Licensing tutorial/ne

From Meta, a Wikimedia project coordination wiki
Preview of the original artwork (in English)
  • विकिमीडिया कमन्समा योगदान गर्नको निम्ति उपयोगी सुझाउ
  • तपाईं आफैंले गर्नु भएको रचना उर्ध्वभरण(upload) गर्न सक्नुहुनेछ।
    • यसमा निम्नलिखित वस्तु वा स्थानहरुको फोटो र भिडियो पर्छन्:
      • प्राकृतिक परिदृश्य, पशुहरु, वनस्पतिहरु।
      • सार्वजनिक आकृतिहरु र सार्वजनिक स्थानहरुमा खिचिएका तस्वीरहरु।
      • उपयोगी अथवा गैर कलात्मक वस्तुहरु।
    • मूल रेखांकन, नक्शाहरु, चित्रहरु र अडियो।
    • याद राख्नुहोस्: आफ्नो रचनालाई विकिमीडिया कमन्समा साझा गर्नु तपाईंलाई सूचना नदिई जोसुकैलाई प्रयोग गर्न, कपी गर्न, परिवर्तन गर्न र बेच्न अनुमति दिनु हो।
  • हामी अरुले बनाएको अथवा अरुद्वारा प्रेरित रचनालाई स्वीकार गर्न सक्तैनौं।
    • डिफल्ट रुपमा, तपाईंले अरुद्वारा निर्माण गरिएको रचना उर्ध्वभरण गर्न सक्नुहुनेछैन।
    • जसमा निम्न सामाग्रीहरु पर्छन्:
      • लोगोहरु
      • सीडी कभर(CD / DVD covers)
      • प्रचारका तस्वीरहरु
      • टीभी शोका स्क्रीनशट, सिनेमा, डीवीडी र सफ्टवेयर
      • तपाईं आफैंले बनाएता पनि टीभीका पात्रहरु, कमिक्स अथवा सिनेमाका चित्रहरु
      • इन्टरनेटमा प्रकाशित चित्रहरु।
  • ... दुइटा मुख्य अपवादको साथमा:
    • यदि रचयिताले जसलाई पनि प्रयोग गर्ने, कपी गर्ने, परिवर्तन गर्ने अनि बेच्ने अनुमति दिएका छन् भनें त्यस्तो रचनालाई तपाईंले उर्ध्वभरण गर्न सक्नुहुनेछ।
    • तपाईंले पुरातन कला, मूर्तिहरु, भवनहरु (जो 150 वर्षभन्दा पुराना छन्)का तस्वीरहरु उर्ध्वभरण गर्न सक्नुहुनेछ ।
  • निष्कर्षमा...
    • तपाईंले आफ्नो मौलिक रचनालाई उर्ध्वभरण गर्न सक्नुहुनेछ।
    • सहयोगको निम्ति तपाईंलाई धन्यबाद; यो महत्वपूर्ण छ।
    • हामी अरुको रचनालाई उनीहरुको विशेष अनुमति बिना स्वीकार गर्न सक्तैनौं।
  • अहिले पनि अनिश्चित भए? सहायता डेस्कमा सोध्नुहोस्।
  • ठीक
  • रोक
  • ठीक
  • रोक