Jump to content

User talk:Joshi Kamalakumari

Add topic
From Meta, a Wikimedia project coordination wiki

शिक्षाले कहिले नि बुढो र बालक भन्दैन

File:Journalist (2).jpg
कमला जाेशी

कमला जोशी / सम्पादक, पावर न्यज पत्रिका :- नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो । यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन । तर देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए । नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि(चन्द्र क्याम्पस हो ।राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए । यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो । तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन । राजनैतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्याे । त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए । नेपालमा ९ वटा विश्वद्यिालयहरु सञ्चालनमा रहेका छन् । नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो । त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन । नेपालमा विद्यालय शिक्षाको सुरुवात धेरै पहिलेदेखि भए ता पनि वि.सं. २००७ सालमा प्रजातन्त्रको आगमनसँगै मुलुकमा सबै जनताको पहुँचमा पुग्ने गरी विद्यालय शिक्षाकोे विकासको ढोका खुलेको हो । शिक्षाको क्षेत्रमा पहिले भन्दा व्यापक सुधार भैसकेको छ । अझ पछिल्ला दिनहरुमा त सरकारले निशुल्क शिक्षा प्लस टु लेवल सम्म गरेपछि शिक्षा आर्जन गर्न चाहाने सबै सम्पन्न देखि विपन्न जनता सबैले शिक्षा लिन पाउने भएका छन् । सरकारी गैरसरकारी पक्षबाट सँगै निजि क्षेत्रबाट पनि शिक्षामा व्यापक सुधार गरिएको छ । हरेक नेपाली जो विदेशमै गएर शिक्षा आर्जन गर्ने भन्दै दौडिन्छन् ति सबैलाई मात दिदै राजधानीका कैयौ विद्यालयहरुले सँसारको जुनसुकै कुनामा गएर पनि नेपाली बिक्न सक्ने स्तरको शिक्षा दिन सफल भएका देखिन्छन् । शिक्षाको स्तरमा सुधार हुनुनै दक्षजनशक्ति उत्पादन गर्नु हो । दक्ष जनशक्ति भनेकै विकासको मेरुदण्ड हो । अनुभवीले आफ्नो अनुभवलाई सहि मार्गमा सहिरुपमा परिचालन गर्न सक्छ । आमा शिक्षीत भएमा परिवार शिक्षीत हुन्छ भने झै देशका नागरिक शिक्षीत भए देश शिक्षीत हुन्छ देश बलियो हुन्छ । त्यसैले विकासको पहिलो आधार भनेकै शिक्षा हो । शिक्षाबिना चेतना आउदैन, शिक्षा विनाको मान्छे पशुसरह हुन्छ । शिक्षाले कहिले बुढो बालक भन्दैन कतिपय मान्छे उमेर खाईयो के शिक्षा लिने भन्दै निरास हुन्छन् । धेरै मान्छे जिवन देखि हरेस खाएर पढ्नै छोड्छन् । परिक्षामा असफल भईयो भन्दै रुने कराउने यहाँ सम्मकी आफैले आफैलाई हानी नोक्सानी पुर्याउन समेत पछि पर्दैनन् । तर खासमा शिक्षा भनेको ज्ञान हो । जो कहिल्यै लिएर सकिदैन । एस.