Wikicamp Nepal 2018/Participation/हिमाल सुबेदी

From Meta, a Wikimedia project coordination wiki

नमस्कार
तपाईंको सहभागिताको लागि धन्यबाद!

सहभागी[edit]

नेपाली विकिपिडिया
नेपाली विकिपिडियाको तर्फबाट सहभागी

परिणाम[edit]

कृपया तपाईंले के सिक्नुभयो हामीलाई बताउनुहोस्, र कसरी भविष्यमा यी सिपहरूको प्रयोग गर्न जाँदै हुनुहुन्छ
उत्तर - विकि कार्यशाला नेपाल २०७५ नेपाली विकिपिडियाको १७ वर्षे इतिहासमै पहिलोपटक भएका एक कार्यक्रम थियो। यस कार्यशालामा विभिन्न कार्यक्रम र प्रस्तुति समावेश गरिएता पनि मैले जे सिक्छु र अब त केही कुरा जान्ने हुने भएँ भनेको थिएँ तर त्यसको ठ्याक्कै विपरीत भेट्टाँए। मैले यस कार्यक्रमबाट केही पनि लाभ र ज्ञान हासिल गर्न सकिन। कार्यशालामा केही पनि सीप नसिकाइएका कारण मैले त्यतिबेला जे जानेको थिएँ अहिले पनि म त्यसैमा सिमित छु।

समिक्षा[edit]

उत्तर - म मात्रै नेपाली विकिपिडियाको तर्फबाट एक सहभागी थिएँ।

  • के राम्रो भयो?
उत्तर

१ - यस कार्यशालाबाट म‌ैले नयाँनयाँ साथी बनाउने, भेट्ने तथा परिचित हुने अवसर प्राप्त भयो।
२ - जानकी मन्दिर घुम्ने अवसर मिल्यो।
३ - मन्त्रीहरू द्वरा कार्यक्रम उद्घाटन गरियो।
४ - योग सिवीर सञ्चालन गरियो।
५ - तस्वीर तथा भिडियोहरू कैद गरियो।

  • के राम्रो भएन?
उत्तर

१ - कार्यक्रमको शीर्षक विकि कार्यशाला नेपाल २०७५ हुन पर्ने ठाउँमा विकि क्याम्प नेपाल २०१८ राखियो जुन एकदमै गलत थियो।
२ - कार्यक्रमको फारम देखि लिएर ढाँचा, प्रस्तुति, व्यवस्थापन र कार्यशैलीमा सबै अङ्ग्रेजी भाषाको मात्र बढवा दिइयो र प्रस्तुति लगभग सबै अङ्ग्रेजीमा भयो
३ - प्रस्तुतिका बेला अङ्ग्रेजी र हिन्दी भाषाको प्रचुर मात्रामा प्रयोग गरिएका कारण म जस्तो अङ्ग्रेजी र हिन्दी भाषा नबुझ्ने व्यक्तिका लागि भनेको कुरा बुझ्न र अन्य विकिपिडियन मित्रहरूको तर्कहरूबाट केही ज्ञान प्राप्त गर्न सकिएन।
४ - समय व्यवस्थापन राम्रोसँग मिलाइएन र प्रस्तुति लामो गरियो।
५ - प्रस्तुतिका बेलामा अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा नगरि सबैलाई थाहा भएकै कुरा (जस्तो : यो पुगेन,यो हुन सकेको छ‌ैन, सक्रियता छैन र यो भएन) हरू मात्रै गरियो भने विभिन्न भाषण गरि कार्यक्रम लाम्बाउने काम मात्रै धेरै गरियो।
६ - कार्यक्रम भएको स्थानमा ३-४ वटा वाई फाई उपलब्ध गराइएता पनि कुनैले राम्रोसँग काम नगरेका कारण मैले डाटाबाटै काम गर्नु पर्ने भएको थियो।
७ - कार्यक्रम भरि अभ्यासको कमि रह्यो।
८ - स्टिकी नोट भन्दै अनावश्यक रुपमा छलफल गरियो र अनावश्यक प्रश्नहरू माथि तर्क बितर्क लेख्न लगाइयो।
९ - अनावश्यक रुपमा नेपाली कुइरे बन्न खोजीयो।

  • तपाईंको बिचारमा के भएको भए राम्रो हुन्थ्यो?
१ - अब अाउँदै कार्यक्रममा फारम, शैली, शीर्षक, ढाँचा, प्रस्तुति र सम्बोधन पुर्णतया नेपाली भाषामा कायम गरियोस्।

२ - अाउँदै कार्यक्रममा नेपाल टेलीकमको ४ जी सुविधा जस्तै दुर्तगतीको नि:सुल्क इन्टरनेट सुविधा उपलब्ध हुनु पर्यो।
३ - कार्यक्रमको व्यवस्थापन र समय व्यवस्थापन राम्रोसँग गरियोस्।
४ - प्रस्तोताले प्रस्तुति दिने र स्रोताहरूले ध्यान नदिने हुनु भएन।
५ - विकिमिडियामा सक्रिय प्रयोगकर्ताहरूलाई मात्र कार्यशालामा समावेश गराउनु पर्‍यो।
७ - हाल अत्याधिक रुपमा काठमाडौं उपत्यकाहरूमा मात्र कार्यक्रम गरिएको छ र अाउँदै दिनहरूमा नेपालका विभिन्न सहरका विद्यालयहरूमा विकिमिडिया बारे जनचेतना फैलाउने कार्यक्रम गरिनु पर्‍यो।

अरु केही[edit]

(उत्तर - अब अाउँदै विकि कार्यशाला चितवनमा अायोजना गर्नु पर्‍यो।)
तपाईंले कमन्समा उर्ध्वभरण गर्नुभएका तस्बिरहरूको पनि कदर गरिन्छ! (कार्यक्रम सम्बन्धि तस्वीरहरू)
यदि तपाईं स्थानीय प्रशिक्षण कार्यक्रम वा निकट भविष्यमा तपाईंको गृह समुदायहरूको लागि कार्यशाला व्यवस्थित गर्न रुचि राख्नुहुन्छ भने उल्लेख गर्नुहोस्।
कृपया यो वैकल्पिक खण्डमा हामीलाई न हिच्किचाइकन अन्य कुनै प्रतिक्रिया, सूचना, वा आफ्ना विचार राखिदिनु होला। सहभागीताका लागि धन्यवाद!