विश्वव्यापी आचार संहिता/संशोधित प्रवर्तन दिशानिर्देशहरू/मतदाता जानकारी

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Universal Code of Conduct/Revised enforcement guidelines/Voter information and the translation is 95% complete.
Outdated translations are marked like this.
विश्वव्यापी आचार संहिता

विश्वव्यापी आचार संहिता (युसिओसी)को लागि संशोधित प्रवर्तन दिशानिर्देशहरू प्रमाणिकरण गर्न मतदान १७ जनवरी २०२३ देखि ३१ जनवरी २०२३ २३:५९:५९ (युटिसी) सम्म सेक्योरपोल मार्फत हुनेछ। विकिमिडिया समुदाय भित्रका सबै योग्य मतदाताहरूले प्रवर्तन दिशानिर्देशहरू अपनाउने समर्थन वा विरोध गर्ने अवसर पाएका थिए, र किन अपनाउने बारे साझा गर्न। युसिओसीको लागि प्रवर्तन मार्ग तथा प्रक्रियाहरू स्थापित गर्न प्रवर्तन दिशानिर्देशहरूको प्रमाणिकरण आवश्यक छ। तल मतदाता योग्यता सहित मतदान निर्देशनहरूमा थप विवरणहरू फेला पार्नुहोस्।

मतदान गर्ने बारे जानकारीको लागि मतदान प्राय सोधिने प्रश्नहरू पनि हेर्नुहोस्।

मतदान प्रक्रिया

यदि तपाईं मतदान गर्न योग्य हुनुहुन्छ भने:

  1. विश्वव्यापी आचार संहिता नीतिको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूको समीक्षा गर्नुहोस्।
  2. प्रवर्तन दिशानिर्देशहरू अपनाउने बारे समर्थन वा विरोध गर्ने निर्णय गर्नुहोस्। यदि दिशानिर्देशहरूको विरोध गर्दै हुनुहुन्छ भने, तपाईंको मतमा समावेश गर्न दिशानिर्देशहरूमा सुझाएका परिवर्तनहरू तल लेख्नुहोस्।
  3. सिक्योरपोल मार्फत आफ्नो मत कसरी रेकर्ड गर्ने बारे जान्नुहोस्।
  4. सिक्योरपोल मतदान पृष्ठमा जानुहोस् र निर्देशनहरू पालना गर्नुहोस्।
  5. अन्य समुदायका सदस्यहरूलाई मतदान गर्न सम्झाउनुहोस्!

के मा मतदान भइरहेको छ?

मध्य-जनवरीमा, विश्वव्यापी आचार संहिताका लागि प्रवर्तन दिशानिर्देशहरू (इगिएस) ले दोस्रो समुदाय-व्यापी प्रमाणिकरण मतदानबाट गुज्रनेछ। यसले मार्च २०२२ को मतदान अनुसरण गर्दछ, जसले बहुमत समर्थन परिणाम प्रदान गर्‍यो, तर बोर्डको सामुदायिक मामिला समिति (सिएसी) ले संशोधन गर्न अनुरोध गरेको बारे महत्त्वपूर्ण सामुदायिक चिन्ताहरूलाई हाइलाइट गरियो। संशोधन समितिले सामुदायिक इनपुटको समीक्षा गरी परिवर्तनहरू गर्यो। चिन्ताका क्षेत्रहरू, जस्तै गोपनीयता र पारदर्शिताको सन्तुलन, साथ साथै प्रशिक्षण र पुष्टि आवश्यकताहरू, अद्यावधिक गरिएका छन्।

विकिमिडिया फाउन्डेसन बोर्ड अफ ट्रस्टीहरूले युसिओसीको बोर्डको आफ्नै प्रमाणिकरण पछि युसिओसी प्रवर्तन दिशानिर्देशहरू प्रस्तावमा सामुदायिक मतदानलाई समर्थन गर्दछ। ट्रस्टीहरूले मध्यस्थता समितिहरूको संयुक्त पत्र र स्वयंसेवक कार्यकर्ताहरू, सम्बद्ध सदस्यहरू, र मस्यौदा समितिको सर्वेक्षणद्वारा व्यक्त गरिएको यस्तो मतको समर्थनलाई पनि मान्यता दिन्छन्।