एल. सी प्लस टु व्याचलर वा मास्टर अथवा डिग्रीनै गरे पनि उसको पढाई पुरा हुदैन । मान्छे जन्मे देखि नमरुन्जेल उसले सिकी राख्नु पर्छ केहि न केहि कुरा । त्यसैले हामी केवल विद्यालयमा जानु भेडाले भारी बोके झै कितावका च्याङ बोक्नु मात्रै पढाई होईन । घरमा बसेर पढ्नु ,समाजमा भेला भएर पढ्नु, पौढ शिक्षा,औपचारीकशिक्षा,अनौपचरीकशिक्षा,लगायत थुप्रै क्याटागोरीमा शिक्षालाई छुट्याएको छ । त्यसैले शिक्षाको क्षेत्र अथाह छ । अनगिन्ती छ, र अनन्त रहेको छ । यसलाई तपाई हामीले जसरी जुन ठाउमा र जुन तरिकाले लिन्छौ त्यतिमा मात्रै फरक हो । शिक्षा नै मानवको तेस्रो अँखा हो । तर आधुनिक ब्याक्तित्व हरुले यसलाई पहिलो आँखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन । शिक्षा धेरै प्रकारको हुन्छ । जतिसुकै किसिमको भए पनि सबै प्रकृयाले आखिर शिक्षा र ज्ञाननै दिन्छन् । औपचारीक शिक्षा विशेस गरि भविष्यका कर्णधारहरुका लागी अनिवार्य छ । देशको भविष्य निर्माता र राष्ट्रका मेरुदण्ड नै आजका बालबालिका हुन् । तिनीहरुको प्रारम्भिक शिक्षा गुणस्तरीय हुनु पर्दछ जुन द्यालयका शिक्षकहरुबाट प्राप्त हुन्छ । पछिल्ला दिनहरुमा कतिपयले शिक्षा क्षेत्रलाई कमाई खाने भाडोको रुपमा पनि प्रयोग गरिरहेका छन् ।आफ्नो फाईदाको लागी साना साना नानीहरुको भविष्य संग खेल्ने अधिकार त्यस्ता घातीहरुलाई छैन । समयमै अभिभावकले राम्रो शिक्षण संस्थाको पहिचान गरि आफ्ना बालबालीकाहरुको भविष्य संग खेवाड हुन रोक्नु पर्ने देखिन्छ । त्यति मात्रै नभएर कुनै पनि शिक्षण संस्थाहरुले गुणात्मक र स्तरीय शिक्षा प्रदान गर्न योग्य सक्षम, शिक्षणप्रति झुकाव भएका, निष्पक्ष, कुशल एवं प्रतिभाशाली र दक्ष शिक्षकहरुको छनौट गर्नु पनि अति आवश्यक देखिन्छ ।बालबालिकाहरुको भविष्य उज्जवल गर्नको लागि राम्रो र गुणस्तरीय शैक्षिक संस्था भनेर दावि गर्ने हरुले पनि गुणस्तरिय शिक्षा प्रदान गर्नै तिर ध्यान दिनुपर्ने देखिन्छ भने अर्को तिर अभिभावकहरुले पनि विद्यालयकै भरमा नपरेर घरमा पनि आफ्ना बालबालिकाहरु राम्रो शिक्षा आर्जन गर्न सकुन त्यस्र्तो वातावरण निर्माण गर्नु पर्दछ ।

नेपाली रजपटका धारिला हतियार माधव राज खरेल

कमला जोशी /  सम्पादक पावर न्युज पत्रिका :-
File:Kamala kumari joshi.jpg

