विश्वव्यापी आचार संहिता/२०२१ परामर्श/प्रवर्तन

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Universal Code of Conduct/2021 consultations/Enforcement and the translation is 100% complete.
Other languages:
Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Deutsch • ‎English • ‎Yorùbá • ‎français • ‎italiano • ‎polski • ‎português • ‎العربية • ‎नेपाली • ‎मैथिली • ‎हिन्दी • ‎বাংলা • ‎한국어
विश्वव्यापी आचार संहिता

यो पृष्ठले सन् २०२१ को जनवरी महिनाको अन्त्यदेखि मार्च महिनाको पहिलो सातासम्म विश्वव्यापी आचार संहिता (युसिओसी) परियोजनाको दोस्रो चरणको लागि स्थानीय भाषाहरूमा गरिएको परामर्शलाई सारांशित गर्दछ। उनीहरूले लक्षित समुदायहरूको सबै माध्यम र मञ्चहरूमा छलफल गरे की कसरी युसिओसी नीतिलाई लागू गर्न सकिन्छ। व्यक्तिगत भाषा समुदायमा गरिएको परामर्शको निष्कर्ष यहाँ पढ्न सकिन्छ:

  1. अरबी
  2. अफ्रिकान्स
  3. बंगाली + आसामी + विष्णुप्रिया
  4. Wikimedia Commons
  5. कोरियाली
  6. इग्बो + हाउसा + Twi
  7. इन्डोनेसियाली
  8. इटालेली
  9. मैथिली + नेवारी + Bhojpuri + Doteli
  10. मलाय
  11. नेपाली
  12. पोलिस
  13. सान्ताली
  14. Wikidata
  15. योरूवा

परिचय

सन् २०२० अक्टोबरमा, समुदायसँग खुला प्रतिक्रिया-साझाकरण प्रक्रिया समापन भएपछि, मस्यौदा समितिले सार्वभौमिक आचार संहिता (युसिओसी) नीति मस्यौदालाई पूर्ण गरेका थिए। समीक्षाको लागि मस्यौदालाई फेरी विकिमिडिया फाउन्डेसन न्यासी समितिलाई पठाइएको थियो। युसिओसी परियोजना दलले त्यस लगत्तै दोस्रो चरणको लागि अभ्यास सुरु गरिएको थियो, जसमा वैश्विक नीतिको लागि सम्भावित प्रवर्तन मार्गहरूलाई खोज्नको लागि समुदायहरूसँग अतिरिक्त सहयोग सामेल छ। सम्पूर्ण विकिमिडिया अभियान पर लागू हुन सक्ने दिशानिर्देशहरूको एउटा सार्वभौमिक दस्तावेज तैयार गर्नु स्वयंमा एउटा जटिल कार्य थियो। प्रारूप चरणमा यो स्पष्ट थियो कि सम्भावित प्रवर्तन मार्गहरूको खोजी कार्य झनै कठिन हुनेछ।

यो विशेष रूपले एउटा प्रणालीको लागि सत्य हो जसलाई विद्यमान स्थानीय शासन प्रणाली मोडलको विविध सेटसँग राम्रो तरिकाले कार्य गर्छ। यस चुनौती प्रति जागरूक, विश्वास तथा सुरक्षा नीति टोलीले विभिन्न समुदायहरूमा रहेका प्रवर्तन मार्गहरूलाई उत्कृष्ट तरिकाले बुझ्नको लागि सोध गरेका थिए। विकिमिडिया पारिस्थितिकी तन्त्रको जटिल प्रकृति र समुदायहरूको विविध कामकाज गर्ने शैलीलाई हेर्दै, ती सबै तत्वहरूलाई एकत्रित गर्नु र मापन गर्नु अपठ्यारो थियो जसलाई एउटा शासन प्रणालीको प्रभावशीलतालाई प्रभावी रूपले निर्धारित गर्ने गर्दछ।