२०३० का रणनीतिक लक्ष्यहरूको प्रमुख सिफारिसहरू मध्ये एक युसिओसीको सहयोगी सिर्जना गर्नु थियो जुन उत्पीडनको लागि सहिष्णुता बिना सम्पूर्ण आन्दोलनको लागि स्वीकार्य व्यवहारको विश्वव्यापी आधाररेखा प्रदान गर्दछ।

विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरू

यी दिशानिर्देशहरू विश्वव्यापी आचार संहिताको कार्यान्वयनका लागि हुन्। युसिओसीको मूल नीति पहिले समुदायको बीचमा स्पष्ट मतदान बिना, समुदायसँग परामर्श गरे पछि बोर्ड अफ ट्रस्टीहरूद्वारा प्रमाणिकरण गरिएको थियो। यसमा निवारक, जासूसी, र अनुसन्धान कार्यहरू, र विश्वव्यापी आचार संहिताको उल्लङ्घनहरूलाई सम्बोधन गर्नका लागि गरिएका अन्य कार्यहरू समावेश छन्। प्रवर्तन मुख्य रूपमा सबै अनलाइन र अफलाइन विकिमिडिया परियोजनाहरू, घटनाहरू, र तेस्रो-पक्ष प्लेटफर्महरूमा होस्ट गरिएका सम्बन्धित ठाउँहरूमा तोकिएका कार्यकर्ताहरूद्वारा व्यबस्थापन गरिनेछ, तर यसैमा सीमित छैन। यो एक संगठित, समयसापेक्ष फेसनमा र सम्पूर्ण विकिमिडिया आन्दोलनमा निरन्तर रूपमा गरिनेछ।

युसिओसी प्रवर्तन दिशानिर्देशहरूले दुई भागहरूलाई समावेश गर्द छ:

  • रोकथाम कार्य
    • युसिओसी जागरूकता प्रवर्द्धन, युसिओसी प्रशिक्षण सिफारिस गर्ने, अरूहरू बीच।
  • उत्तरदायी कार्य
    • दाखिलको लागि प्रक्रियाको विवरण गर्ने, रिपोर्ट गरिएका उल्लङ्घनहरूको प्रशोधन गर्ने, रिपोर्ट गरिएका उल्लङ्घनहरूको लागि स्रोतहरू उपलब्ध गराउने, उल्लङ्घनहरूको लागि प्रवर्तन कार्यहरू निर्दिष्ट गर्ने, आदि..

किन तपाईंले मतदान गर्नुपर्छ?

युसिओसीको लागि प्रवर्तन मार्गहरू, प्रक्रियाहरू र कार्यहरूलाई अन्तिम रूप दिन प्रवर्तन दिशानिर्देशहरूको प्रमाणिकरण आवश्यक छ। प्रवर्तन दिशानिर्देशहरूमा मतदान युसिओसीको लागि समुदायको समर्थनको मूल्याङ्कन गर्न र वर्तमान प्रस्तावहरूको बारेमा मतदाताहरूसँग रिजर्भेसनहरू छन् भने प्रतिक्रिया सङ्कलन गर्न डिजाइन गरिएको हो। कुनै पनि तरिकाले, यो महत्त्वपूर्ण छ कि तपाईंको मत मार्फत तपाईंको आवाज सुन्नियोस् र यदि "होइन" मत दिनुहुन्छ भने, तपाइँको बारेमा सरोकारहरू राख्ने दिशानिर्देशहरूको कुन भाग(हरू) लाई स्पष्ट पार्नु महत्त्वपूर्ण छ, र किन।

सबैभन्दा महत्त्वपूर्ण, मतदानमा:

  • सुनिश्चित गर्नुहोस् कि तपाईंको विकिमिडिया परियोजनाका विचारहरू विश्वव्यापी मतमा प्रतिनिधित्व गर्नेछ।

कसरी गर्ने मतदान

सिक्योरपोल मतपत्रको नक्कल। विशेष गरी ध्यान दिनुहोस् कि मतविकीले तपाईंलाई लगइन नभएको सुझाव दिन सक्छ। तपाईंको मत अझै पनि गणना हुनेछ।

आफ्नो मतदानको अनुभवलाई सहज बनाउनको लागि उपयोगी जानकारी सिक्नको लागि सिक्योरपोलमा जानु अघि कृपया यो खण्ड पढ्नुहोस्।

