - अटोपट्रोल प्रयोगकर्ताको रोलब्याकहरू अटोपट्रोलको रूपमा चिनो लगाइएन । यो समाधान भइसक्यो । [५]
यस हप्ताको अन्तमा परिवर्तन
- जब भिजुअल एडिटरमा तपाईँले लिङ्क सम्पादन गर्दा त्यहाँ दुई भिन्न बटनहरू हुनेछन् जसले निर्देशित लिङ्क (टार्गेट) या पाठ (लेबल) परिवर्तन गर्न सकिने छ। [६][७]
- मोबाइल संस्करणमा तपाईँले सम्पादकहरूको योगदान उनीहरूको प्रयोगकर्ता पृष्ठमा फेला पार्न सक्नुहुनेछ । अब यदि प्रयोगकर्ताले प्रयोगकर्ता पृष्ठ निर्माण नगरेको भए पनि यसले काम गर्नेछ । [८]
- जब तपाईँले मोबाइल संस्करणबाट वार्तालापमा सम्पादन गर्नुहुन्छ तपाईँको हस्ताक्षर स्वतः रूपमा थपिने छ । यदि तपाईँले आफैँ हस्ताक्षर थप्नु भएको छ भने यसले काम गर्ने छैन । यो दोहोरो हस्ताक्षर कम गर्नको लागि हो । [९]
- संरचिनागत छलफल औजारपट्टीमा थप शैली विकल्पहरू हुनेछन् । [१०]
- जब तपाईँले विकिमिडिया कोड गेरिटमा हेर्नुहुनेछ त्यहाँ नयाँ इन्टरफेस हुनेछ । यो पूर्वनिर्धारित रूपमा नयाँ प्रयोगकर्ताहरूको लागि खुला हुनेछ । यो विकासकर्ताहरूको लागि पनि लागू हुनेछ । यो के भइरहेको छ बुझ्न सहज बनाउनको लागि हो । [११]
- मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा १० जुलाई देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा ११ जुलाई देखि लागू हुनेछ । यो सबै विकीहरूमा १२ जुलाई (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक १० जुलाई at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक ११ जुलाई at 16:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- आज सबै प्रबन्धकहरूले पूरै विकीमा CSS र JavaScript सम्पादन गर्न सक्ने छन् । CSS र JavaScript सम्पादन गर्नको लागि नयाँ प्रयोगकर्ता समूह रहने छ । प्रबन्धकहरू स्वतः यसो गर्ने सक्ने छैनन् । यो सुरक्षा जोखिमको कारणले हो जब प्रबन्धक खाताले बिना कुनै चाहना या ज्ञान बिना नै JavaScript सम्पादन गर्न सक्नेछन । तपाईँले थप पढ्न सक्नुहुन्छ । [१२]
- पृष्ठ पूर्वावलोकन स्वतः सबै खातामा लागू हुनेछ । [१३]
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.