परियोजना टोलीले विभिन्न समुदायहरूमा विभिन्न अभ्यास प्रवर्तन मोडलहरू बुझ्ने अभिप्रायले मापन गर्न, बुझ्न र फरक छुट्याउन उपलब्ध भएसम्म जानकारी सङ्कलन गरेको थियो। यसमा समुदायका प्रशासित निकाय र कार्यवाहकहरू छन् जस्तै मध्यस्थता समिति, प्रयोगकर्ता जाँचकर्ता, वा प्रशासकहरू रहेका छन् जसले व्यवहार उल्लङ्घनका मामिलाहरू हेर्ने गर्छन्। टोलीले विभिन्न समुदायहरूको प्रशासनिक सूचना पाटीमा सामान्य गतिविधि स्तर, उजुरी प्रक्रियाको अस्तित्व, र समुदायले एक निश्चित अवधिमा भए गरेका निषेधहरूको औसत सङ्ख्या जस्ता कारकहरूको विश्लेषण गरेको थियो। यी सबै जानकारीलाई ध्यानमा राख्दै, टोलीले प्रभावकारी प्रवर्तन प्रणालीसहितका समुदायहरू, मध्यम कार्यात्मक प्रवर्तन प्रणाली भएका समुदायहरू र थोरै वा कुनै प्रवर्तन प्रणाली नभएका समुदायहरू गरि समुदायहरूलाई तीन समूहमा वर्गीकृत गरेको थियो।

टोलीले यी परियोजनाहरूमा सम्भावित सहजकर्ताहरूको अनुभव स्तर, उनीहरूको भाषा सीप, र अभियानमा अन्य समुदायहरूको बारेमा उनीहरूको ज्ञानलाई ध्यानमा राख्दै यी प्रत्येक श्रेणीबाट तीन सहजकर्ताहरूलाई करारमा भर्ना गरेका थिए।

सन् २०२१ जनवरीमा, युसिओसी परियोजना टोलीले ९ वटा बहुभाषिक सहजकर्ताहरूको सहयोगमा स्थानीय भाषा परामर्श शुरु गरेको थियो जसले विकिमिडिया कमन्स र विकिडेटा समेत गरि २१ भाषा समुदायमा युसिओसी सम्बन्धी परामर्श गर्न सक्षम भएका थिए।

संलग्नता दर

Engagement from different communities.png

सबै लक्षित भाषाहरूमा एकैसाथ परामर्श सुरु भएको थियो। लक्षित भाषा समुदायका चौतारी अथवा सामाजिक पोर्टलमा संवादसँगै युसिओसी परामर्श सुरु भएको थियो। त्यस पछि सामुदायिक अभ्यास अनुसार अन्य थुप्रै माध्यमहरूबाट समुदायका सदस्यहरूसँग छलफलको लागि प्रयास गरिएको थियो।

समग्रमा ६ साता लामो परामर्श प्रक्रियालाई तीन प्रमुख चरणहरूमा विभाजन गरिएको थियो। पहिलो चरणमा सामुदायिक प्रवेशद्वार, चौतारी र व्यापक रूपमा प्रयोग हुने सामाजिक सञ्जालका माध्यमहरूमा सहभागिताको लागि छलफलमा सहभागी हुन आह्वान सामेल छ। यो समुदायलाई परामर्शको सुरूवातको बारेमा जानकारी दिन र युसिओसी कार्यान्वयनको विषयमा खुला छलफलको लागि आमन्त्रित गर्नका लागि गरिएको थियो। दोस्रो चरणमा सर्वेक्षण सुरु गर्ने काम समावेश छ। विकिपिडियामा गरिएको छलफल भन्दा समुदायका सदस्यहरूले सर्वेक्षणलाई बढी सुरक्षित स्थानको रूपमा आफ्नो राय व्यक्त गर्न रुचाएका थिए। सर्वेक्षणको माध्यमबाट, विचारहरू बेनामी वा नाम खुलाएर साझा गर्ने भएकोले धेरै सङ्ख्यामा प्रयोगकर्ताहरूले आफ्नो विचार व्यक्त गरेका थिए। तसर्थ, विचार साझेदारीको यो अवसर परामर्शको दोस्रो चरणमा समेत खुला राखिएको थियो। सर्वेक्षणलाई सार्वजनिक गरिसकेपछि विभिन्न विकिपिडियामा साइट सूचनाको रूपमा राखिएकोले फराकिलो प्रयोगकर्ता पहुँचलाई सहयोग पुगाएको थियो। परामर्शको तेस्रो चरणमा थप व्यक्तिगत विचारहरू प्राप्त गर्नमा केन्द्रित थियो। समुदायको सक्रिय तथा चासो राख्ने सदस्यहरूसँग भर्चुअल सामूहिक बैठक र व्यक्तिगत कुराकानी गरिएको थियो। यस चरणमा उनीहरूलाई आफ्नो सम्बन्धित समुदायको लागि युसिओसीको लागि सम्भावित प्रवर्तन मार्गहरुमा सामूहिक विचार-मन्थनको लागि एउटा मञ्च प्रदान गरेको थियो।

