प्राविधिक/सर्भर परिवर्तन
सर्भर स्विच - तपाईको विकी चाँडै नै छोटो समयको लागि पढ्ने-मात्र हुनेछ।
यो सन्देश अर्को भाषामा पढ्नुहोस् • Please help translate to your language
विकिमिडिया फाउन्डेसनले आफ्ना डाटा केन्द्रहरू बीच ट्राफिक फेरिने गर्नेछ। यसबाट विकिपिडिया तथा अन्य विकिमेडियाका परियोजनाहरू कुनै प्रकोप पछि पनि अनलाइन रहन सक्ने निश्चित हुन्छ।
उनीहरूले सबै ट्राफिकलाई २५ मार्चमा प्राथमिक डेटा केन्द्रमामा स्विच गर्नेछन्। यो परीक्षण १५:०० UTCमा सुरू हुनेछ।
दुर्भाग्यवस,मिडियाविकीमा भएका केही सीमितताहरूको कारणले गर्दा हामीले स्विच गर्दा सबै सम्पादन कार्यहरू बन्द हुनेछन्। हामी यो अवरोधको लागि माफी चाहन्छौं, र हामी भविष्यमा यसलाई न्यूनिकरण गर्नको लागि काम गरिरहेका छौं।
यो कार्य सुरु हुनुभन्दा ३० मिनेट अघि सबै विकीमा एउटा ब्यानर प्रदर्शित हुनेछ। यो ब्यानर सञ्चालनको अन्त्य नभएसम्म देखिनेछ। तपाई यस ब्यानर पाठको अनुवाद वा प्रुफरिडिङमा योगदान गर्न सक्नुहुन्छ।
तपाईहरूले सबै विकीहरू पढ्न सक्नुहुनेछ तर सम्पादन गर्न सक्नुहुन्न।
- बुधबार २५ मार्च २०२६ लागि तपाईले सम्पादन गर्न सक्नुहुनेछैन।
- यो समयमा यदि तपाइँ सम्पादन वा सङ्ग्रह गर्न कोशिस गर्नुहुन्छ भने, तपाइँले त्रुटि सन्देश देख्नुहुनेछ। हामी आशा गर्छौँ कि यो मिनेटहरूमा कुनै पनि सम्पादन हराउने छैन तर हामी यसको ग्यारेन्टी दिन सक्दैनौँ। यदि तपाइँ त्रुटि सन्देश देख्नुहुन्छ भने कृपया सबै सामान्य अवस्थामा नफर्कँदासम्म प्रतीक्षा गर्नुहोस् । त्यसपछि भए तपाईले आफ्नो सम्पादन सङ्ग्रह गर्न सक्नुहुनेछ। तर पनि यस अवस्थामा हामी तपाइँको परिवर्तन सङ्ग्रह गर्नु पूर्व यसलाई कपी गर्न सुझाव दिन्छौँ।
अन्य प्रभावहरू :
- पृष्ठभूमीका कार्यहरू सुस्त हुनेछन् तथा केहि छुट्न पनि सक्नेछन्। रातो लिङ्कहरू सामान्य अवस्था भन्दा छिटो अद्यावधिक हुन सक्दैन। यदी तपाइँले पहिले कुनै अरू लेखसँग जोडिएको एउटा लेख बनाउनु हुन्छ भने लिङ्क सामान्य अवस्था भन्दा लामो समयसम्म रातो रहनेछ। केहि लामो समयदेखि चलिरहेको स्क्रिप्टहरू रोक्नु पर्छ।
- हामी अन्य कुनै हप्तामा कोडहरू डिप्लोइमेन्ट हुने आशा गर्छौं। However, some case-by-case code freezes could punctually happen if the operation require them afterwards.
- गिटल्याब लगभग ९० मिनेटको लागि अनुपलब्ध हुनेछ।
आवश्यक परेमा यो परियोजना स्थगित हुन सक्छ। तपाइँ wikitech.wikimedia.org मा कार्यक्रम बारे पढ्न सक्नुहुन्छ। कुनै पनि परिवर्तन बारे कार्यक्रम तालिकामा घोषणा गरिनेछ।
कृपया तपाइँको समुदायलाई यो जानकारी बाँड्नुहोस्।