नेपाली रजतपटका लागी माधव राज खरेल नौलो नाम भने पक्कै पनि हैन विगत १५ वर्ष भन्दा वढि समय यस क्षेत्रका लागी खर्चेका खरेलले पछिल्लो समय सिनेमाका अलवा उपन्यास लेखनमा पनि आफुलाई प्रस्तुत गरेका छन् । सरल र सहज रुपमा कुनै पनि श्रृजनालाई वुझाउन सक्नु खरेलको खुवी हो उनका विषयमा जान्ने समकक्षीहरु पनि यसै भन्छन् । वि सं २०५६ सालदेखी परिवर्तन नेपालले सञ्चालन गरेका विभिन्न सडक नाटकहरुबाट आफ्नो अभिनय यात्रा सुरु गरेर नेपाली कलाकारीता क्षेत्रमा खरेल होमिएका हुन् उनले परिवर्तन नेपालका संस्थापक वरिष्ठ चलचित्र लेखक, निर्देशक मोहन निरौलालाई आफ्नो आदर्श गुरुका रुपमा लिने गरेका छन् हुन पनि निरौलाकै मार्ग दर्शनवाटनै नेपाली चलचित्रक्षेत्रमा थुप्रै आजका चलेका अनुहारहरुलाई पाउन सकिन्छ । हुनत हरेक मानिसले आफुलाई अघि वढाउनका लागी जीवनमा धेरै सघर्ष गरेका हुन्छन् र सघर्षले नै जीवनमा अघि वढ्न सकिन्छ यहि मान्यतालाई खरेलले पनि अंगीकार गरेका गरेका छन् सुरुवाती दिनमा अन्य सर्जकहरुले जस्तै उनले पनि कला, साहित्यको क्षेत्रमा स्थापित हुन निक्कै सघर्ष गरेका थिए । देश संकटकालले आक्रान्त एकातिर थियो भने कला क्षेत्र नै अन्य क्षेत्रहरु जस्तै धारासायि वनेको थियो । सिनेमा वन्ने, साहित्य श्रृजना गर्ने कार्यमा लगभग अघोषित प्रतिवन्ध नै थियो , चेतना अभिवृद्धि गर्ने उदेश्यले गरिने सवै प्रकारका कार्यहरुलाई तत्कालिन राज्यले निस्तेज पारेको थियो । त्यस समयमा पनि खरेलले केहि साथीहरुसंग मिलेर सडक तथा स्टेज नाटकलाई निरन्तरता गरेका थिए । तत्कालिन राज्यले हामीले गर्ने चेतनामुलक कार्यक्रममा सिधै हस्तक्षेप नगरे पनि निगारानीलाई भने वढाएको थियो खरेलले त्यो समयलाई सम्झन्छन् ।

उनले एक स्थानिय टेलिभिजन च्यानलवाट सिनेदर्पण नाम राखेर टेलिभिजन कार्यक्रमको निर्माण गरी आफुलाई टेलिभिजन दुनिँयामा पनि स्थापित गराएका थिए साथै उक्त कार्यक्रमको लेखन, निर्देशन खरेल स्वयंलेनै गरेका थिए । नेपाली चलचित्रको श्रृवृद्धिको लागी तिनताका सो कार्यक्रम निक्कै लोकप्रिय रहेको थियो भने सोही कार्यक्रमवाट अभिनेता दिलकृष्ण श्रेष्ठ र पत्रकार आर.के.सुवेदीलाई खरेलले नै टेलिभिजन पत्रकारितामा भित्राएका थिए । हाल आरके सुवेदी (राम बहादुर सुवेदी) नेपाली चलचित्र क्षेत्रका चर्चित कार्यक्रम आयोजकका रुपमा चिनिन्छन् गत वर्ष मात्रै उनले विश्वको अग्लो स्थानमा कार्यक्रम गर्ने व्यक्ति÷आयोजक रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा समेत नाम दर्ज गराई सकेका छन् भने दिलकृष्ण श्रेष्ठ विभिन्न चलचित्रहरुको निर्माणका साथका अभिनयमा व्यस्त रहेका छन् । देशमा संकटकाल र जनआन्दोल एकै साथ व्याप्त रहेको अवस्थामा रोशन वुढाथोकीले निर्माण गरेको टेलिसिरियल कस्तो यो जीवनको लेखन निर्देशनवाट माधव राज खरेलले नेपाली टेलिचलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । शो टेलिचलचित्र केही समयको प्रदर्शन पश्चात देशमा भएको आन्दोलनले राजतन्त्रको अन्त्य भए संगै टेलिभिजनमा भएको व्यवस्थापकिय परिवर्तनका कारणले वन्द भएको थियो । छोटो समयमानै चर्चा वटुलेको सिरियल वन्द भए लगत्तै खरेल र उनका टिम निक्कै हतास देखिएका थिए तर तुरुन्तै उनकै लेखन निर्देशनमा टेलिचलचित्र कसुरको निर्माण गरी आफ्नो कलाकारिता र प्रस्तुतिका यात्रालाई निरन्तरता दिए । वि.