संलग्नताका माध्यमहरू

पहिलो चरणको प्रारम्भिक परामर्श जस्तै, समुदाय र सहभागीको आवश्यकता, प्राथमिकता र अवस्थित अभ्यासहरूद्वारा निर्धारण गरिएको थियो। सहजकर्ता टोलीले सकेसम्म धेरै माध्यम र विधिहरू समाहित गर्न कोसिस गरेको थियो, जसले गर्दा समुदायका सदस्यहरूको लागि उनीहरूको सहजताको स्तर अनुसार छलफलमा भाग लिनको लागि व्यापक प्रयास गरेका थिए।

परामर्शको समयमा सञ्चारका विभिन्न माध्यमहरूको उपयोग गरिएको थियो

सहजकर्ता टोलीले समुदायका ३५५३ प्रयोगकर्ताहरूको प्रतिक्रिया प्राप्त गर्न सफल भएको थियो। यो एउटै प्रयोगकर्ताहरूद्वारा विभिन्न माध्यम प्रयोग गरि प्राप्त प्रतिक्रियाहरूको सङ्ख्या नभएर कुल प्राप्त प्रतिक्रियाको सङ्ख्या हो। विभिन्न माध्यमहरू प्रयोग गरि प्राप्त भएका समान प्रयोगकर्ताहरूको प्रतिक्रियाहरूलाई समेत यो सङ्ख्याबाट हटाइएको छ। उदाहरणको लागि, यदि एउटा प्रयोगकर्ताले (सामाजिक प्रवेशद्वार, चौतारी, सामाजिक सञ्जाल वार्ता, सामूहिक वार्ता, व्यक्तिगत बैठक आदि) छलफलमा भाग लिएको थियो भने ती सबैलाई एक भनेर गणना गरिएको छ। यद्यपि, यो पूर्ण रूपले सर्वेक्षणको माध्यमबाट प्राप्त प्रतिक्रियाहरूको लागि गर्न सकिदैन थियो किनभने सर्वेक्षणको माध्यमले प्राप्त धेरै जसो प्रयोगकर्ताहरूलाई बेनामी रूपले प्रस्तुत गरिएको थियो। सर्वेक्षणमा सहभागी भएका प्रयोगकर्ताहरूले अन्य माध्यमहरूमा समेत प्रतिक्रिया दिएको हुनसक्ने सम्भावना अवश्य छ। सर्वेक्षणको माध्यमद्वारा प्रतिक्रिया दिने प्रतिभागीहरूको जम्मा सङ्ख्या २९९५ रहेको थियो भने अन्य माध्यमहरूद्वारा प्राप्त प्रतिक्रियाहरूको सङ्ख्या ५५८ रहेको थियो।

परामर्श अन्तर्दृष्टि

स्थानीय भाषा परामर्शले युसिओसीको लागि सम्भावित कार्यान्वयन मार्ग, प्रवर्तन निकायको संरचना, र उत्पीडनको लक्ष्यका लागि सहकर्मी समर्थन प्रणालीहरू सम्बन्धी विविध विचार ल्याएको थियो।

व्यक्तिगत भाषा परामर्शको निष्कर्ष मुनी पढ्न सकिनेछ:

  1. अरबी
  2. अफ्रिकान्स
  3. बंगाली + आसामी + विष्णुप्रिया
  4. Wikimedia Commons
  5. कोरियाली
  6. इग्बो + हाउसा + Twi
  7. इन्डोनेसियाली
  8. इटालेली
  9. मैथिली + नेवारी + Bhojpuri + Doteli
  10. मलाय
  11. नेपाली
  12. पोलिस
  13. सान्ताली
  14. Wikidata
  15. योरूवा

प्रतिक्रिया

Breakdown of demographics by gender identities.png
Breakdown of demographics by rights.png

