Wikimedians of Nepal/By-Laws English

From Meta, a Wikimedia project coordination wiki

By-Laws of Wikimedia Nepal

(This By-laws was drafted in Nepali language and now is in translation phase) Please edit only the portion below the line


Preamble[edit]

देशको सर्वाङ्गीण विकासका लागि सूचना प्रविधि महत्वपूर्ण पक्ष भएको विषयलाई स्वीकार्दै, यसको अर्थपूर्ण उपयोगका लागि राष्ट्रिय र स्थानीय विद्यूतीय सामग्रीहरू (Local Digital Content) {(पाठ, तस्वीर, चित्र, श्रव्य, दृष्य, श्रव्यदृष्य¸तथ्याङ्क वा अन्य कुनै सामग्री } लाई विद्यूतीय रूपमा विकास, भण्डारण तथा उपयोग गर्न प्राथमिकता दिनुपर्ने महशुस गरी, विश्वका सबै भाषामा खुला स्रोतका सामग्रीहरू विकास गर्नका लागि विश्वमा विकास भैरहेको विश्वव्यापी सहकार्य अर्थात् विकी प्रविधिले गरेको उल्लेखनीय प्रगति र पहलको समर्थन गर्दै, नेपालभित्र तथा बाहिर बसोबास गर्ने नेपाली भाषा भाषिकालाई मुख्य भाषाको रूपमा प्रयोग गर्ने व्यक्ति तथा समुदायलाई आफ्नो भाषाको सामग्री विकास गर्न तथा आफ्ना स्थानीय सामग्रीहरू विश्वका अन्य भाषामा समेत विकास गरी प्रकाशित गर्ने कार्यमा प्रोत्साहित तथा सहयोग गर्नका लागि, विकीको विश्वमञ्चमा नेपालका राष्ट्रिय र स्थानीय भाषाहरूको उपस्थिति र सहभागिताको प्रत्याभूत गर्न,

“विकिमिडीया नेपाल” नामक संस्थाको स्थापना गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम यो विधान तर्जुमा गरी लागू गरिएको छ।


Section-1[edit]

प्रारम्भिक

संस्थाको नाम

यस संस्थाको नाम “विकिमीडिया नेपाल” रहनेछ। अंग्रेजीमा यसलाई “Wikimedia Nepal” भनिनेछ।

क) संस्थाको कार्यालय रहने ठेगाना

संस्थाको कार्यालय ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिकामा रहनेछ।

ख) संस्थाको कार्यक्षेत्र :

यस संस्थाको कार्यक्षेत्र काठमाडौं उपत्यकाभर हुनेछ ।

ग) प्रारम्भ

यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ।

घ) संस्थाको अस्तित्त्व

यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठीत, स्वशासित, गैर­-नाफामूलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हुनेछ। संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन।

क) यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।

ग) यो संस्था गैर राजनितिक संस्था हुनेछ ।

घ) यो संस्थाले नेपाल सरकारका विभिन्न निकायहरू लगायत देश भरका अन्य जिल्लाका बिभिन्न सामाजिक संघ संस्थाहरू संग समन्वय राखी काम गर्नेछ ।

१.५ आबद्धताः यो संस्था विकिमीडिया फाउण्डेसन सँग आबद्ध रहनेछ। यसलाई समाज कल्याण परिषद्, कानुनी मान्यता प्राप्त अन्य निकाय तथा आवश्यकता अनुसार अन्य संघ/संस्था समेतमा आबद्ध गर्न सकिने छ।

१.६ प्रचलित कानुन बमोजिम हुनेः यो विधानमा भएको व्यबस्था संस्था दर्ता ऐन २०३४ र प्रचलित नेपाल कानुनको अधिनस्थ हुनेछ। यस संस्थाले नेपाल सरकारको नीति निर्देशनको परिधिभित्र रही कार्य सम्पादन गर्नेछ।

१.७ संस्थाको अस्तित्वः यो संस्था विकिमीडिया नेपालको विधान २०७० बमोजिम गठन भएको एक स्वतन्त्र, संङ्गठित, स्वशासित, मुनाफा रहित, गैर राजनीतिक तथा गैर सरकारी सामाजिक संस्था हुनेछ।

१.८ संस्था ब्यक्ति सरह हुनेः यो संस्था व्यक्ति सरह हुनेछ। संस्थाले कसै उपर नालिस उजुर गर्न सक्नेछ र संस्था उपर पनि नालिस उजुर लाग्न सक्नेछ।

१.९ संस्थाको छाप र चिन्हः

संस्थाको चिह्न (लोगो) अनुसूची ३ मा उल्लेख भए अनुसारको हुनेछ।

Section-2[edit]

परिभाषा २.१ संक्षिप्त नाम र प्रारम्भः

१. यस विधानको नाम “विकिमीडिया नेपालको विधान २०७०” रहनेछ।

२. यो विधान “विकिमीडिया नेपालका” सदस्यहरूलाई लागु हुनेछ।

३. यो विधान सम्बन्धित निकाय वा संस्थामा दर्ता वा सूचिकृत भई प्रमाणपत्र प्राप्त भएपछि प्रारम्भ हुनेछ।

४. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमाः

५. “ऐन” भन्नाले संस्था दर्ता ऐन २०३४ लाई जनाउँदछ।

६. “संस्था” भन्नाले “विकिमीडिया नेपाल” अथवा अंग्रेजीमा Wikimedia Nepal छोटकरीमा WMF, Nepal लाई जनाउँदछ।

७. “विधान ” भन्नाले विकिमीडिया नेपालको विधानलाइ जनाउदछ

८. “नियम, बिनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम बिनियमलाई जनाउँदछ।

९. “सभा” भन्नाले यस विधान बमोजिम बसेको साधारणसभा र विशेष साधारण सभालाई समेत जनाउँदछ।

१०. “समिति” भन्नाले यसै विधान बमोजिम गठन हुने संस्थाको संचालक समितिलाई जनाउँछ।

११. “संचालक समितिको सदस्य” भन्नाले संस्थाको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा अन्य कार्यकारिणी सदस्यहरूलाई समेत जनाउँछ।

१२. “समितिका पदाधिकारी” भन्नाले समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा कोषाध्यक्षलाई जनाउँछ।

१३. “अध्यक्ष” भन्नाले विधान बमोजिम संस्थाको निर्बाचित अध्यक्षलाई जनाउँछ।

१४. “उपाध्यक्ष” भन्नाले विधानको परिच्छेद ५ को नियम १० बमोजिम संस्थाको निर्बाचित उपाध्यक्षलाई जनाउँछ।

१५. “महासचिव” भन्नाले विधानको परिच्छेद ५ को नियम १० बमोजिम निर्बाचित संस्थाको महासचिवलाई जनाउँछ।

१६. “कोषाध्यक्ष” भन्नाले विधानको परिच्छेद ५ को नियम १० बमोजिम निर्बाचित संस्थाको कोषाध्यक्षलाई जनाउँछ।