सं. २०६४ साल ताका श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लि. (नाम परिवर्तन भई हाल मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि भएको छ ।)ले निर्माण गरेको चलचित्रलाई फरक प्रस्तुती दिने उदेश्यले खरेलले मानव सभ्यताको सुरुवातको खोज कस्तो थियो भन्ने उदेश्यले ढुङ्गे युग चलचित्र मार्फत आफुलाई चलचित्र क्षेत्रमा पनि स्थापित गराउने प्रयास गरे सो चलचित्र प्रयोगवादी चलचित्र भएको हुँदा नेपाली चलचित्र क्षेत्रले पनि प्रशंशनिय चलचित्र भनेको थियो । चलचित्रमा कुनै प्रकारको संवाद थिएन र सरकारी आंकडामा नेपालको पहिलो मौन चलचित्र नभनिए पनि त्यो नै नेपालको पहिलो मौन चलचित्र हो भनेर जानकारहरु वताउँदछन् उक्त चलचित्रको लेखन, निर्देशन माधव राज खरेललेनै गरेका थिए भने चलचित्रको पहिलो च्यारिटिवाट उठेको पैशा चलचित्र पत्रकार संघ मकवापुर शाखाको कार्यलय स्थापनाको लागी खर्च गरेका थिए । खरेल र उनको कम्पनीले चलचित्र निर्माणका साथ साथै विभिन्न सरकारी निकायसंगको समन्वयमा जानकारी एवं चेतनामुलक वृत्तचित्रहरुको निर्माण गरेको थियो, जसमा शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा भुकम्प प्रतिरोधि घरहरु निर्माण सम्वन्धि चेतनामुलक वृत्तचित्र सवैको रहर भुकम्प प्रतिरोधि शहर, नेपाल पर्यटन वोर्ड संगको सहकार्यमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धनका लागी गन्तव्य शे–फोक्सुन्डो, कुशेश्वर माहादेव,संरक्षण सम्वन्धि वनाईएका जानकारी मुलक वृत्तचित्रहरु का साथै विभिन्न संघ संस्थाहरुवाट निर्माण गरिएका १ दर्जन भन्दा वढी वृत्तचित्रहरुको लेखन, निर्देशन समेत खरेलले गरिसकेका छन् जसमा मानव अधिकार प्राज्ञिक समुहले निर्माण गरेको न्यायको पर्खाईमा दोरम्वा र माडी (जुन घटना तत्कालिन शाही नेपाली सेना र तत्कालिन विद्रोही माओवादी ले गरेका जघन्य मानवअधिकार उल्लंघनका घटनालाई समाविष्ट गरिएको थियो) त्यस्तै स्वतन्त्र मानवअधिकारहरुको संस्था डिफ्रिले मधेश आन्दोलन पछि त्याहाँको मानव अधिकारको विषयमा जानकारी दिने उदेश्यले निर्माण गरेको मैथली भाषाको डकुमेन्ट्री फिल्म हेवे करैत भोर (विहानी पक्कै हुन्छ )को निर्देशन पनि खरेलले नै गरेका थिए १०० मीनेट लामो उक्त डकुमेन्ट्री फिल्मलाई नेपाल टेलिभिजनवाट समेत प्रशारण गरिएको थियो । वाईल्ड लाईफ वाच ग्रुपले निर्माण गरेको सेभ द मंकी देखि लिएर करुना नेपाल, नारी चेतनशिल नेपाल, मैत्रिय फाउनडेशन नेपाल, स्पेशल स्कुल फर डिसेवल रिह्यावलेसन सेन्टर(एस्.