अपेक्षित रूपमा, टोलीले युसिओसीको लागि कार्यान्वयन प्रविधि संयन्त्रको बारेमा विभिन्न विचारहरूको सङ्ग्रह प्राप्त गरेको थियो। खुला वार्ताको रूपमा सुरु गरिएको दोस्रो चरणको परामर्श मुख्य रूपमा युसिओसी कार्यान्वयनमा केन्द्रित रहेको थियो। यसको अर्थ समुदायका सदस्यहरू र सहजकर्ताहरूको बीचमा विभिन्न संवादको आदान-प्रदान भएको थियो। किनभने यो सम्भावित प्रवर्तन संयन्त्र र प्रवर्तन निकायमा साझा विचारहरूको संवाद भएकोले यसको मात्रा पुष्टि गर्न गाह्रो छ। समुदायले युसिओसीलाई प्रभावकारी बनाउनको लागि सम्भाव्य कार्यान्वयन प्रणालीको गठन गर्न अपरिहार्य रहेको मत राखेका थिए। जहाँसम्म, प्रवर्तन प्रणाली कस्तो देखिनु पर्छ भन्ने बारे सामुदायिक विचारहरू अत्यन्त फरक थिए। परामर्शद्वारा कुनै स्पष्ट सर्वसम्मत विकल्प आएन भने कुनै एकीकृत विपक्ष समेत रहेको थिएन्। समुदायहरूले अभियानको लागि एउटा मानक संरचना कार्यान्वयन अव्यावहारिक हुने महसुस गरेका थिए। यदि यसलाई कार्यान्वयन गरियो भने, प्रणालीले परिवर्तन र संशोधनको धेरै चरणहरूको सामना गर्नुपर्नेछ, जबसम्म यसलाई समुदायले सन्तोषजनक रूपमा कार्यान्वयन गर्न मिल्दैन।

प्रवर्तन प्रणालीसँग सम्बन्धित विचारहरू मुनि सूचीबद्ध गरिएका छन्:

१. समुदायहरूमा स्थानीय निकायको निर्माण

आचारसंहिता उल्लङ्घनका घटनाहरूमा विशेष रूपमा हेर्ने र सम्बोधन गर्न स्थानीय निकायको गठन भनेको लगभग सबै भाषा समुदायहरूमा भएका धेरै समुदायका सदस्यहरूबाट सबैभन्दा लोकप्रिय विकल्पहरू मध्ये एक थियो। केही समुदायहरू स्थानीय निकायलाई मध्यस्थता समिति जस्तो बनाउन चाहन्थे भने कोही कोही व्यवहारिक समस्यालाई हेर्ने पूर्ण जिम्मेवारीको साथ समुदायमा प्रशासकहरूको समूह नियुक्त गर्न चाहन्थे। केही समुदायहरूले युसिओसीको लागि पूर्ण रूपमा नयाँ निकाय सिर्जना गर्ने विचारलाई समर्थन पनि गरे ताकि अवस्थित कार्यकारीहरूको जिम्मेवारीमा थप भार नपरोस्। तर यो परामर्शले सांस्कृतिक सन्दर्भ र भाषाको ज्ञान दुरुपयोग वा उत्पीडनको मामिला सम्हाल्न जिम्मेवार जो कोहीलाई आवश्यक छ भन्ने निचोड निकालेको थियो।

यो विकल्पको लागि, धेरै समुदायका सदस्यहरूले यो पनि भने कि प्रभावी ढङ्गले काम गर्नको लागि स्थानीय निकायले फाउन्डेसनको समर्थन आवश्यक पर्दछ जसले गर्दा समुदायहरूले स्थानीय स्तरमा समस्याहरू समाधान गर्न आफ्नै उपकरण र स्रोतहरू निर्माण गर्न सक्दछन्।

जब प्रवर्तनको कुरा आउँछ, म चाहन्छु परियोजनाहरू स्व-शासित / स्वतन्त्र होस् र मध्यस्थता समितिको नियन्त्रणमा रहोस्, किनभने कुनै बाह्य व्यक्तिद्वारा युसिओसीको निहुँमा ती परियोजनाहरूमा उनीहरूको कार्यले गर्दा कुनै प्रयोगकर्ताहरूलाई निषेधित/वैश्विक निषेध (प्रतिबन्ध/निषेध) गर्न नसकोस्। मेरो विचारमा, स्थानीय समुदायहरूलाई स्व-विनियमन हुनुपर्छ; मात्रै चरम मामिलाहरूमा डब्लुएमएफद्वारा हस्तक्षेप हुनुपर्छ; र यो पनि परिवर्तन हुने कुनै सम्भावना छैन किनभने अहिले पनि डब्ल्युएमएफ तथाकथित कार्यालय क्रियाहरू गर्ने अभिप्रायले हस्तक्षेप गर्न सक्छ।