१७. “सदस्य” भन्नाले विधानको परिच्छेद ४ बमोजिम सदस्यता प्राप्त व्यक्ति वा संस्था भन्ने जनाउँछ र यो शब्दले साधारण सदस्य, संस्थागत सदस्य तथा सल्लाहकार सदस्य समेतलाई जनाउँछ।

१८. “कार्यकारिणी सचिव” भन्नाले विधानको परिच्छेद ६ को नियम ५ बमोजिम नियुक्त कार्यकारिणी सचिवलाई जनाउँछ।

१९. “उप समिति” भन्नाले संचालक समितिले आफुमा निहित अधिकार मध्ये सबै वा केही प्रयोग गर्न सक्ने गरी विधान अन्तर्गत गठन गरेको उप समितिलाई जनाउँछ।

२०. “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ।

२१. “स्थानीय निकाय” भन्नाले जिविस, महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका वा गाविसलाई जनाउँदछ।

२२. “स्थानीय विद्यूतीय सामग्री” भन्नाले नेपाल भित्रका जुनसुकै विषयका पाठ, श्रव्य, दृष्य, श्रव्यदृष्य वा अन्य विद्यूतीय सामग्री र नेपालभित्र बोलिने भाषामा भएका र हुने जुनसुकै विषयमा का पाठ, श्रव्य, दृष्य, श्रव्यदृष्य वा अन्य विद्यूतीय सामग्रीलाई जनाउँदछ।

२३. “तोकिएको वा तोकिए बमोजिमको” भन्नाले यस विधान अन्तर्गत बनेको नियम, बिनियम वा आदेशद्वारा तोकिएको भन्ने जनाउँछ।

२४. ब्याख्या गर्ने अधिकार: यो विधानको ब्याख्या गर्ने अधिकार समितिलाई हुनेछ।

२.३ संस्थाको कार्यालयः

यस संस्थाको प्रधान कार्यालय ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नंम्बर ???? मा रहनेछ र अन्य जिल्लाहरूमा कार्यालयहरू खोल्न परेमा कानूनको रित पुर्‍याई आवश्यकता अनुसार क्षेत्रिय वा शाखा कार्यालयहरू खोल्न सक्नेछ।

Section-3[edit]

उद्देश्य ४. यस संस्थाको उदेश्य देहाय बमोजिम हुनेछः

i. नेपालभित्र बोलिने भाषाहरूको बैज्ञानिक प्रयोग गर्नका लागि ज्ञान, सीप र वातावरण विकास गर्न पहल गर्ने।

ii. नेपालका स्थानीय विद्यूतीय सामग्रीको विकास, प्रवर्द्धन र सम्बर्द्धनका लागि गतिविधि सञ्चालन गर्ने।

iii. नेपाल भित्र बोलिने भाषाहरूलाई मुख्य भाषाको रूपमा प्रयोग गर्नेऽ नेपालभित्र तथा बाहिर बसोबास गर्ने व्यक्ति तथा समुदायलाई आफ्नो भाषाको सामग्री विकास गर्न प्रोत्साहित तथा सहयोग गर्ने। त्यस्ता सामग्रीहरूलाई उपयुक्त विकी परियोजना मार्फत प्रकाशित गर्न सहयोग तथा उत्साहित गर्ने।

iv. नेपाली लगायत नेपालमा बोलिने सबै भाषाका लेख, पुस्तक, रचना आदि लाई विद्यूतीय माध्यममा सृजना, भण्डार, प्रशारण, प्रकाशन गर्ने तथा त्यस्ता सामग्रीको संख्यात्मक र गुणात्मक विकास गर्न पहल गर्ने। त्यस्ता सामग्रीको संरक्षण र प्रवर्द्धन गर्नका लागि सहयोग गर्ने।

v. कानूनद्वारा निर्दिष्ट प्रतिलिपी अधिकारको सम्मान गर्दै सर्वसाधारण जनताको सूचना तथा ज्ञानसँगको पहुँच सहज बनाउनका लागि सबै स्थानीय विद्यूतीय सामग्रीको खुला तथा निःशुल्क ज्ञान प्रविधि अन्तरगत उत्पादन, वितरण र पुनः प्रयोग गर्न गराउनका लागि आवश्यक पहल गर्ने।

vi. उपर्युक्त सामग्रीहरूलाई स्थानीय भाषामा खुला सामग्री (Open Content) वातावरणमा प्रकाशित गरी सर्वसाधारणलाई विश्व ज्ञान कोषको रूपमा सहज र निःशुल्क उपलब्ध गराउने।

vii. पब्लिक डोमेन, ओपन डोमेन र कपी लेफ्ट सामग्रीहरूलाई खुला वातावरणबाट वितरण गर्ने।

viii. खुला स्रोत सामग्रीको उत्पादन, वितरण र प्रयोगका बारेमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने।

ix. विकि प्रविधि तथा अन्य खुला ज्ञान प्रविधि सम्बन्धि अध्ययन, अनुसन्धान तथा तालिम, छलफल कार्यक्रम आदि सञ्चालन गर्ने।

x. नेपाली लगायत नेपालमा बोलिने सबै भाषाका खुला स्रोत सामग्रीको विकास, उत्पादन, वितरण र प्रयोगका लागि आवश्यक नीति तथा रणनीति तर्जुमा गर्न तथा त्यस्ता नीति तथा रणनीतिहरू लागू गराउन सम्बन्धित निकायहरूलाई सहयोग गर्ने।

xi. स्थानीय विद्यूतीय सामग्रीलाई समस्त नागरिकको समग्र लाभका लागि सकारात्मक औजारको रूपमा विकास, प्रवर्द्धन, सम्बर्द्धन तथा उत्साहन गर्ने।

xii. विकिमीडिया फाउन्डेसनका कुनैपनि परियोजनाहरूमा विद्यमान र भविष्यमा बन्ने सामग्री (पाठ, तस्वीर, चित्र, ध्वनी, चलचित्र, तथ्याङ्क वा अन्य कुनै सामग्री)का कारण नेपाल सम्बन्धि मामलामा आइपर्ने समस्या, विवाद र अन्य अप्ठ्याराहरूलाई शान्तिपुर्ण रूपले समाधान गर्न पहल गर्ने।

xiii. नेपालको प्रचलिन ऐन कानून बमोजिम विकिमीडिया फाउन्डेसन द्वारा सञ्चालित विकि परियोजनाहरूलाई सहयोग, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने।

xiv. विकिमीडिया फाउण्डेसनको लक्ष्य प्राप्तिका लागि गरिने अन्य कार्यमा नेपालको प्रचलिन ऐन कानून बमोजिम सहभागी बन्ने।

उद्देश्य प्राप्तिका लागि गरिने कार्यहरू[edit]

क) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने।

ख) कम्प्युटर, टेलिफोन, फ्याक्स आदि कार्यालय सञ्चालन गर्ने उपकरण तथा सामान, फर्निचर तथा फर्निसर्स आदि खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने।

ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने, तिनको सेवा तथा सुविधाका शर्तहरू निर्धारण गर्ने तथा त्यसको व्यवस्थापन गर्ने।

घ) नेपाली भाषा-भाषिकाको प्रयोग गर्ने व्यक्तहरूबीच विकि प्रविधि तथा अन्य खुला ज्ञान प्रविधिको विकास, प्रयोग र विस्तारका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरू बीच सम्बन्ध कायम गरी समन्वय तथा सहकार्य गर्ने। त्यस्ता संघसंस्थाहरूसँग ज्ञान, सीप र प्रविधिको आदान प्रदान गर्ने।

ङ) विकिमीडिया परियोजनाहरूमा नेपालका स्थानीय विद्यूतीय सामग्रीहरूको विकास, प्रकाशन तथा प्रवर्द्धन गर्नका लागि सर्वमान्य मापदण्डहरू तय गरी लागू गर्ने।

च) खुला स्रोतका विद्यूतीय सामग्रीको विकास, वितरण र प्रयोगका सम्बन्धमा जर्नल, बुलेटिन, पम्प्लेट, पोस्टर, श्रव्यदृष्य सामग्री, रेडियो, टेलिभिजन कार्यक्रम, वेवसाइट, अनलाइन पोर्टल, विद्यूतीय तथा छापा आदि सामग्रीको प्रकाशन, प्रशारण तथा वितरण गर्ने गराउने।

छ) संस्था सम्बन्धि कुनैपनि विवाद आइपरेमा आपसी सहमतिको आधारमा यसै विधान अनुसार समस्या समाधान गर्ने।

ज) संस्थाको उद्देश्य प्राप्तिका लागि अन्य संस्थाहरूसँग सहकार्य गर्दा प्रचलित ऐन कानून बमोजिम सम्झौता वा सहमति गरेर सहकार्य गर्ने।

Section-4[edit]

सदस्यता ४.१ सदस्यताको प्रकारः संस्थापक सदस्य

यस संस्था दर्ता हुँदाको बखत यस विधानमा हस्ताक्षर गर्ने सदस्यरू संस्थापक सदस्य हुनेछन्। संस्थापक सदस्यले प्रकृया अनुसार सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ।

साधारण सदस्य

यस विधानको नियम रुरुरुरु बमोजिम योग्यता पुगेको नेपाली नागरिकले तोकिएको प्रकृया पूरा गरी सदस्यता प्राप्त गर्ने व्यक्तिहरू यस संस्थाका साधारण सदस्य हुनेछन्।

आजीवन सदस्य

यस विधानको नियम रुरुरुरु बमोजिम योग्यता पुगेको नेपाली नागरिकले तोकिएको प्रकृया पूरा गरी सदस्यता प्राप्त गर्ने व्यक्तिहरू यस संस्थाका आजीवन सदस्य हुनेछन्।

सहयोगी (एशोसिएट) सदस्य

नेपालको कानून बमोजिम स्थापना भएको संस्थाले तोकिएको प्रकृया पूरा गरी एशोसिएट सदस्यताका लागि आवेदन गरेमा त्यस्तो संस्थालाई एशोसिएट सदस्यता प्रदान गर्न सकिनेछ। सहयोगी सदस्यलाई मताधिकार रहने छैन।

मानार्थ सदस्य

संस्थाको उद्देश्यप्राप्तिको क्षेत्रमा उल्लेख्य कार्य गर्ने व्यक्तिलाई संस्थाले आवश्यक ठानेमा मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ। यस्तो सदस्यताका लागि कुनै शुल्क लिइने छैन।

सदस्यता प्राप्तिका लागि आवश्यक न्यूनतम योग्यताः

ऐन विधान तथा नियमको अधिनमा रही निम्न लिखित योग्यता पुगेका व्यक्ति संघ, संस्था वा निकायलाई संस्थाले सदस्यता प्रदान गर्न सक्नेछ। सबै सदस्यहरू १६ बर्ष पुगेको नेपाली नागरिक भै नैतिक पतन देखिने फौज्दारी अभियोगमा सँजाय नपाएको हुनु पर्ने छ।

नेपाली नागरिक हुनुपर्ने।

१८ बर्ष पूरा गरेको हुनुपर्ने ।

मानसिक सन्तुलन ठीक रहेको हुनुपर्ने ।

सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको हुनुपर्ने ।

कुनै नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारको अभियोगमा सजाय नपाएको हुनुपर्ने ।

विकिमीडियाका परियोजनाहरूमध्ये कुनै परियोजनामा प्रयोगकर्ता खाता खोली कम्तीमा २५ सम्पादन गरेको र विगत १ बर्षमा कम्तीमा १० वटा सम्पादन गरेको हुनुपर्ने ।

जुनसुकै सदस्यको लागि पनि दिएको आवेदन सञ्चालक समितिबाट स्वीकृत भएमा मात्र सदस्यता प्राप्त गरेको मानिनेछ।

४.२ सदस्यता शुल्कः

निम्न किसिमका सदस्यहरूले संस्थालाई तोकिए बमोजिम वार्षिक शुल्क बुझाउनु पर्नेछ। साथै संस्थाको सदस्यताको लागि आवेदन दिंदा तोकिए बमोजिम प्रवेश शुल्क लाग्नेछ,। तर मानर्थ सदस्यको हकमा यस्तो कुनै शुल्क लाग्ने छैन। सदस्यता शुल्क कार्यसमितिले तोक्नेछ। त्यसरी तोकिएको शुल्क साधारण सभाबाट अनुमोदन गराउनुपर्नेछ।

४.३ प्रत्येक सदस्यले तिर्नुपर्ने वार्षिक सदस्यता शुल्क रकम प्रत्येक अंग्रेजी क्यालेण्डरको जनवरी ३० सम्म तिरिसक्नु पर्नेछ।

४.४ तोकिएको समयभित्र शुल्क नबुझाएमा म्याद समाप्त भएको मितिले ३ महिना सम्ममा निजले बुझाउनु पर्ने रकमको दश प्रतिशत जरीवाना स्वरुप थप रकम सहित संस्थाले शुल्क बुझी लिन सक्नेछ र सो अवधि भित्र पनि नबुझाउने सदस्यको सदस्यता स्वतः समाप्त हुनेछ वा समितिको निर्णय बमोजिम भई जानेछ।

४.५ सदस्यता प्रदान गर्ने विधिः

४.५.१ संस्थाको सदस्यता प्राप्त गर्न योग्य एवं इच्छुक हुने व्यक्ति वा संघ संस्थाले यो विधानको अनुसूची १ को ढाँचा बमोजिम यो परिच्छेद नियम १ बमोजिम आफुले लिन चाहेको सदस्यताको किसिम तथा तत्सम्बन्धी विवरण समेत खोली संस्थाको महासचिव समक्ष दरखास्त पेश गर्नु पर्नेछ।