  • मतपत्रले मतदान प्रश्न दिनेछ र दुईवटा विकल्पहरू प्रस्ताव गर्नेछ।

कृपया "होइन" वा "हो" छान्नुहोस्। "होइन" वा "हो" चयन नभएको मतलाई अन्तिम गणनामा समावेश गरिने छैन।

  • एउटा “टिप्पणी” बाकसले तपाईंलाई प्रस्तावित दिशानिर्देशहरूको साथमा रहेको तपाईंको कुनै पनि चिन्ता बारे टिप्पणीहरू राख्नको लागि ठाउँ प्रदान गर्नेछ।
  • त्यसपछि सिक्योरपोलले तपाईंलाई सूचित गर्नेछ कि तपाईंको मत रेकर्ड गरिएको छ।
  • तपाईं चुनावमा पुन:मतदान गर्न सक्नुहुन्छ। यसले तपाईंको अघिल्लो मत अधिलेखन गर्दछ। तपाईंलाई मनपरे यो तपाईंले धेरै पटक गर्न सक्नुहुन्छ।

कसरी मतदानको नतिजा निर्धारण हुनेछ?

बोर्ड अफ ट्रस्टीहरूको प्रमाणिकरणमा जानका लागि सहभागी प्रयोगकर्ताहरूको ५०% समर्थन भन्दा माथिको थ्रेसहोल्ड आवश्यक पर्नेछ। हाल, आन्दोलनमा पास/फेल मतदान प्रक्रियाहरू पालना गर्नको लागि एकल अभ्यास छैन (कतिपय प्रक्रियाहरूले सुपर बहुमत (२/३) को नजिक केही प्रयोग गर्छन्, जबकि अरूले साधारण बहुमत (५०% +१) प्रयोग गर्छन्, जबकि अरूले संख्यात्मक मत गणनालाई पूर्ण रूपमा बेवास्ता गर्छन्)। यस प्रक्रियाको लागि, यसलाई वास्तविक विश्व क्षेत्राधिकारहरूमा धेरै जनमत संग्रहहरू अनुरूप राख्न, साधारण बहुमतको मत रोजिएको थियो।

मतहरू स्वयम्सेवकहरूको स्वतन्त्र समूहद्वारा जाँच गरिनेछ, र नतिजा प्रकाशित गरिनेछ। पहिलो मतदानको रूपमा, मतदाताहरूले मतदान गर्न र दिशानिर्देशहरूको बारेमा उनीहरूको चिन्ता साझा गर्न सक्षम हुनेछन्। प्रवर्तन दिशानिर्देशहरूलाई कसरी प्रमाणिकरण वा थप विकास गरिनुपर्छ भन्ने कुरालाई हेर्दा बोर्ड अफ ट्रस्टीहरूले समर्थन र चिन्ताहरूको स्तरहरू हेर्नेछ।

के विकिमिडिया फाउन्डेसन बाहिरका व्यक्तिहरूले प्रामाणिकता प्रमाणित गर्न मतको छानबिन गर्न संलग्न हुनेछन्?

मतदानको नतिजा आन्दोलन मतदान र प्रमाणीकरण प्रक्रियाहरूमा अनुभव भएका स्वयंसेवक विकिमिडियनसद्वारा अनियमितताहरूको लागि छानबिन गरिनेछ। मत परीक्षकहरू पछि घोषणा गरिनेछ।

मतदान योग्यता

सामान्य नियम

मतदान गर्न योग्य हुनको लागि तपाईंले एक भन्दा बढी परियोजनामा रोक लागेको हुनु हुँदैन।

सम्पादकहरू

तपाईंले विकिमिडिया विकीमा आफ्नो स्वामित्वमा रहेको कुनै पनि एकल दर्ता खाताबाट मतदान गर्न सक्नुहुन्छ। तपाईंको स्वामित्वमा कति खाता भएतापनि, तपाईंले एक पटक मात्र मतदान गर्न सक्नुहुन्छ। योग्य हुन, यो एउटा खाता हुनुपर्छ:

  • एक भन्दा बढी परियोजनामा प्रतिबन्धित हुनु हुँदैन;
  • र बोट हुनु हुदैन;
  • र ३ जनवरी २०२३ अघि विकिमिडिया विकीहरूमा कम्तिमा ३०० सम्पादनहरू गरिसकेको हुनु पर्दछ;
  • साथै ३ जुलाई २०२२ र ३ जनवरी २०२३ को बीच कम्तिमा २० सम्पादनहरू गरेको हुनु पर्दछ।