एस्. डि.आर.) लगायतका संस्थाहरुले निर्माण गरेका महिला एवं वालवालिकाका हक,अधिकार सम्वन्धि वनाईएका चेतनामुलक वृत्तचित्रहरुको लेखन, निर्देशन का साथै सिरहा जिविस र नगरपालिका, छतिवन गाविस, दाप्चा काशीखण्ड नगरपालिका लगायतका १ दर्जन भन्दा वढि सरकारी एवं गैरसरकारी संस्थाहरुद्धारा निर्माण गरिएका वृत्तचित्रहरुमा समेत खरेलले काम गरिसकेका छन् । खरेलले आफ्नो कर्मको पाटोलाई वृत्तचित्रको निर्माणमा मात्रै सिमित नराखी सिनेमाको क्षेत्रमा समेत फराकिलो पारेकाछन् उनले हाल सम्म ढुङ्गे यूग, विरानो माया, कुईनेटो, ढुङ्गे यूग–२, दुर्गामाण्डौ जस्ता चलचित्रहरुको लेखन र निर्देशन समेत पनि गरिसकेका छन् । जसमा कुईनेटो र ढुङ्गे यूग २ प्रदर्शनको तैयारीमा रहेको छन् । दुर्गामाण्डौ उपन्यास यतिवेला साहित्यक वृत्तमा चर्चामा रहेको उपन्यास हो ।जुन उपन्यासलाई माधव राज खरेलले लेखेका हुन् । साहित्यिक अनुभव उनको लागी नौलो विषय भने पक्कै पनि होईन यस अघि पनि उनले लेखन पाटोमा आफुलाई सशक्त रुपमा स्थापित गराईसकेका छन् । ५ वटा चलचित्रका साथै दर्जन भन्दा वढि वृत्तचित्रमा उनले आफ्नो लेखन कला प्स्तुत गरिसकेका छन् । महिला अधिकारका विषयमा लेखिएको उपन्यासमा विशेषतः सुदुरपश्चिमाञ्चलमा हुने महिलामाथीको हिंसालाई सरल भाषामा प्रयोग गर्न खोजिएकोछ । छाउपडी, एकल महिला, वोक्सी प्रथावाट उत्पिडित महिलाहरुको यतार्थ चित्रणलाई उपन्यासभित्र सशक्त रुपमा उठान गर्न खोजिएकोछ । खरेल भन्छन् “यो एउटा साहित्यिक श्रृजना मात्रै होईन यो यर्थात परक सत्यतासंग जोडिएको दस्तावेज पनि हो फरक यति हो यसलाई मैले साहित्यसंग जोडेर उपन्यासको रुपमा प्रस्तुत गर्न खोजेको छु ”। माधव राज खरेलले साहित्यसंग संगै गीतिलेखनको पाटोलाई पनि अगाडी वढाएका छन् । उनले हाल सम्म दुईदर्जन जति गीत लेखि सकेका छन् उनले लेखेका गीतहरु मध्ये राष्ट्रिय भावको गीत मेरो देशको झण्डा नामक गीतवाट म्यूजिक खवर म्यूजिक अवार्ड २०१४ वाट उत्कृष्ट राष्ट्रिय भावको गीतका लागी उत्कृष्ट गीतकारका रुपमा अवार्डेड समेत भएका थिए । खरेललाई गीतकारका साथै म्यूजिक भिडियो निर्देशकका रुपमा समेत नेपाली संगितिक जगतमा चिनिने गर्दछ उनले करिव २ दर्जन भन्दा वढि भिडियोको निर्देशन गरिसकेका छन् उनले निर्देशन गरेको धोका त दिंदै दिन्न मैले वोलको गीतको लागी सुन्दरादेवी सन्देश वागमति लोक दोहोरी अवार्ड २०७२ का लागी उत्कृष्ट भिडियो निर्देशको रुपमा अवार्डेड समेत भएका थिए ।