४.५.२ यसरी पर्न आएको दरखास्त संस्थाको समिति समक्ष पेश गरिनेछ र ऐन विधान तथा नियमको अधिनमा रही योग्यता पुगेका इच्छुक दरखास्तवालालाई संस्थाको सदस्यता प्रदान गर्ने, नगर्ने वा कुन किसिमको सदस्यता प्रदान गर्ने भन्ने सम्बन्धमा समितिले निर्णय गर्नेछ।

४.५.३ समितिले दरखास्तवालालाई सदस्यता प्रदान गर्ने निर्णय गरेपछि त्यसको सूचना दरखास्तवालालाई दिनुपर्नेछ र सो सूचना प्राप्त गरेपछि साधारणतया एक महिनाभित्र संस्थालाई तोकिएको सदस्यता शुल्क एकमुष्ठ बुझाएमा यस विधानको अनुसूची २ को ढाँचामा दरखास्तवालालाई सदस्यताको प्रमाणपत्र दिइनेछ।

४.५.४ यस नियम बमोजिम सदस्यताको प्रमाणपत्र प्राप्त व्यक्तिले प्रमाणपत्र कायम रहेसम्म संस्थाको तत्कालिन लागू रहेको वा पछि समय समयमा लागु हुने ऐन, विधान, नियम वा स्थायी आदेशहरूलाई पालना गर्न स्वीकार गरेको मानिनेछ।

४.५.५ कुनैपनि दरखास्तवाला लाई समितिले संस्थाको सदस्यता नदिने निर्णय गरेमा सो बारे दरखास्तवाला लाई कारण खुलाई जानकारी दिनु पर्ने छ। त्यस्ता आवेदकले रकम बुझाई सकेको भए फिर्ता दिइनेछ।

४.६ सदस्यताको समाप्तिः

४.६.१ संस्थाको सदस्यताबाट दिएको राजीनामा समितिबाट स्वीकृत भएमा।

४.६.२ तोकिएको समयभित्र आफुले बुझाउनु पर्ने संस्थाको वार्षिक शुल्क नबुझाएमा।

४.६.३ जानीजानी वा लापरबाही पूर्वक संस्थाको अहित हुने वा यस संस्थाको उद्देश्य बिपरित काम गरेको भन्ने आधारमा समितिले सदस्यता समाप्त गर्ने निर्णय गरेमा।

तर यस्तो अवस्थामा सदस्यता समाप्त गर्नु पूर्व समितिले सम्बन्धित सदस्यलाई आफ्नो सफाईको सबुत पेश गर्ने मौका दिनुपर्नेछ।

४.६.४ संस्थाको बिघटन भएमा।

४.६.५ सदस्यको मृत्यु भएमा वा संघ, संस्था सदस्य भएकोमा त्यस्तो संघ, संस्था नै अस्तित्वमा नरहेमा।

४.६.६ विधान बमोजिमको योग्यता नपुगेमा।

४.७ सदस्यताको पुन प्राप्तिः

४.७.१ सदस्यताको पुनः प्राप्तिः

माथि उल्लेखित परिच्छेद ४, नियम ४ को उपनियम ६, अन्तरगतको खण्ड १ र २ बमोजिम सदस्यता समाप्त भएको व्यक्ति वा संस्थाले पुनः सदस्यता प्राप्त गर्न चाहेमा नयाँ सदस्यता सरहको कार्यविधि अपनाउनु पर्नेछ। खण्ड २ बमोजिम सदस्यता समाप्त हुनेको हकमा त्यस्ता सदस्यले तोकिएको एक वार्षिक शुल्कको थप रकम संस्थालाई बुझाउनु पर्नेछ।


Section-5[edit]

विकिमीडिया नेपालको गठन र काम कर्तव्य

विधानमा व्यवस्था भए बमोजिम संस्थाको साधारण सदस्यता प्राप्त व्यक्ति वा संघ/संस्थाका प्रतिनिधिहरूबाट संस्थाको साधारण सभाको गठन भै देहाय बमोजिम कार्य सञ्चालन हुनेछ।

५.१ साधारण सभाः

५.१.१ प्रत्येक वर्षको आषाढ भित्र समितिले निर्धारित गरेको स्थान, मिति र समयमा संस्थाको वार्षिक साधारण सभा हुनेछ।

५.१.२ साधारण सभा बोलाउँदा कम्तिमा १५ दिन अगावै सभा बस्ने स्थान, मिति, समय र सभामा छलफल हुने मुख्य मुख्य विषय खोली सदस्यहरूलाई सूचना पठाउनु पर्नेछ।

५.१.३ यो विधान बमोजिम सदस्यता प्राप्त प्रत्येक व्यक्ति वा सदस्यले साधारण सभामा भाग लिन पाउनेछ।

५.१.४ साधारण सभामा गणपुरक संख्याको लागि अन्यथा ब्यबस्था भएकोमा बाहेक कूल संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमा गणपुरक संख्या पुगेको मानिनेछ।

विधानमा अन्यथा ब्यबस्था भएकोमा बाहेक सामान्य तया बहुमतको निर्णय मान्य हुने छ। साधारण सभा वार्षिक र विशेष गरी दुई प्रकारको हुने छ।

५.१.५ साधारण सभा सस्थाको सर्बोच्च अगं हुनेछ।

५.२ साधारण सभाको काम, कर्तव्य र अधिकारः

ऐन तथा यो विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक साधारणतया निम्न लिखित विषयमा साधारण सभाले छलफल र निर्णय गर्नेछः

५.२.१ समितिको प्रतिवेदन र लेखा परीक्षण गरिएको वार्षिक आय व्ययको हिसाब उपर छलफल र निर्णय गर्ने।

५.२.२ आगामी आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

५.२.३ नियमानुसार प्रस्तुत हुन आएका प्रस्तावहरू उपर बिचार विमर्श गर्ने र निर्णय गर्ने।

५.२.४ समितिले साधारण सभाद्वारा बिचार विमर्श हुनुपर्ने भनी प्रस्तुत गरेका अन्य प्रस्तावमा छलफल र निर्णय गर्ने।

५.२.५ समितिका सदस्यहरूको निर्वाचन गर्ने।

५.२.६ ऐन तथा यो विधानको अधिनमा रही संस्थाको आन्तरिक कार्य, व्यवस्थापनको लागि आवश्यक नीति निर्धारण गर्ने।

५.३ विशेष साधारण सभाः

कार्य समितिको बहुमतले निर्णय गरेमा वा साधारण सभाका १/३ सदस्यले लिखित माग गरेमा त्यस्तो निर्णय वा माग भएको मितिले १५ दिन भित्र विशेष साधारण सभा बस्ने ब्यबस्था मिलाउनु पर्ने छ। समितिले निर्धारण गरेको मिति, स्थान र समयमा विशेष साधारण सभा बोलाइनेछ।