खातायोग्यता उपकरण आधारभूत सम्पादकले मतदान योग्यता छिट्टै जाँच गर्न प्रयोग गर्न सकिन्छ।

विकासकर्ताहरू

विकासकर्ताहरू मतदान गर्न योग्य छन् यदि तिनीहरू:

  • शेल पहुँच भएका विकिमिडिया सर्भर प्रबन्धकहरू हुन्
  • वा ३ जुलाई २०२२ र ३ जनवरी २०२३ बीच कुनै पनि गेरिटमा विकिमिडिया रिपोमा कम्तिमा एउटा मर्ज गरिएको प्रतिबद्धता गरेको हुनु पर्दछ।

थप मापदण्डहरू

  • वा ३ जुलाई २०२२ र ३ जनवरी २०२३ बीच nonwmf-extensions वा nonwmf-skinsमा कुनै पनि रिपोमा कम्तिमा एउटा मर्ज गरिएको प्रतिबद्धता गरेको हुनु पर्दछ।
  • वा ३ जुलाई २०२२ र ३ जनवरी २०२३ बीच कुनै पनि विकिमिडिया उपकरण रिपो (उदाहरणको लागि magnustools) मा कम्तिमा एउटा मर्ज गरिएको प्रतिबद्धता गरेको हुनु पर्दछ;
  • वा ३ जनवरी २०२३ अघि कम्तिमा ३०० सम्पादनहरू गरेको छ, र ३ जुलाई २०२२ र ३ जनवरी २०२३ बीच translatewiki.netमा कम्तिमा २० सम्पादनहरू गरेको हुनु पर्दछ;
  • वा विकिमिडिया विकीहरूमा कुनै पनि उपकरणहरू, बोटहरू, प्रयोगकर्ता लिपिहरू, ग्याजेटहरू, र लुआ मोड्युलहरूको संरक्षकहरू/योगदानकर्ताहरू;
  • वा विकिमिडियासँग सम्बन्धित प्राविधिक विकासको डिजाइन र/वा समीक्षा प्रक्रियाहरूमा पर्याप्त रूपमा संलग्न भइसकेको हुनु पर्दछ।

नोट: यदि तपाईंले मुख्य मापदण्डहरू पूरा गर्नुभयो भने, तपाईंले तुरुन्तै मतदान गर्न सक्षम हुनुहुनेछ। सेक्योरपोलको प्राविधिक सीमितताहरूको कारण, अतिरिक्त मापदण्डहरू पूरा गर्ने व्यक्तिहरूले प्रत्यक्ष रूपमा मतदान गर्न सक्षम नहुन सक्छन्, जबसम्म तिनीहरूले अन्य मापदण्डहरू पूरा नगरे। यदि तपाईं अतिरिक्त मापदण्डहरू पूरा गर्नुहुन्छ जस्तो लाग्छ भने, कृपया मतदानको अन्तिम मिति भन्दा कम्तिमा चार दिन अघि अर्थात २७ जनवरी २०२३ वा अघि तर्क सहित ucocproject@wikimedia.org मा इमेल गर्नुहोस्। यदि तपाईंले मापदण्डहरू पूरा गर्नुभयो भने, हामी तपाईंलाई मतदान गर्न सक्षम हुन म्यानुअल सूचीमा थप्नेछौं।

विकिमिडिया फाउन्डेसनको कर्मचारी तथा ठेकेदारहरू

हालको विकिमिडिया फाउन्डेसनको कर्मचारी सदस्यहरू तथा ठेकेदारहरू मतदान गर्न योग्य छन् यदि तिनीहरू फाउन्डेसनद्वारा ३ जनवरी २०२३ सम्ममा कार्यरत छन्।

विकिमिडिया आन्दोलन सम्बद्ध कर्मचारी तथा ठेकेदारहरू

हालको विकिमिडिया अध्याय, विषयगत संगठन वा प्रयोगकर्ता समूहका कर्मचारी तथा ठेकेदारहरू मतदान गर्न योग्य छन् यदि तिनीहरूले ३ जनवरी २०२३ सम्म तिनीहरूको संस्थाद्वारा कार्यरत छन्।