— एक पोलिसेली सामुदायिक सदस्य

युसिओसीसँग सम्बन्धित केही अस्वीकार्य मामिलाहरूलाई प्रबन्धक र प्रशासकहरूले पहिले देखि नै हेर्दै आएका छन् किनभने युसिओसी र स्थानीय नीतिहरू बीच पर्याप्त भिन्नता रहेको छ, प्रबन्धक र प्रशासकहरू यससँग सम्बन्धित मामिला हेर्ने सबैभन्दा प्राकृतिक विकल्प देखिन्छ। तर मलाई एउटा विषयको चिन्ता छ, यदि स्टेवार्डहरूलाई युसिओसीसँग सम्बन्धित मामिला हेर्ने जिम्मा दिइयो र विकिमिडिया परियोजनाहरूमा युसिओसी सम्बन्धी अनुरोधहरूको मात्रा उच्च देखियो भने उनीहरू विकृत हुन सक्छन्। मलाई लाग्दैन कि नयाँ विश्वव्यापी निकायको आवश्यकता छ किनभने समुदायमा पहिले देखि नै धेरै प्रयोगकर्ता समूहहरू छन् जसले समान मामिलाहरूको समाधान गर्छन्।

— एक विकिडेटा सामुदायिक सदस्य

२. एक वैश्विक प्रवर्तन निकायको निर्माण

समुदायहरू स्थानीय प्रवर्तन निकायहरू शीर्षमा अवस्थित हुनुपर्दछ वा छुट्टै रूपमा भन्ने प्रश्नमा विभाजित थिए। केही समुदायका सदस्यहरूका अनुसार, युसिओसी जस्तो वैश्विक नीतिलाई सफलतापूर्वक कार्यान्वयन गर्न विश्वव्यापी निरीक्षण आवश्यक छ। तर धेरै समुदायले यो स्पष्ट पनि पारे कि तिनीहरू त्यो निकायले फाउन्डेसन भित्रको एउटा टोली वा फाउन्डेसनद्वारा पूर्ण रूपमा नियुक्त गरिएको निकाय हुन चाहँदैनन्। प्राप्त अधिकांश टिप्पणीहरूले एक समुदाय-निर्वाचित वैश्विक प्रवर्तन निकाय जस्तै एक वैश्विक मध्यस्थता समितिको लागि प्राथमिकता दर्शाए। यस निकायको संरचना, चयन प्रक्रिया, र कार्य अवधि राम्ररी विचार गर्न आवश्यक छ भनि समुदायले आफ्नो पक्ष राखेको राखेको थियो।

म आचार संहिता लागू गर्न ओम्बड्सम्यान आयोगको स्थापनालाई समर्थन गर्दछु, सम्भवतः प्रबन्धक वर्गले यसको कार्यान्वयनमा सहयोग पुगाउन सक्छ। यदि त्यहाँ सम्पादकहरू बीच कुनै विवाद छ जुन आचार संहिता उल्लङ्घनको सम्बन्धमा छ भने, यो प्रक्रिया अनुसार सम्हाल्नु पर्छ। मेरा आगामी प्रश्न सम्भवतः एक पटक छलफल सुरु भएपछि ओम्बड्सम्यान आयोग कसरी स्थापना गर्ने भन्ने बारेमा हो।

— एक इन्डोनेसियाली सामुदायिक सदस्य

मेरो विचारमा, समुदायबाट व्यक्तिहरूको एक निर्वाचित समूह नियुक्त गर्नु राम्रो हुन्छ (तिनीहरू प्रबन्धक हुनुपर्दैन) जसको फाउन्डेसनसँग प्रत्यक्ष सम्बन्ध छ।

— एक अरबी सामुदायिक सदस्य

३. स्थानीय प्रवर्तन र वैश्विक निकायको संयोजन

समुदायहरूको बीच अर्को प्रमुख लोकप्रिय विकल्प युसिओसीको लागि स्थानीय प्रस्ताव परिषद वा निकायहरूको स्थापना गर्नु थियो जसको परिभाषित बृद्धि माध्यम रहेको छ जसले विश्वव्यापी निकायमा नेतृत्व गर्दछ। प्रायः यस्ता मामिलाहरू स्थानीय प्रवर्तन निकाय नभएको खण्डमा वा व्यवहार उल्लङ्घनको लागि हेर्ने उपयुक्त निकाय नहुदा हुने समुदायहरूले मत राखेका थिए। विशेष चिन्ताको क्षेत्रहरू:

  • ममिलाहरू जहाँ प्रबन्धक वा प्रवर्तन निकायको सदस्य मामिलामा संलग्न हुन्छ।
  • मामिलाहरू जहाँ लक्ष्यले स्थानीय निकायलाई मामिला दाखिला गर्न सुरक्षित महसुस गर्दैन
  • संलग्न भएको मामिला उल्लेखनीय रूपमा जटिल भएमा

यस छनोटको लागि उजुरी प्रक्रिया प्रणाली स्थापना गर्न कडा सुझावहरू आएका थिए जसले गर्दा मामिला दाखिला गर्ने व्यक्तिले आफ्नो मामिला सम्हालने तरिकाबाट खुशी नभएमा विश्वव्यापी निकायलाई समिक्षाको लागि गुहार गर्न सक्नेछन्।