५.३.१ विशेष साधारण सभाको सूचना कमसेकम ७ दिन अगावै सबै सदस्यहरूलाई पठाउनु पर्नेछ।

५.३.२ यस्तो विशेष साधारण सभामा सूचनामा तोकिएको विषयमा बाहेक अन्य विषयमा छलफल गर्न सकिनेछैन।

५.३.३ साधारण सभामा गणपुरक संख्याको लागि अन्यथा ब्यबस्था भएकोमा बाहेक कूल संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमा गणपुरक संख्या पुगेको मानिनेछ।

आवश्यक गणपुरक संख्या नपुगेमा ७ दिन भित्र लगत्तै बोलाइएको सभामा ३३ प्रतिशत उपस्थितिलाई गणपुरक संख्या मानिनेछ। विधानमा अन्यथा ब्यबस्था भएकोमा बाहेक सामान्य तया बहुमतको निर्णय मान्य हुने छ।

५.४ सभाको सभापतिः

समितिको अध्यक्षले साधारण सभाको सभापतित्व गर्नेछ। निजको अनुपस्थितिमा समितिको उपाध्यक्षले र निज पनि अनुपस्थित भए आफु मध्येबाट छानेको व्यक्तिले सभाको सभापतित्व गर्नेछ।

५.५ साधारण सभाको छलफल र निर्णयः

यस विधानमा अन्यथा ब्यवस्था भएकोमा बाहेक साधारण सभामा पेश भएका प्रस्ताव उपर छलफल भई जम्मा उपस्थित संख्याको बहुमतले प्रस्तावको पक्षमा मत दिएमा प्रस्ताव पारित भएको मानिनेछ र सभाको अध्यक्षले प्रस्तावमा आफ्नो मत दिन पाउने छैन तर सदस्यहरूको मत बराबर भएमा निजले निर्णायक मत दिन सक्नेछ।

५.६ साधारण सभा सम्बन्धी अभिलेखः

संस्थाको प्रत्येक साधारण सभाको, सभा सम्बन्धी काम, कारबाही, भाग लिने सदस्यहरूको नाम, पेश भएका प्रस्तावहरू, पारित प्रस्ताव एवं तत्सम्बन्धी अन्य आवश्यक कुराहरूलाई एउटा छुट्टै निर्णय पुस्तिका (माइन्यूट बुक) मा लेखी राख्नुपर्नेछ र पारित प्रस्तावमा अध्यक्ष र उपस्थित भएका सदस्य प्रतिनिधिको दस्तखत गराई राख्नु पर्नेछ।

५.७ सभाको प्रतिनिधित्वः

संस्थाको साधारण सभामा सदस्यको हैसियतले प्रतिनिधित्व गर्दा व्यक्तिको हकमा जुन व्यक्तिको नाममा सदस्यता प्रमाणपत्र जारी गरिएको छ निजले र व्यक्ति बाहेक संघ, संस्था वा अन्य निकायले सदस्यता प्राप्त गरेकोमा, त्यस्तो संघ संस्था वा निकायले मनोनित गरी पठाएको व्यक्तिले सभामा प्रतिनिधित्व गर्नेछ। यसरी मनोनयन भई आएको व्यक्तिलाई समितिले सभामा प्रतिनिधिको रुपमा सदस्यको सूचिमा राख्नेछ। प्रतिनिधि मनोनयन गर्ने संघ, संस्था वा निकायले कुनै कारण परी आफ्नो प्रतिनिधि बदल्नु परेमा सो को सूचना सभा हुनुभन्दा कमसेकम सातदिन अगावै संस्थालाई जानकारी दिनु पर्नेछ र सो को जानकारी प्राप्त भएपछि संस्थाले पनि आफ्नो सदस्यको सूचिमा सोही अनुरुप संशोधन गर्नु पर्नेछ।

५.८ संचालक समितिको गठनः

यस संस्थाको संचालक समितिमा निम्न लिखित ९ जना सदस्यहरू रहने छन्।

५.८.१ गोप्य मतदानद्वारा साधारण सभामा सम्बन्धित क्षेत्रका सदस्यहरूले आफु मध्येबाट निर्बाचित।

सञ्चालक समितिमा साधारणतया नेपालमा बोलिने भाषाका कुनैपनि विकिमिडिया परियोजनाका सकृय योगदानकर्ता मध्येबाट बहुमत सदस्यहरू समावेश गरिनेछ। त्यसका अतिरिक्त खुला स्रोत अभियानमा उल्लेख्य योगदान गर्ने र भाषा, साहित्य, सञ्चार तथा प्रविधिको क्षेत्रमा कार्यरत मध्येबाट पनि प्रतिनिधित्व गराइनेछ।

५.८.२ यसरी संचालक समितिको गठन नभएसम्मका लागि यस विधान दर्ता गर्न निवेदन दिंदा तदर्थ संचालक समितिको गठन हुनेछ। यसरी गठित समितिको पदाबधि संस्थाको प्रथम वार्षिक साधारण सभाको बैठक अन्त्य नभएसम्म मात्र कायम रहनेछ। तर यो सस्था स्वीकृत भएको ६ महिना भित्र विधान बमोजिम कार्य समितिको निर्वाचन गरी स्थानीय अधिकारीलाइ जानकारी दिइने छ।

५.९ संचालक समितिको काम कर्तव्य र अधिकारः

५.९.१ ऐन तथा विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संस्थाको सम्पूर्ण कार्यकारिणी अधिकार समितिमा निहित रहनेछ। संस्थाले संचालन गर्ने बिभिन्न क्षेत्रको कार्यकलापको नीति एवं कार्यक्रम समितिले निर्धारण गर्नेछ।

५.९.२ समितिले आफ्नो बैठक संचालन गर्न आवश्यक नियमहरू बनाउने छ।

५.९.३ समितिले संस्थाको उद्देश्य हासिल गर्न यसका बिभिन्न कार्यकलाप र गतिविधिहरू संचालन गर्न सधारण सभाको स्वीकृति अनुसार हुने गरी आवश्यकतानुसार बिभिन्न नियम र स्थाई आदेशहरू बनाउन र निकाल्न तथा त्यस्ता नियम र स्थायी आदेशहरू लागु गर्न सक्नेछ।

५.९.४ समितिले संस्थाको वार्षिक अनुमानित आय व्यय स्वीकृत गर्ने र कुनै आर्थिक वर्षमा खर्च भई बाँकी रहन आउने नगद मध्ये वा केही अन्य कार्यमा लगानी गर्न सक्नेछ।

५.९.५ समितिले यसका सदस्य वा पदाधिकारीहरूको चुनाव गर्ने सम्बन्धमा नियमहरू बनाउन सक्नेछ।