वर्तमान विकिमिडिया अध्यायहरूको उपनियममा परिभाषित गरिएको औपचारिक निकायका सदस्यहरू, विषयगत संस्थाहरू वा प्रयोगकर्ता समूहहरू मतदान गर्न योग्य छन् यदि तिनीहरूले ३ जनवरी २०२३ सम्म ती कार्यहरूमा सेवा गरिरहेका छन्।

विकिमिडिया फाउन्डेसन बोर्ड सदस्यहरू तथा सल्लाहकार बोर्ड सदस्यहरू

विकिमिडिया फाउन्डेसन बोर्ड अफ ट्रस्टी र विकिमिडिया फाउन्डेसन सल्लाहकार बोर्डका वर्तमान र पूर्व सदस्यहरू मतदान गर्न योग्य छन्।

विकिमिडिया आन्दोलन समिति सदस्यहरू

विकिमिडिया आन्दोलन समितिहरूका वर्तमान सदस्यहरू मतदान गर्न योग्य हुन्छन् यदि तिनीहरूले ३ जनवरी २०२३ सम्म ती कार्यहरूमा सेवा गरिरहेका हुन्छन्।

विकिमिडिया आन्दोलन समुदाय आयोजकहरू

राम्रो स्थितिमा रहेका समुदाय आयोजकहरू, जो अन्य श्रेणीहरू अन्तर्गत मतदान गर्न योग्य छैनन्, यदि तिनीहरूले निम्न मध्ये कुनै एक पूरा गरेमा मतदान गर्न योग्य हुन्छन्:

  • १ सेप्टेम्बर २०२१ देखि कम्तिमा एउटा विकिमिडिया फाउन्डेसन अनुदानको लागि आवेदन, प्राप्त र प्रतिवेदन गरेको हुनुपर्छ।
  • ३ जनवरी २०२२ र ३ जनवरी २०२३ को बीचमा कम्तिमा एक वित्त पोषित ह्याकाथन, प्रतियोगिता वा अन्य विकिमिडिया कार्यक्रमको अन-विकि कागजातहरू र कम्तिमा १० सहभागी/आगन्तुकहरू/सहभागीहरूको एक आयोजक थिए।

थप मापदण्डहरू

यदि तपाईं अतिरिक्त मापदण्डहरू पूरा गर्नुहुन्छ जस्तो लाग्छ भने, कृपया मतदानको अन्तिम मिति भन्दा कम्तिमा चार दिन अघि अर्थात २७ जनवरी २०२३ वा अघि तर्क सहित ucocproject@wikimedia.org मा इमेल गर्नुहोस्। यदि तपाईंले मापदण्ड पूरा गर्नुभयो भने, हामी तपाईंलाई म्यानुअल रूपमा मतदाताहरूको सूचीमा थप्नेछौं।

मतदान प्राय सोधिने प्रश्नहरू

  1. कसरी म मेरो योग्यता प्रमाणित गर्न सक्छु?
    सम्पादकहरूले हालको चुनावमा योग्यता प्रमाणित गर्न खातायोग्यता उपकरण प्रयोग गर्न सक्छन्। विश्वव्यापी खाता जानकारी पृष्ठ तपाईंको सम्पादन गणना र योगदान इतिहास बारे थप जान्न उपलब्ध छ।
  2. कसरी योग्यता आवश्यकताहरू सेट गरिएका छन्?
    विकिमिडिया फाउन्डेसन बोर्डले निर्वाचन सुरु हुनु अघि योग्यता आवश्यकताहरू सेट गर्दछ। यी बोर्ड अफ ट्रस्टीहरूको निर्वाचनको लागि प्रयोग गरिएका उस्तै आवश्यकताहरू हुन्।
  3. योग्य मतदाताले मत हाल्न सक्दैनन्
    तपाईंले सन्देश प्राप्त गर्न सक्नुहुन्छ: "माफ गर्नुहोला, तपाईं यस निर्वाचनमा मतदान गर्न सक्क्षम् प्रयोगकर्ताहरूको पूर्वनिर्धारित सूचीमा हुनुहुन्न।"
    समाधानहरू

    सुनिश्चित गर्नुहोस् कि तपाईं लग इन हुनुहुन्छ।

    निश्चित गर्नुहोस् कि तपाईं मेटा-विकिबाट मतदान गर्दै हुनुहुन्छ, तपाईं मतदान सुरु पृष्ठमा जानको लागि यो लिङ्क प्रयोग गर्न सक्नुहुन्छ।