साथै खरेलले साहित्य, संचार, कलकारिता र समाज सेवामा उल्लेखनिय योगदान पुर्याय वापत आईसीटी पत्रकारी मञ्च, मैत्रिय फउन्डेसन, करुना नेपाल लगायतका संस्थावाट सम्मानित पनि भएका छन् । व्यक्ति एक कला अनेक भने जस्तै खरेल पनि विभिन्न क्षेत्रमा आफुलाई अभ्यस्त राख्नेहरुमा पर्दछन् उनि चलचित्रकर्मी, साहित्यकार, गीतकार, म्यूजिक भिडियो निर्देशका रुपमा त चिनिन्छन् नै त्यसका अलाव उनि राम्रा कलाकार र संचारकर्मी हुन् खरेललले आधा दर्जन जति चलचित्र, सोही अनुरुपका म्यूजिक भिडियोहरु यतिवेला यूटुद्यवमा समेत देख्न सकिन्छ ।उनले अभिनय गरेका चलचित्रहरुमा तिमि जहाँ भएपनि, फूलै फूलको मौसम तिमिलाई, विरानो माया, थ्रि मंकिज, लाललजोडी लगायतका चलचित्रहरु प्रदर्शन भैसकेका छन् भने केही चलचित्रहरु प्रर्दशनीको पर्खाईमा रहेका छन् । खरेलले विभिन्न टेलिभिजनहरुमा कार्यक्रम निर्माता, प्रस्तोता एवं निर्देशकका रुपमा समेत काम गरिसकेका छन् भने पावर न्यूज राष्ट्रिय मासिक पत्रिका र नेशनल पावर न्यूज डटकम अनलाईन पोर्टललाई केही वर्ष अघि देखी संचालनमा समेत ल्याएका छन् ।

विभिन्न क्षेत्रमा आफुलाई स्थापित गराउन सक्नु चानचुने कुरा भने पक्कै पनि होईन यसका लागी ठूलै मेहनत र सघर्ष गर्नु पर्छ । खरेल भन्छन् “हामीले आफुलाई फुर्सदिलो वनाउनु हुँदैन जति सक्यो त्यति धेरै काम गर्नु पर्दछ, र हामीले आफुले आफुलाई संधै व्यस्त राख्ने हो भने हामीभित्र भएको नकरात्मक उर्जा आफै निष्क्रिय भएर जान्छ र सकरात्मक सोचको विकास हुन्छ । कला, साहित्य र संचार एकै सिक्काका दुईपाटा भएकाले मलाई यि क्षेत्रमा आवद्ध भएर काम गर्न आनन्द आउँछ ।” खरेल कला, साहित्य, संगीत र संचार क्षेत्रमा काम त गर्छन्नै उनिले पछिल्लो समयमा आएर नेपालका शैक्षिक क्षेत्र र संगितिक क्षेत्रमा योगदान पुर्यायकाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नेशनल पावर न्यूज एजुकेशन र म्यूजिक अवार्डको समेत प्रारम्भ गरेका छन् उनको यस कदमले सम्वन्धित क्षेत्रका मानिसहरुमा उत्साह देखिएको छ । पुर्वको ओलाङ्चुङ्गगोला होस वा पश्चिमको दुर्गामाण्डौ सम्पुर्ण गाउँ ठाउँमा रहेका संस्कार,सभ्यता, समाज र परम्पराको खोजी गर्दै त्यसको उत्थानको लागि उनि सदैव कलम र क्यामेरालाई साथी बनाउदै हिडिरहेका छन् । तर एक्लो बाघलाई त स्यालले पनि लखेट्छ ,एक्ला खरेलले गरेको प्रशंसनिय कार्यले हर क्षेत्रमा राम्रै स्थान पाउनु पर्ने हो तर पैशाको खोलो वगाएर प्रचार प्रशार पाउने हरुको भिडमा उनी एक्लो वृहस्पती भएका छन् । एउटा सर्जक दिप मुनिको अँध्यारोमै रुमल्लिनु पर्ने कतिञ्जेल हो यो हाम्रो देशको नियति हो कुसंस्कारको परिणिति हो ।