Universal Code of Conduct/Revised enforcement guidelines/Announcement/Voting/Email/ne

From Meta, a Wikimedia project coordination wiki

विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा मतदान अब खुला छन्

प्रिय $USERNAME,

संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूका लागि मतदान अवधि अब खुला छ! मतदान दुई हप्ताको लागि खुला रहनेछ र जनवरी ३१, २०२३ को २३.५९ युटिसीमा बन्द हुनेछ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठमा जानुहोस्।

जनवरी २०२३ को मध्यमा, विश्वव्यापी आचार संहिताका लागि प्रवर्तन दिशानिर्देशहरू दोस्रो समुदाय-व्यापी प्रमाणीकरण मतदानबाट गुज्रनेछन्। यसले मार्च २०२२को मतदान अनुसरण गर्द छ, जसको नतिजा अधिकांश मतदाताहरूले प्रवर्तन दिशानिर्देशहरूलाई समर्थन गरेका थिए। मतदानको क्रममा, सहभागीहरूले महत्त्वपूर्ण सामुदायिक सरोकारहरूलाई हाइलाइट गर्न मद्दत गरे। बोर्डको सामुदायिक मामिला समितिले यी सरोकारका क्षेत्रहरूलाई समीक्षा गर्न अनुरोध गरेका थिए।

स्वयंसेवक-नेतृत्वमा संशोधन समितिले सामुदायिक इनपुटको समीक्षा गर्न र परिवर्तनहरू गर्न कडा मेहनत गरे। तिनीहरूले प्रशिक्षण र पुष्टि आवश्यकताहरू, प्रक्रियामा गोपनीयता र पारदर्शिता, र कागजातको पढ्ने योग्यता र अनुवादयोग्यता जस्ता चिन्ताका क्षेत्रहरू अद्यावधिक गरे।

संशोधित प्रवर्तन दिशानिर्देशहरू यहाँ हेर्न सकिन्छ, र परिवर्तनहरूको तुलना यहाँ भेट्न सकिन्छ।

मतहरू स्वयंसेवकहरूको स्वतन्त्र समूहद्वारा जाँच गरिनेछ, र परिणामहरू Wikimedia-l, आन्दोलन रणनीति फोरम, Diff र मेटा-विकीमा प्रकाशित गरिने छ। मतदाताहरूले फेरि मतदान गर्न र दिशानिर्देशहरूको बारेमा उनीहरूको चिन्ता साझा गर्न सक्षम हुनेछन्। प्रवर्तन दिशानिर्देशहरू कसरी अनुमोदन अथवा थप विकास गरिनुपर्छ भनेर ट्रस्टीहरूको बोर्डले समर्थन र उठाएका चिन्ताहरूको स्तरहरू हेर्नेछ।

युसिओसी परियोजना टोलीको तर्फबाट,

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस्।

Plain text version

प्रिय $USERNAME,

संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरू<https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines>का लागि मतदान अवधि अब खुला छ! मतदान दुई हप्ताको लागि खुला रहनेछ र जनवरी ३१, २०२३ को २३.५९ युटिसीमा बन्द हुनेछ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठ<https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Voter_information>मा जानुहोस्।

जनवरी २०२३ को मध्यमा, विश्वव्यापी आचार संहिता<https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct>का लागि प्रवर्तन दिशानिर्देशहरू दोस्रो समुदाय-व्यापी प्रमाणीकरण मतदानबाट गुज्रनेछन्। यसले मार्च २०२२<https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Enforcement_guidelines/Voting/Results>को मतदान अनुसरण गर्द छ, जसको नतिजा अधिकांश मतदाताहरूले प्रवर्तन दिशानिर्देशहरूलाई समर्थन गरेका थिए। मतदानको क्रममा, सहभागीहरूले महत्त्वपूर्ण सामुदायिक सरोकारहरूलाई हाइलाइट गर्न मद्दत गरे। बोर्डको सामुदायिक मामिला समितिले यी सरोकारका क्षेत्रहरूलाई समीक्षा गर्न अनुरोध गरेका थिए।

स्वयंसेवक-नेतृत्वमा संशोधन समितिले सामुदायिक इनपुटको समीक्षा गर्न र परिवर्तनहरू गर्न कडा मेहनत गरे। तिनीहरूले प्रशिक्षण र पुष्टि आवश्यकताहरू, प्रक्रियामा गोपनीयता र पारदर्शिता, र कागजातको पढ्ने योग्यता र अनुवादयोग्यता जस्ता चिन्ताका क्षेत्रहरू अद्यावधिक गरे।

संशोधित प्रवर्तन दिशानिर्देशहरू यहाँ <https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines> हेर्न सकिन्छ, र परिवर्तनहरूको तुलना यहाँ <https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Comparison> भेट्न सकिन्छ।

मतहरू स्वयंसेवकहरूको स्वतन्त्र समूहद्वारा जाँच गरिनेछ, र परिणामहरू Wikimedia-l, आन्दोलन रणनीति फोरम, Diff र मेटा-विकीमा प्रकाशित गरिने छ। मतदाताहरूले फेरि मतदान गर्न र दिशानिर्देशहरूको बारेमा उनीहरूको चिन्ता साझा गर्न सक्षम हुनेछन्। प्रवर्तन दिशानिर्देशहरू कसरी अनुमोदन अथवा थप विकास गरिनुपर्छ भनेर ट्रस्टीहरूको बोर्डले समर्थन र उठाएका चिन्ताहरूको स्तरहरू हेर्नेछ।

युसिओसी परियोजना टोलीको तर्फबाट,

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस् <https://meta.wikimedia.org/wiki/Wikimedia_nomail_list>.