    यदि तपाईं विकासकर्ता, विकिमिडिया फाउन्डेसनका कर्मचारी सदस्य, विकिमिडिया आन्दोलन समिति सदस्य, एक योग्य अनुदान प्राप्तकर्ता, वा सल्लाहकार बोर्ड सदस्य हुनुहुन्छ भने, तपाईंसँग निश्चित प्रयोगकर्ता नाम नहुन पनि सक्छ र म्यानुअल रूपमा मतदाता सूचीमा थप्नुपर्नेहुन्छ। सूचीमा थप्नको लागि तपाईंले ucocproject@wikimedia.org मा सम्पर्क गर्नुपर्छ। तपाईंलाई सूचीमा थप्नको लागि ७२ घण्टाभित्र जवाफ पठाइनुपर्छ।

    यदि तपाईं अझै पनि मतदान गर्न असमर्थ हुनुहुन्छ र तपाईंले निर्वाचन वार्ता पृष्ठमा सन्देश छोड्न सक्नुहुन्छ वा ucocproject@wikimedia.org मा निर्वाचन समितिलाई सम्पर्क गर्नुहोस्। ७२ घन्टाहरू भित्र जवाफ पठाउनुपर्छ।

  4. म मतदानविकीमा लगईन गर्न सक्दिन
    मतदान गर्नको लागि तपाईंले मतदानविकीमा लगईन गर्नु आवश्यक छैन। यदि तपाईंले मतपत्र देख्नुभयो भने, सेक्योरपोलले तपाईंलाई सफलतापूर्वक पहिचान गरेको छ। सुरक्षा कारणहरूका लागि, मतदानविकीमा सीमित संख्यामा मात्र खाताहरू दर्ता गरिएका छन्।
  5. मैले कसलाई मतदान गरें कसैले हेर्न सक्छ?
    होइन, निर्वाचन सुरक्षित छ। निर्वाचनले सेक्योरपोल सफ्टवेयर प्रयोग गर्दछ। मतहरू गोप्य हुन्छन्। निर्वाचन समिति, बोर्ड, वा विकिमिडिया फाउन्डेसनका कर्मचारीमा रहेका कसैको पनि तिनीहरूमा पहुँच छैन। विकिमिडिया फाउन्डेसनमा ट्रस्ट र सेफ्टी टोलीको सदस्यले निर्वाचनको लागि गुप्तिकरण कुञ्जी राखेका छन्। एकपटक कुञ्जी सक्रिय भएपछि, निर्वाचन रोकिएको छ।
  6. मतदाताहरूको बारेमा के जानकारी सङ्कलन गरिन्छ?

    मतदाताहरूको केही व्यक्तिगत रूपमा पहिचान योग्य जानकारीहरू निर्वाचनको लेखा परीक्षण र गणना गर्ने केही व्यक्तिहरूले देख्न सक्छन्। माथि घोषणा गरे अनुसार प्रमाणिकरण जाँचकर्ताहरू हेर्नुहोस्।

    यसले आईपी ठेगाना र प्रयोगकर्ता एजेन्ट समावेश गर्दछ। यो जानकारी निर्वाचनको ९० दिनहरू पछि स्वतः मेटिनेछ।

  7. कसरी यो जानकारी प्रयोग हुनेछ?
    यस निर्वाचनको बारेमा तथ्याङ्क मेटाको निर्वाचन पृष्ठहरूमा नतिजाहरू साथै निर्वाचन पछि विश्लेषण प्रतिवेदनमा संक्षेप गरिनेछ। कुनै व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रकाशित गरिने छैन। यो व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी स्वतन्त्र मतदाताहरूको संख्या र मतदाताहरूको विश्वव्यापी प्रसार निर्धारण गर्न प्रयोग गर्न सकिन्छ।
  8. जब म मतदान गर्छु, मैले मत खसालेको कुनै स्वीकृति देखेको छैन, र एक स्वचालित सन्देश देखा पर्दछ कि मलाई मतदान गर्न लगईन गर्न आवश्यक छ। के हुँदैछ?