विश्वव्यापी निकायले उजुरी टोलीको रूपमा काम गर्न सक्छ जुन अवस्थित स्थानीय मध्यस्थता विधिहरूलाई समाप्त गरेपछि तस्वीरमा आउनेछ।

— एक योरबाली सामुदायिक सदस्य

प्रत्येक तहमा अर्थात् समुदाय स्तरदेखि विकिमिडिया फाउन्डेसनका कार्यकारीहरूसम्म युसिओसी उल्लङ्घनका मामिलाहरू सम्हाल्न एउटा टोली/ दस्ता/ लेखन आधार समूह हुनुपर्छ। समुदाय स्तरमा, दर्तावाल प्रयोगकर्ताहरूद्वारा सार्वजनिक रूपमा सदस्य चयन गर्न सकिन्छ। यो टोली पाँच जना सदस्यहरू भन्दा ठूलो हुनुहुँदैन र एउटा सदस्य महिला सदस्य हुनुपर्छ। जब महिला सम्पादकहरूसँग सम्बन्धित मामिला र गुनासोहरू भएमा महिला सदस्यले त्यस्को निरीक्षण सम्बोधन गर्नुपर्दछ। समितिको सदस्यताको लागि निश्चित मापदण्ड तोकिनु पर्छ।

— एक सन्ताली सामुदायिक सदस्य

४. फाउन्डेसनको विश्वास र सुरक्षा टोली

प्रतिक्रियाहरूको धेरै सानो अंशले यो सुझाव दियो कि केही समुदायहरूले समग्र कार्यान्वयन प्रक्रियामा केही भूमिका खेल्ने टिएन्डएसको विचारको विरोध गर्दैनन्। धेरै जसो भागका लागि, यो विकल्पलाई मात्र स्वीकार्य मानिन्थ्यो जहाँ व्यक्तिगत समुदायहरू स्वयंमा एक प्रवर्तन प्रणाली विकास गर्ने क्षमताहरू छैनन्।

एक वैश्विक समिति र टिएन्डएसको संयोजनको स्थानमा राख्न सकिन्छ

— एक कमन्स सामुदायिक सदस्य

हामी दिनको अन्त्यमा सबै स्वयंसेवकहरू हौं, हामीसँग यति धेरै समय छ। के म मजदुर र कानूनको बारेमा कुरा गर्न समितिमा बस्न तयार छु? वास्तवमा होइन। यो मेरो काम हो, मेरो पेशा हो। म लेख लेखेर म स्वयंमा रमाउँछु [...]। हामी विगत केही वर्षदेखि अफ्रिकी विकिपिडियामा रहेको समितिलाई चलाउन कोशिस गरिरहेका छौं। [...] मानिस राजनीतिमा होइन तर ज्ञान, चरा र माछा, बाँध र सडकमा रुचि राख्छन्। हामी कसैलाई पनि राजनीतिमा चासो छैन, हामी जे भए पनि धेरै समय खर्च गरेका छौं।

— एक अफ्रिकाली सामुदायिक सदस्य

५. प्रतिवेदन प्रणालीहरू

एक प्रतिवेदन प्रणालीको लागि सर्वसम्मत माग थियो जुन प्रयोगकर्ताहरूलाई अज्ञात रूपमा मामिला दाखिल गर्न अनुमति दिन्छ। सहजकर्ताहरूले पत्ता लगाए कि धेरै समुदायहरूमा उत्पीडनको एक विशाल बहुमतहरू कहिल्यै पनि संयन्त्रको अभावका कारण शासकीय निकायलाई दाखिल गरिएको छैन। विशेष गरी साना समुदायहरूमा यो सत्य हो। सहजकर्ताहरूले पत्ता लगाए कि दाखिल गरिएको भन्दा उनीहरूको समुदायमा बढी उत्पीडनको घटनाहरू हुन्छन्। यो सहजकर्ताहरूका लागि समेत एक समाचार थियो जो विगत १० बर्षभन्दा बढी समय समुदायमा बिताइसकेका छन्। यो प्रमाणित गर्दछ कि बोल्ने डरले धेरै समुदायहरूमा गहिरिएको छ। यसको शीर्षमा, विवध कारकहरूले दाखिला चरणलाई कडा बनाउँदछन् र सम्झौता गर्नका लागि जटिल पनि छ।

