Jump to content

Wikimedians of Nepal/Wiki Loves Monuments Nepal

From Meta, a Wikimedia project coordination wiki

Wiki Loves Monument Nepal Photo contest[edit]

Wiki Loves Monuments (विकीले धरोहरहरू मन पराउँछ) एक फोटो प्रतियोगिता हो जुन सेप्टेम्बर महिनाभर चल्छ। विकिलभ्स मोन्युमेन्ट फोटो प्रतियोगितामा नेपालका विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ। नेपालको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गरिनेछ।

थप जानकारी[edit]

प्राय सोधिने प्रश्नहरू:[edit]

  • कसरी भाग लिन सकिन्छ?
नेपालका ऐतिहासिक, सांस्कृतिक वा पुरातात्विक धरोहरको सूची हेर्नुहोस्। त्यो सूची मध्ये तपाईँको पायक पर्ने धरोहरको तस्वीर खिच्नुहोस्। अनि पुनः त्यही लिष्टमा त्यस धरोहरको नामको दायाँतिर भएको अपलोड गर्ने भन्ने लिङ्क क्लीक गरेपछि तपाईँ अपलोड गर्ने टेम्प्लेट भएको पृष्ठमा पुग्नु हुनेछ। त्यहाँ भनेजसरी विवरण राखेर फोटो अपलोड गर्न सकिन्छ।
  • तस्वीर कस्तो हुनुपर्छ? श्यामाश्वेत कि रङगिन । के कति साइजको? आदि।
तपाईँले अपलोड गर्न लागेको तस्वीर प्रष्ट बुझिने हुनुपर्छ। तस्वीर श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) वा रङ्गीन जस्तो भएपनि हुन्छ। तर तपाइँको आफ्नै कृति हुनुपर्छ। सानो देखि ठूलो साइजको तस्वीर पनि अपलोड गर्न सकिन्छ।
  • के प्रोफेसन फोटोग्राफरले मात्र भाग लिने हो?
यस प्रतियोगितामा सिकारू देखि प्रोफेसनल फोटोग्राफर सबैले भाग लिन सक्छन्।
  • के ठूलो क्यामेराले खिच्नु पर्छ?
होइन। तपाईँले साधारण क्यामेरा वा ठूलो क्यामेरा जेसुकैले खिचेको तस्वीर पनि पठाउन सक्नुहुन्छ। मोवाइल फोनको क्यामेराले खिचेको तस्वीर पनि समावेश गरिनेछ।
  • सानो क्यामेरा र मोवाइल फोन क्यामेराले खिचेको फोटोले भाग लिन पाउदैनन्?
पाउँछन्। मोवाइल फोन क्यामेराले खिचेको तस्वीरका लागि अलग्गै पुरस्कारको पनि व्यवस्था छ।
  • प्रतियोगितामा खास के कुरा हेरिन्छ?
तस्वीरको रिज्योलुसन, तपाईंले खिच्नुभएको कोण र कलाकारिता यस प्रतियोगिताका मुख्य मापक हुन्। जसलाई अंग्रेजीमा Composition भन्न सकिन्छ।
  • समयावधि कति हुने ?
२०१४ सेप्टेम्बर महिनाभरी अपलोड गरिएका सबै तस्वीर यस प्रतियोगितामा सहभागि गराइनेछ।
  • कहिलेसम्म खिचेको तस्वीरलाई मान्यता दिइने ?
अहिले नै खिचेको तस्वीर मात्र हुनुपर्छ भन्ने छैन। तपाईँले जहिलेसुकै खिचेका तस्वीर पनि यस प्रतियोगितामा पठाएमा सहभागी हुनेछन्। पुराना तस्वीरहरू अझै महत्वपूर्ण हुनेछन्।
  • उमेरको हदवन्दी हुन्छ कि हुदैन ?
यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी छैन। विश्वका जुनसुकै देशका र जुनसुकै उमेर समुहका मानिसले पनि यसमा भाग लिन सक्छन्।
  • अन्य केही सूचना?
यो प्रतियोगितामा भाग लिन विकिमीडिया कमन्समा तपाइँको नाममा प्रयोगकर्ता खाता (Accounts) खोलेको हुनुपर्छ। अपलोड गर्दा त्यही Username बाट लग इन गरेको हुनुपर्छ।