Jump to content

युक्रेन सांस्कृतिक कूटनीतिक महिना सन् २०२६

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Ukraine's Cultural Diplomacy Month 2026 and the translation is 93% complete.


युक्रेन सांस्कृतिक कूटनीतिक महिना सन् २०२६  

[सामाजिक सञ्जाल: #UCDMonth] • [यहाँ कडी थप्नुहोस्: ucdm.wikimedia.org.ua]    

Video guide on how to navigate the main page and take part in Ukraine’s Cultural Diplomacy Month 2026



विकिपिडियामा युक्रेनी संस्कृतिबारे विषयमा सुधार गर्ने लेखन प्रतियोगितामा स्वागत छ!
  • के हो: यो एक लेखन प्रतियोगिता हो जसको उद्देश्य सकेसम्म धेरै विकिपिडिया भाषाहरूमा युक्रेनको संस्कृति र मानिसहरूका बारेमा लेखहरू सिर्जना गर्नु र सुधार गर्नु हो। यस प्रतियोगिताका आयोजकहरूले ध्यान केन्द्रित गर्नुपर्ने लेखहरूको प्रस्तावित सूची उपलब्ध गराएका छन्। सबैभन्दा सक्रिय सहभागीहरूले पुरस्कारहरू प्राप्त गर्नेछन्।
  • कहिले: यो लेखन प्रतियोगिता

००:०१, १ अप्रिल २०२६ (UTC) देखि २३:५९, ३० अप्रिल २०२६ (UTC) सम्म सञ्चालन हुनेछ।

  • कसरी: यो प्रतियोगिताको संरचना ४ वटा चरणहरूमा आधारित र सरल छ: कार्य गर्नका लागि लेखहरू छनोट गर्नुहोस् → आफ्नो कार्यको लागि अङ्कहरू प्राप्त गर्नुहोस् → सकेसम्म धेरै अङ्कहरू प्राप्त गर्ने लक्ष्य राख्नुहोस् → आफ्नो योगदानको लागि पुरस्कृत हुनुहोस्!
  • को: कुनै पनि विकिमा खाता भएका जोसुकै विकिपिडिया सम्पादकहरूले यस अभियानमा भाग लिन सक्छन्। सहभागी हुनका लागि तपाईंले सहभागीहरू खण्डमा आफ्नो नाम दर्ता गर्नुपर्नेछ।
  • किन: यस प्रतियोगिता मार्फत, हामीले युक्रेनी जनताका लागि महत्त्वपूर्ण सांस्कृतिक पक्षहरूका बारेमा लेखहरू सुधार गर्ने र विकिपिडियामा उच्च-गुणस्तरको सूचना सुनिश्चित गर्ने आशा राखेका छौँ। यो प्रतियोगिता विकिमिडिया युक्रेनले युक्रेनी संस्थानयुक्रेनको परराष्ट्र मन्त्रालयको सहयोगमा आयोजना गरेको हो।
अघिल्ला अभियानहरू