समुदायहरूले निम्न अवस्थाहरू साझा गरे जहाँ प्रयोगकर्ताहरूलाई मामिला दाखिला गर्न गाह्रो लाग्छ:

  • नाबालिगको रूपमा दाखिला गर्दै गर्दा।
  • विभिन्न कानूनी मापदण्डहरू समावेश भएका मामिलाहरूमा दाखिला। यहाँ, धेरै जसो अपराधी र लक्ष्य विभिन्न कानूनद्वारा शासित हुन्छन्।
  • कामुकता सम्बन्धित मामिलाहरूको बारेमा दाखिला गर्दै गर्दा। यस्ता घटनाहरू सामान्यतया कम दाखिल हुन्छन्, प्रायजसो पहिले नै गाह्रो अवस्थाको बढ्दो डरको कारण।
  • घटनाहरूको लामो समय पछि मामिला दाखिला गर्ने कार्यमा कठिनाई
  • अभियानमा शक्तिको ओहदा भएका प्रख्यात व्यक्ति वा प्रयोगकर्ताहरूको विरूद्ध दाखिला। विपरीत परिस्थितिको लागि पनि यही कुरा लागू हुन्छ। प्रयोगकर्ताको शक्ति धारण गर्नेलाई मामिला दाखिल गर्न समेत गाह्रो लाग्छ।
  • पुरुष प्रयोगकर्ताहरू प्रायः यौन उत्पीडन दाखिल गर्न हिचकिचाउँछन्।
  • भाषा अवरोधमाथि दाखिला।

ज्ञात वेबसाइट वा सामाजिक सञ्जालमा के हुन्छ भने कुराकानी पृष्ठहरूमा राम्रोसँग देखिने 'दाखिला' बटन हुने गर्छ। यसमा क्लिक गर्दा त्यहाँ एक पृष्ठ हुनुपर्दछ जहाँ प्रयोगकर्ताले के भयो भन्ने कुरा लेख्न सक्दछन्।

— एक इटालेली सामुदायिक सदस्य

निजी (संरक्षित) दाखिला मार्गहरू कार्यान्वयन सहित वैकल्पिक दाखिला मार्गहरू हुनुपर्दछ। यद्यपि निजी दाखिला मार्गहरूको प्रयोग व्यवहार उल्लङ्घनमा सीमित हुनुपर्दछ।

— एक कोरियाली सामुदायिक सदस्य

चिन्ताहरू

धेरै प्रयोगकर्ताहरूले साझा गरे कि उनीहरू या त लक्षित भएका छन् वा विकिमिडिया परियोजनाहरूमा उनीहरूको कामको लागि उत्पीडनको साक्षी भएका छन्। तर त्यस्ता मामिलाहरू दाखिला गर्न सकिदैन वा दाखिला गरिएको बेला कारबाही गर्न सकिदैन किनकि ती विकिमिडिया मञ्चभन्दा बाहिर गरिएका थिए। प्रयोगकर्ताहरूको एक ठूलो सङ्ख्याले जोड दियो कि नीतिहरूको त्यस्तो उल्लङ्घन युसिओसी अन्तर्गत पनि विचार गरिनु पर्छ।

कम्तिमा एक समुदायले युसिओसीमा भेदभाव विरोधी नीतिको विरोध जनायो। यो समुदायले पूर्ण रूपमा समुदायभित्र रहेका अल्पसङ्ख्यक समूहका सम्पादकहरू वा महत्वपूर्ण गैर-दोहोरो सम्पादकहरूलाई अस्वीकृत गरेको थियो। अझै, यस समुदायबाट सर्वेक्षण उत्तरदाताहरूको एक महत्त्वपूर्ण सङ्ख्याले आफूलाई गैर दोहोरो भनेर चिनाएको थियो। सहजकर्ताका अनुसार ती सङ्ख्याहरू प्रकाशन गर्दा समुदाय अझ विभाजित हुनेछ।

महिला प्रतिभागी र अल्पसङ्ख्यक समूहका सदस्यहरूसँग संलग्नता कम रहेको थियो। यहाँ सम्म कि जो प्रयोगकर्ताहरू छलफलमा संलग्न भए, उनीहरू प्रायजसो निजी माध्यमबाट आएका थिए। एक समुदायमा धेरै महिला प्रतिभागीहरूले स्वतन्त्र रूपले सर्वेक्षणमा आफ्नो पहिचान स्पष्ट पारेका थिए तर उनीहरूले सहजकर्तासँग सार्वजनिक रूपले आफ्नो लैङ्गिक पहिचान नखुलाउन आग्रह गरेका थिए। यो सहजकर्ताहरूको लागि आश्चर्यजनक थियो, किनभने उनीहरूलाई उनीहरूको समुदायमा महिला सम्पादक धेरै नभएको तर सामान्यतया समुदाय महिलाहरूको लागि सुरक्षित रहेको आभास थियो। तर यो थाहा पाउन साक़ियो कि यहाँ यस्ता धेरै छन्। यो सामान्य ज्ञानको एउटा अंश होइन किनभने महिलाहरूले आफुलाई पहिचान गर्न चाहदैनन्।