    तपाईंले मतदान गर्नको लागि मतदानविकीमा लगईन गर्नु पर्दैन। यो त्रुटि सम्भवतः क्यासिङ समस्या हो। कृपया m:Special:SecurePoll/vote/394मा फेरि मतदान गर्ने प्रयास गर्नुहोस्।

    यो पनि ध्यान दिनुहोस् कि तपाईं आफ्नो मत प्राथमिकताहरू आफूले चाहे जति पटक तोक्न वा परिवर्तन गर्न स्वतन्त्र हुनुहुन्छ। प्रति प्रयोगकर्ता एक मतमात्र भण्डारण गरिनेछ, र प्रणालीले तपाईंको पुरानो मत(हरू)लाई नयाँले प्रतिस्थापन गर्नेछ, र कुनै पनि अघिल्लो मत(हरू) खारेज गर्नेछ।

    जब तपाईंको मतदान प्रक्रिया पूरा हुन्छ, तपाईंको स्क्रिनमा एक रसिद प्रदर्शित हुन्छ, जुन तपाईंले मतदान गर्नुभएको प्रमाणको रूपमा राख्न सक्नुहुन्छ।

  9. कसरी प्रयोगकर्ताहरूबाट धेरै मतहरू प्रविष्ट गर्ने मतदान प्रणालीलाई सुरक्षित गरिएको छ?
    प्रति प्रयोगकर्ता एक मतमात्र प्रणालीमा भण्डारण गरिएको छ। तपाईं आफ्नो मत प्राथमिकताहरू आफूले चाहे जति पटक तोक्न वा परिवर्तन गर्न स्वतन्त्र हुनुहुन्छ। प्रणालीले तपाईंको पुरानो मत(हरू)लाई नयाँले बदल्नेछ, र कुनै पनि अघिल्लो मत(हरू) खारेज गर्नेछ।
  10. के कर्मचारीहरूलाई कुनै विशेष तरिकाले मतदान गर्न बाध्य वा प्रोत्साहित गरिएको छ?
    होइन, विकिमिडिया फाउन्डेसनका कर्मचारीहरू र सम्बद्धहरूलाई कुनै खास तरिकाले मतदान गर्न प्रोत्साहित गरिएको छैन। हामी सबैलाई स्वतन्त्र रूपमा मतदान गर्न प्रोत्साहित गर्दैछौं। आचार संहिता प्रवर्तन दिशानिर्देशहरू प्रभावकारी हुनको लागि, आवश्यक सुधारका क्षेत्रहरू छन् वा छैनन् भनी पत्ता लगाउन मद्दत गर्न हामीलाई इमानदार निवेश चाहिन्छ।
  11. के ट्रस्ट र सेफ्टी टोली मतदानको नतिजाको सम्बन्धमा पक्षपातपूर्ण छ?
    ट्रस्ट र सेफ्टी इकाईको तीन हातहरू छन्: नीति, विकृति, र सञ्चालनहरू। युसिओसीलाई सहयोग गर्ने टोली नीति टोली हो। नीति टोली प्रयोगकर्ताको आचरणको छानबिनमा संलग्न छैन। अपरेसन टोली पक्षपाती छ वा हुनेछ भन्ने विश्वास नगर्दा, कार्यहरूको यो विभाजन अनजानमा पक्षपातपूर्णबाट बच्नको लागि जानाजानी गरिएको थियो। नीति टोलीलाई यो सहयोगी रूपमा सिर्जना गरिएको कागजात पहिलो दौडमा अनुमोदनमा पुग्छ वा थप विकास आवश्यक छ कि छैन भनेर मूल्याङ्कन गर्न गरिएको छैन। यद्यपि टोलीले समुदायसँग राम्रोसँग काम गर्छ कि गर्दैन भन्ने कुराको मूल्याङ्कन गरिन्छ। यसको अर्थ समुदायको लागि कार्य गर्ने युसिओसी लागू गर्नको लागि सहयोगी दृष्टिकोण विकास गर्नु हो। हाम्रो लक्ष्य त्यो जिम्मेवारी सकेसम्म पूरा गर्ने हो।
  12. अन्य प्रश्नहरू यहाँ उल्लेख छैन
    प्राविधिक वा मतदान प्रणाली त्रुटिहरूको लागि, कृपया ucocproject@wikimedia.org मा इमेल गर्नुहोस्। कृपया तपाईंले मतदान गर्न प्रयास गरिरहनुभएको प्रयोगकर्ता नाम र तपाईंले मतदान गर्न प्रयास गरिरहनुभएको परियोजना निर्दिष्ट गर्नुहोस्। परियोजना टोलीको एक सदस्यले सकेसम्म चाँडो तपाईंको इमेलको जवाफ दिनेछ।