५.९.६ समितिले आवश्यकतानुसार उप समितिहरू गठन गरी आर्थिक बाहेक आफ्नो अधिकार पुरै वा केही सुम्पन सक्नेछ।

५.९.७ समितिले ऐनको नियम ९ बमोजिम आफ्नो हिसाबको विवरण लेखा परीक्षकको प्रतिवेदन सहित प्रत्येक वर्ष स्थानीय अधिकारी तथा समाज कल्याण परिषद समक्ष पेश गर्नेछ।

५.१० समितिको पदाधिकारीः

यस परिच्छेदको नियम ८ बमोजिम प्रतिनिधित्व गराई समितिको गठन भएपछि समितिमा प्रतिनिधीत्व गर्ने सदस्यले आफु मध्येबाट एक जना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्ष चुन्नेछन्। बाँकी कार्यकारी सदस्यहरूको रुपमा रहनेछन्।

५.११ समितिको बैठकः

५.११.१ अध्यक्षले तोकेको स्थान, मिति र समयमा समितिको बैठक बस्नेछ। त्यस्तो बैठक वर्षमा घटिमा चारपटक बस्नु पर्नेछ र एक बैठक र अर्को बैठकको बीचको अवधि ३ महिना भन्दा बढी हुनेछैन।

५.११.२ समितिको सदस्यहरूमध्ये घटीमा ५ जनाले लिखित रुपमा समितिको बैठक बोलाउन अध्यक्ष समक्ष अनुरोध गरेमा त्यस्तो अनुरोध प्राप्त भएको मितिले १५ दिनभित्र अध्यक्षले समितिको बैठक बोलाउनु पर्नेछ।

५.११.३ समितिले बैठक बोलाउँदा सो बैठक हुने समय भन्दा ४८ घ48टा अगावै स्थान, मिति, समय र बैठकमा छलफल हुने विषय समेत खोली महासचिवले समितिका सदस्यहरूलाई सूचना गर्नुपर्नेछ। अध्यक्षको पूर्व स्वीकृति बेगर सूचनामा नपरेका अन्य विषयमा छलफल गर्न सकिने छैन।

५.१२ संचालक समितिको गणपूरक संख्याः

संचालक समितिको कूल सदस्य संख्याको बहुमत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।

५.१३ समितिको निर्णयः

समितिको बैठकमा पेश भई छलफल गरिएका प्रस्तावहरूमध्ये उपस्थित सदस्यहरूको बहुमतले प्रस्तावको पक्षमा मत दिएमा प्रस्ताव पारित भएको मनिनेछ र अध्यक्षले प्रस्तावमा मत दिन पाउने छैन। निजले सदस्यहरूको मत बराबर भएमा निर्णायक मत दिन सक्नेछ।

५.१४ समितिको बैठक बस्न नसकेमाः

समितिबाट कुनै विषयमा तत्कालै निर्णय हुनुपर्ने भई बोलाइएको बैठक कुनै कारण परी बस्न नसकेमा त्यस्तो विषयमा अध्यक्षले निर्णय दिनेछ। सो बारे त्यसपछि लगत्तै बस्ने बैठकमा पेश गरी स्वीकृत गराउनु पर्नेछ।

५.१५ पदको समाप्तिः

निम्न लिखित अवस्थामा संचालक समितिको सदस्यता समाप्त हुनेछः

५.१५.१ संस्थाको सदस्यता समाप्त भएमा।

५.१५.२ समितिको सदस्यताबाट राजीनामा दिएमा।

५.१५.३ सदस्यको मृत्यु भएमा वा संघ, संस्था सदस्य भएकोमा त्यस्तो संघ, संस्था नै अस्तित्वमा नरहेमा। वा प्रतिनिधित्व गरेको संस्थाले नै प्रतिनिधित्व समाप्त गरेमा।

५.१५.४ समितिको बैठक बस्ने सूचना पाएर पनि लागातार तीन पटक वा सो भन्दा बढी पटकसम्म बिना कारण समितिको बैठकमा अनुपस्थित भएका कारणले समितिले त्यस्तो सदस्यलाई हटाउने निर्णय गरेमा। तर यस्तो परिस्थितिमा सम्बन्धित सदस्यहरूलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ।

५.१५.५ कुनै सदस्य उपर साधारण सभामा अविश्वासको प्रस्ताव पेश भई उपस्थित सदस्य संख्याको दुई तिहाई बहुमतद्वारा त्यस्तो प्रस्ताव पारित भएमा।

५.१६ खाली स्थान पूर्तिः

माथि उल्लेखित परिच्छेद ५ को नियम ५ को १५ बमोजिम समितिको सदस्यता समाप्त भएमा समितिले पदाधिकारी भए आफु मध्येबाट र सदस्य मात्र भए साविकवालाले प्रतिनिधित्व गरी आएको क्षेत्रबाट सविकवालाको बाँकी अवधिको लागि एक जना सदस्य मनोनित गरी पदपूर्ति गर्नेछ।

५.१७ समितिको कार्य अवधिः

कार्यसमितिको कार्य अवधि ४ वर्षको हुनेछ र पदावधि समाप्त भएको व्यक्तिले पुनः समितिको सदस्य पदमा हुने निर्वाचन मा भाग लिन र उम्मेदवार हुन पाउनेछ। तर एकै व्यक्ति २ पटक भन्दा बढी लगातार अध्यक्ष पदमा निर्बाचित हुन पाउनेछैन।

५.१८ उपसमिति

संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक परेमा सञ्चालक समितिको निर्णयले विभिन्न उपसमिति तथा कार्यदल आदि गठन गर्न सक्नेछ। त्यस्ता उपसमिति र कार्यदलको काम कर्तव्य र अधिकार तथा कार्यकाल विनियम बमोजिम गठन हुँदाका बखत तोके बमोजिमको हुनेछ।


Section-6[edit]

पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार ६.१ अध्यक्षको काम, कर्तव्य र अधिकारः

ऐन विधान तथा नियमको अधिनमा रही संचालक समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

६.१.१ सभा तथा समितिले गर्नुपर्ने र ठहराएको काम कारबाही कार्यान्वयन गर्ने, गराउने।

६.१.२ सभा तथा समितिको बैठकमा अध्यक्षता गर्ने र उक्त सभा र समितिमा मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिने।

६.१.३ संस्थाको हितको लागि आवश्यक नेतृत्व प्रदान गर्ने र यसको लागि सदैव सक्रिय रहने।

६.१.४ संस्थाको उद्देश्य प्राप्तिका लागि अन्य कामहरू गर्ने।

६.१.५ संस्थाको कार्यक्रम तथा दैनिक कामकाजमा आईपर्ने कुनै आकस्मिक कार्यमा निर्देशन दिने।

६.२ उपाध्यक्षको काम, कर्तव्य र अधिकारः

ऐन विधान तथा नियमको अधिनमा रही संचालक समितिको उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