मुख्य बुँदाहरू

कम्तिमा दुई समुदायले भने कि तिनीहरूको स्थानीय प्रशासन संयन्त्रमा फाउन्डेसनबाट कुनै हस्तक्षेप चाहदैनन्। यसबाट बच्न, तिनीहरू आफ्नो शासन प्रणालीलाई शसक्त बनाउन सबै उपायहरू गर्न इच्छुक छन्। कम्तिमा ती समुदायहरू मध्ये एकले आफ्नो स्थानीय व्यवहार नीतिहरू युसिओसीसँग मिल्दोजुल्दो बनाउने काम गरिसकेको छ र त्यस्तो प्रवर्तन मोडल कसरी गर्ने भन्ने बारे सोच्दै छ जहाँ समुदायहरूमा सन्तोषजनक समाधान गर्न सकिन्छ।

यसको विपरित, केही साना समुदायहरूले भने कि तिनीहरू आफ्नो प्लेटफर्ममा सामग्री निर्माण गर्न आफ्नो समय र संसाधनहरू च्यानल गर्न जारी राख्न रुचाउँदछन्। त्यसकारण, उनीहरूलाई विकास नीति वा शासन प्रणालीमा फाउन्डेसनको सहयोग चाहिन्छ जुन युसिओसीसँग मिल्दो हुनेछ। अधिकांश मध्यम-आकारका समुदायहरू विचारको विरूद्ध अवरोधित भएका थिए। तिनीहरू एउटा यस्तो समाधान चाहन्छन् जसले उनीहरूको वर्तमान शासन प्रणालीलाई अवरोध नगरि समर्थन प्रस्ताव गर्न सकोस्।

सहकर्मी समर्थन आह्वान

समुदायका एक ठूलो सङ्ख्याले उत्पीडनको लक्ष्यका लागि सहकर्मी समर्थन समूह गठन गर्ने विचार साझा गरेका थिए। केही प्रयोगकर्ताहरूको अनुसार, उत्पीडनको मामिला दाखिला गरिसकेपछि लक्ष्यहरू प्रायः तीन समूहहरूको सामना गर्नुपर्दछ - एउटा ती दुर्व्यवहार गर्ने पक्षमा रहेको छ, एउटा निष्पक्ष रूपमा मामिला सुल्झाउनेमा केन्द्रित छ, र एउटा लक्षितमा नैतिक समर्थन विस्तार गर्ने पक्षमा हुन्छ। लक्ष्यको लागि, जो पहिले नै दु: खको अवधिबाट गुज्रिरहेको छ, तेस्रो समूहको उपस्थिति सर्वोपरि छ। सामुदायिक समर्थन समूहहरूले मानिसहरूलाई साना साना घटनाहरूमा पनि बोल्न प्रोत्साहित गर्छन् र ठूलाहरूलाई रोक्नको लागि भूमिका खेल्छन्।

समुदायका एक ठूलो सङ्ख्याले त्यस्ता समूहहरू अभियानभरि सङ्गठित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। केही समुदायहरूले एक समर्पित मञ्च वा च्यानल बनाउन सुझाव दिए जहाँ मानिसहरू आउन सक्छन् र सहयोग लिन सक्छन्, जबकि केही समुदायहरूले भने कि सानो बन्द समूहले सुरक्षित वातावरण प्रदान गर्दछ। यस कुराकानीले विचारहरू प्राप्त गर्न सक्यो तर पूर्ण विकसित प्रणालीको विकास, यदि विकसित भयो भने विशेष गरेर त्यस्ता समूहहरूको दुरुपयोग रोक्न धेरै कामको आवश्यक पर्दछ।

अब के

एउटा मस्यौदा समिति गठन भइरहेको छ जसले समुदायहरूबाट प्राप्त प्रतिक्रियाहरूको समीक्षा गर्नेछ। समितिले समितिले पुनरुत्थानको लागि न्यासी समितिलाई सम्भावित कार्यान्वयन संयन्त्र प्रस्ताव गर्नेछ।