६.२.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्यहरू गर्ने।

६.२.२ यो विधानमा उल्लेखित उद्देश्य प्राप्तिका लागि अन्य आवश्यक काम गर्ने।

६.२.३ समितिमा भएका काम कारबाहीहरू सम्बन्धी निर्णयहरू कार्यान्वयन गराउन व्यवस्था मिलाउने।

६.३ महासचिवको काम कर्तव्य र अधिकारः

ऐन विधान तथा नियमको अधिनमा रही महासचिवको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछः

६.३.१ संस्थाको कार्यालय सुचारु रुपले संचालन गर्ने, रेखदेख गर्ने।

६.३.२ सभा र समितिको बैठक बोलाउने व्यवस्था गर्ने।

६.३.३ सभा र समितिले पारित गरेका कुराहरूका माइन्यूटहरू राख्ने र माइन्यूट बुक सुरक्षितसाथ राख्न लगाउने।

६.३.४ समितिले पारित गरेका माइन्यूट समितिका सबै सदस्यहरूलाई परिपत्र गर्ने गराउने।

६.४ कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

६.४.१ संस्थाको आर्थिक कारोबारको रेखदेख र बन्दोबस्त गर्ने।

६.४.२ समितिमा संस्थाको वार्षिक आयव्यय र त्यसको बाँडफाँड सम्बन्धी विवरण पेश गरी स्वीकृति गराउने।

६.४.३ संस्थाको रकम, दस्तुर आदि अशुलउपर गर्न लगाउने र संस्थाको तर्फबाट गर्नुपर्ने खर्चको व्यवस्था गराउने।

६.४.४ समितिले तोकिदिएको अन्य काम कारबाहीहरू गर्ने गराउने।

६.५ संस्थागत कर्मचारीः

समितिले संस्थाको कार्य संचालनको लागि कार्यकारिणी सचिब लगाएत अन्य आवश्यक कर्मचारीको दरबन्दी श्रृजना गरी नियुक्त गर्न सक्नेछ। यसरी नियुक्त हुने कर्मचारीहरूको सेवाको शर्त र सुविधा सम्बन्धमा समितिको साधारण सभाले बनाएको नियममा व्यवस्था गरिए बमोजिम हुनेछ।

संस्थाको कुनैपनि कार्यक्रमको लागि कर्मचारी नियुक्त गर्दा योग्यता पुगेका संस्थाका सदस्यहरूलाई प्राथमिकता दिइनेछ।

Section-7[edit]

आर्थिक व्यवस्था ७.१ आर्थिक श्रोतः

यस संस्थाको आर्थिक श्रोत निम्न अनुसार हुनेछः

७.१.१ बिभिन्न निजी क्षेत्रका संस्थाहरूलाई यस संस्थाले सम्झौता सेवाहरू प्रदान गरे बापत प्राप्त हुने रकमहरू।

७.१.२ अन्तर्राष्ट्रिय दक्ष संस्थाहरूबाट बिभिन्न प्राविधिक सहायता अन्तरगत प्राप्त हुने उचित रकमहरू

७.१.३ संस्थाले सदस्यहरूबाट उठाएको शुल्क, दस्तुर, चन्दा, उपहार वा अन्य कुनै माध्यमबाट प्राप्त हुन आएको रकम वा आर्थिक सहयोगबाट प्राप्त रकम।

७.१.४ यस परिच्छेदको नियम २ को उपनियम ३ अनुसार संस्थाले स्थापना गरेको अक्षय कोषबाट आउने ब्याज।

७.२ कोषः

७.२.१ संस्थाको एउटा छुट्टै कोष हुनेछ।

७.२.२ संस्थाको आवश्यक खर्चको व्यवस्था सोही कोषबाट गरिनेछ।

७.२.३ आर्थिक श्रोतको लागि यस संस्थाले एउटा अक्षय कोषको व्यवस्था गर्नेछ। यस्तो कोषलाई व्याज आम्दानी हुने तोकिएको बैंकमा राख्नेछ।

७.२.४ संस्थाको कोषको रकम तोकिएको बैंकमा राखिनेछ र ४ जना पदाधिकारीहरू मध्ये कुनै दुई पदाधिकारीबाट संस्थाको मूल खाता संचालन गरिनेछ। जसमा कोषध्यक्षको दस्तखत अनिवार्य हुने छ।

७.२.५ समितिको कोषाध्यक्षको सामान्य नियन्त्रणमा रही समितिले निर्धारित गरेको तरिका अनुसार कोषको संचालन हुनेछ।

७.२.६ संस्थाको कोष सही रुपमा संचालन गरिएको छ, छैन भन्ने सम्बन्धमा समय समयमा समितिले छानविन गर्न सक्नेछ र सो बारे आवश्यकतानुसार निर्देशन दिन सक्नेछ।

७.३ लेखा परीक्षणः

प्रत्येक आर्थिक वर्षको अन्तमा संस्थाको वार्षिक लेखा परीक्षण साधारण सभाबाट तोकिएको लेखा परीक्षकाबाट हुनेछ।

७.४ संस्थाको हिसाब विवरण तथा लेखा परीक्षण प्रतिवेदन प्रत्येक आर्थिक वर्ष, स्थानीय अधिकारी तथा समाज कल्याण परिषद समक्ष पेश गरिनेछ।

Section-8[edit]

विविध ८.१ निर्वाचन सम्बन्धी व्यवस्थाः

८.१.१ साधारण सभामा गोप्य मतदानद्वारा सम्बन्धित क्षेत्रका सदस्यहरूले आफु मध्येबाट परिच्छेद ५ को नियम ८ बमोजिम संचालक समितिका सदस्यहरूको निर्वाचन गर्नेछ। कार्य समितिको प्रत्येक निर्वाचन प्रयोजनका लागि एक निर्वाचन समितिको गठन गरिनेछ उक्त समितिले आफ्नो काम आफै व्यबस्थित गरी सम्पन्न भए पछि स्वतः बिघटन हुनेछ।

८.१.२ यो संस्था स्वीकृत भएको ६ महिना भित्रमा नयाँ कार्य समितिको निर्वाचन गराइ सो को जानाकारी स्थानीय अधिकारीलाई दिइनेछ।

८.२ अविश्वासको प्रस्तावः

कुनै सदस्य उपर साधार सभाको १/४ सदस्यको प्रस्ताबमा साधारण सभामा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछ। यस्तो परिस्थितिमा उपस्थित सदस्य संख्याको दुई तिहाई बहुमतद्वारा त्यस्तो प्रस्ताव पारित गरेमा निजको सदस्यता समाप्त हुनेछ। निर्वाचन भएको छ महिना नपुगी वा प्रस्ताब बिफल भएको छ महिना नपुगी पुनः त्यसै ब्यक्ति वा संस्था उपर त्यस्तो प्रस्ताब ल्याइने छैन।

८.३ विधान संशोधनः

यो विधान संशोधन गर्नु परेमा समितिले संशोधनको प्रस्ताव सहित साधारण सभामा पेश गर्नेछ र साधारण सभाबाट दुई तिहाई बहुमत प्राप्त गरी विकिमीडिया नेपालको सहमतिमा स्थानीय अधिकारीबाट स्वीकृति लिई संशोधन विधान लागु गरिनेछ।

८.४ नियम बनाउनेः

यो विधानको उद्देश्य कार्यान्वयन गर्न साधारण सभाले आवश्यक नियमहरू बनाई लागु गर्न सक्नेछ।

८.५ संस्था बिघटनः

कुनै कारण परी संस्था बिघटन गर्नु परेमा वा सस्था संचालन हुन नसकेमा साधारण सभाले संस्था बिघटनको निर्णय गर्न सक्नेछ। संस्था बिघटन गरिएमा वा भएमा यसको दायित्वहरू पुरा गरी बाँकी हुन आउने रकम, सम्पत्ती, जायजेथा, नेपाल सरकारको हनेछ।

८.६ सल्लाहकार समितिः

८.६.१ स्थानीय विद्यूतीय सामग्री विकास सम्बन्धी अभिरुची राखी यस्तो कार्यमा योगदान गरेका लब्ध प्रतिष्ठित राष्ट्रिय वा अन्तरराष्ट्रिय नेपाली व्यक्तिहरूलाई समितिको सिफारिसमा निजहरूको सहमति लिई एक सल्लाहकार समिति गठन गर्न सकिनेछ।

८.६.२ त्यस्तो समितिको काम कर्तव्य संचालक समितिलाई आवश्यकतानुसार संस्थाको हित हुने विषयमा सरसल्लाह प्रदान गर्नु हुनेछ।

८.७ निष्कृयताः

८.७.१ यो विधानमा लेखिए जति कुरामा यो विधान बमोजिम तथा नलेखिएकोमा प्रचलित कानूनसँग बाझिएको हदसम्म स्वतः निस्कृय हुनेछ।

८.७.२ यो विधानको कुनै पनि नियम उपनियममा लेखिएका कुनै कुराहरू प्रचलित नेपाल कानुनसँग बाझ्न गएमा बाझिएको गएको हदसम्म स्वतः खारेज हुनेछ।

८.७.३ यस विधानमा लेखिएका कार्यहरू यस संस्थाले प्रचलित नेपाल कानुनको मनसाय विपरीत नहुने गरी नेपाल सरकारको नीति निर्देशनको परिधिभित्र रहेर गर्नेछ।

८.८ गोप्यता भंग गर्न नहुनेः

यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यहरूले संस्थाको अहित हुने कार्य गर्न हुँदैन र संस्थाको गोप्यता भङ्ग गर्न हुँदैन। कार्य समितिका पदाधिकारी वा सदस्य तथा साधारण सभाका सदस्यहरूले बैठक वा सभामा असभ्य र अश्लील शब्दको प्रयोग गर्नु हुँदैन।

८.९ निर्देशनको पालनाः

स्थानीय अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तब्य हुनेछ।

८.१० तयारी कार्यकारी समिति

१. अध्यक्ष

२. उपाध्यक्ष

३. महासचिव

४. कोषाध्यक्ष

५. सदस्य

६. सदस्य

७. सदस्य

८. सदस्य

९. सदस्य (१) यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले एक वर्ष भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितको निर्वाचन गराउने छ र सोको जानकारी स्थानीय अधिकारीलाई दिईने छ।

(२) प्रथम पटक निर्वाचन सम्पन्न नभए सम्मको अवस्थामा तदर्थ समितिले गरेका काम कारवाहीहरू यसै विधान सरह भएको मानिने छ।


हामी निम्न संस्थापक सदस्यहरू यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछौं।[edit]

(१) तदर्थ समितिका पदाधिकारीहरू :


संस्थापकको नाम, थर र ठेगाना साक्षीको नाम,थर, र सहिछाप १. नाम थर : -

ठेगानाः नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... २. नाम थर : - नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ३. नाम थर : -

ठेगानाः

नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ४. नाम थर : - नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ५. नाम थर : - नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ६. नाम थर : - नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ७. नाम थर : - नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ८. नाम थर : -

ठेगानाः

नाम थरः-

ठेगानाः

वार्ड नं.... सहिछाप .... ९. नाम थर : - नाम थरः-

ठेगानाः


Annex-1[edit]

संस्थाको सदस्यताको लागि दिइने दरखास्ता फाराम


श्री महासचिवज्यू,

विकिमीडिया नेपाल

.............................।


म/हामी त्यस संस्थाको सदस्यता प्राप्त गर्न योग्य एवं इच्छुक भएकोले सदस्यताको प्राप्तिका लागि यो दरखास्त पेश गरेको छु/गरेका छौं। साथै संस्थाको विधान अनुसार लाग्ने दस्तुर, शुल्कहरू तोकिए बमोजिम बुझाउने छु/छौं र संस्थाको तत्कालिन लागू भएका वा पछि समयमा लागू हुने विधान, नियम वा स्थायी आदेशहरूलाई पालना गर्नेछु/छौं।


दरखास्तवालाको

नामः

बतनः

आवेदन गरेको सदस्यताको प्रकारः

विकिमीडिया परियोजनाको प्रयोगकर्ता नामः

दस्तखतः


(नोट: सहयोगी सदस्यताका लागि प्रयोगकर्ता नाम उल्लेख गर्न आवश्यक हुने छैन।)


Annex-2[edit]

सदस्यताको प्रमाणपत्र

विकिमीडिया नेपाल


प्रमाणपत्र संख्याः

मितिः



विकिमीडिया नेपालको विधान तथा नियम अनुसार तपाई श्री.......................................................................... लाई यस संस्थाको ......................................... सदस्यता दिने निर्णय गरिएकोले यो प्रमाण पत्र प्रदान गरिएको छ।



..................................... ..............................

प्रमाण पत्र प्राप्त गर्ने सदस्य संस्थाको छाप महासचिव



Annex-3[edit]

संस्थाको छाप

यस संस्थाको छाप तल उल्लेख भए बमोजिम हुनेछ ।

तलतिर गोलाकारमा फिका नीलो रङको चन्द्राकार U तथा त्यसभित्र फिका हरियो रङको पुस्तक पढिरहेको मानव आकृतिको गाढा रातो रङको टाउकोको गोलाकार रहेको (पुस्तक पढिरहेको मानव आकृतिको चित्र) भएको र त्यसको तलतिर नेपाली भाषामा “विकिमीडिया नेपाल” लेखिएको चिन्ह विकिमीडिया नेपालको लोगो रहनेछ। अंग्रेजीमा यसै लोगोको तलतिर अंग्रेजी अक्षरमा“Wikimedia Nepal” रहनेछ।

Wikimedia Nepal