विश्वव्यापी आचार संहिता/प्राय सोधिने प्रश्नहरू

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Universal Code of Conduct/FAQ and the translation is 98% complete.
Outdated translations are marked like this.
विश्वव्यापी आचार संहिता

परामर्शहरू

१. युसिओसी अन्य अभियान रणनीतिको पहल र परामर्शसँग कसरी सम्बन्धित रहेको छ, उदाहरणको लागि आन्दोलन चार्टर?
विश्वव्यापी आचार संहिता (युसिओसी) एउटा प्रमुख नीतिगत पहल हो जुन विकिमिडिया २०३० सामुदायिक छलफल र रणनीति प्रक्रियाबाट बाहिर आएको हो। अभियान रणनीति छलफलको तेस्रो सिफारिस अन्तर्गत समुदाय भित्र सुरक्षा तथा सहभागिता प्रदान गर्नु रहेको थियो जसमा आचार संहिता पहललाई सर्वोच्च प्राथमिकता दिइएको थियो। आन्दोलन चार्टर जस्ता अन्य अभियान रणनीति पहलहरूको लागि विश्वव्यापी आचार संहिता परामर्शकै समानान्तर विश्वव्यापी वार्तालापहरू आयोजित भइरहेका छन्।
२. स्थानीय परामर्शहरूका लागि समुदायहरूलाई कुन आधारमा छानियो?
समुदायहरूलाई विभिन्न कारणहरूको आधारमा छानिएको थियो, जसमा विकास दर र स्थानीय आचरण नीतिहरूको स्थिति सामेल छ। यस प्रक्रियाको बारेमा थप जानकारी यहाँ उपलब्ध छ। योग्य स्थानीय भाषा सहजकर्ताको उपलब्धता समेत ती कारकहरू मध्ये एक थियो, जसले अन्तिम रोज्ने कामलाई प्रभावित गरेको थियो।
पहिलो चरण अनुरूप धेरै कारकहरूले दोस्रो चरणको लागि समुदायहरू चयन गर्न निर्देशित गरेको थियो। पहिलो, स्थानीय नीतिहरूको सम्बन्धमा विकिमिडिया परियोजनाका विभिन्न भाषाहरूमा अवस्थित कार्यान्वयन पूर्वाधारको डेटा थियो। विद्यमान प्रवर्तनको विभिन्न स्तरका समुदायहरूको प्रतिनिधित्व गर्न र विविध दृष्टिकोणहरू बुझ्ने अभिप्रायले सहजकर्ताहरू छनौट गरिएको छ। योग्य सहजकर्ताहरूको उपलब्धता र विस्तृत भौगोलिक कभरेजको आकांक्षाहरूले पनि भूमिका खेल्‍यो।
३. के विकिमिडिया फाउन्डेसनले घोषणा गरेको छ कि सबै विकिमिडिया परियोजनाहरूमा विश्वव्यापी आचार संहिता लागु हुनेछ?
हजुर। युसिओसी उपयोगको शर्तहरूको भाग बनिसकेपछि कुनै व्यक्तिगत समुदायले विश्वव्यापी नीतिबाट बाहिर जान सम्भव हुने छैन। यदि हाल रहेका स्थानीय नीतिहरू वा अभ्यासहरू युसिओसीद्वारा उल्लङ्घन गरेको देखिएमा त्यस्ता विषयलाई यो प्रक्रियामा यथाशीघ्र उठाउनु पर्दछ जसले गर्दा विवादहरूको जाँच र समाधान गर्न सकियोस्। सन् २०२१ फेब्रुअरी २ को दिन न्यासी समितिले औपचारिक रूपमा युसिओसीलाई एउटा विश्वव्यापी नीतिको रूपमा अनुमोदित गरेको छ जुन विकिमिडिया अभियानको सबै परियोजनाहरू र गतिविधिहरूमा लागु हुनेछ। पहिलो चरणको सुरुवातदेखि नै यो नीतिको मस्यौदा तयार पार्न मेटा, विकिमिडिया-I र धेरै व्यक्तिगत परियोजनाहरूमा समुदायिक सहकार्य र परामर्श गरिएको थियो। सानो र मध्यम आकारको विकिहरूको घोषणाको सूची यस पृष्ठमा उपलब्ध छ। ठूलो विकी भित्रैको परामर्शको विवरण यहाँ उपलब्ध छ।

अनुवाद

४. के युसिओसी र यसका सहायक दस्तावेजहरू सबै भाषाहरूमा उपलब्ध हुनेछ?
युसिओसी परियोजना दलले एजेन्सी र स्वैच्छिक अनुवादको संयोजन गरि यो नीतिको सबै प्रमुख कागजात र घोषणाहरू धेरै भन्दा धेरै भाषाहरूमा अनुवाद गर्ने काम गर्नेछ। यो ठूलो प्रयास हो जसमा समय लाग्न सक्छ र हामी यसलाई एक्लै गर्न सक्दैनौँ। हामी ती स्वयंसेवकहरूलाई प्रोत्साहित गर्न चाहन्छौँ जसले सामग्री अनुवाद गर्न चाहन्छन् वा जसले नयाँ भाषामा अनुवाद गरेर ती सामग्री उपलब्ध गराउन चाहन्छन्, इमेल गर्नुहोस् ucocproject(_AT_)wikimedia.org। सबै सामग्रीहरू सबै भाषाहरूमा अनुवाद गर्न सम्भव नभएता पनि, हामी सम्भवतः भाषाहरूमा युसिओसी प्रक्रियामा व्यापक सहभागिता सक्षम गर्न प्रतिबद्ध छौँ।
५. विवादास्पद अनुवाद वा व्याख्याको द्वन्द्वमा मस्यौदाको कुन भाषा संस्करणलाई आधिकारिक संस्करण मानिनेछ?
युसिओसी दलले सकेसम्म धेरै भन्दा धेरै भाषामा युसिओसी नीति, प्रवर्तन दिशानिर्देशहरू, र सम्बन्धित पृष्ठहरूको अनुवाद प्रकाशित गर्ने काम गरिरहेको छ। यद्यपि अनुवादहरू अशुद्ध छन्, र हामी अनुवाद पुरा गर्न धेरै रणनीतिहरू (भुक्तानी एजेन्सी, स्वयंसेवक, कर्मचारी, आदि)को प्रयोग गरिरहेका छौँ, यसो गरिएता पनि प्रत्येकको आफ्नो सटीकता र चुनौतीहरू रहेका छन्। समुदायहरूलाई असन्तुष्टि पहिचान गरि सुधार गर्नमा सहयोग गर्न प्रोत्साहित गरिन्छ, र विसङ्गतिहरू ठीक गर्नमा समय लाग्ने भएको कुरा समेत बुझ्न आग्रह गरिन्छ। यो प्रक्रिया पूर्ण नभएसम्म, अङ्ग्रेजी संस्करण नै आधिकारिक संस्करण हुनेछ।

प्रवर्तन

६. युसिओसी प्रवर्तनका लागि के योजनाहरू छन्, जस्तै यसलाई प्रवर्तन गर्न को जिम्मेवार छ?
विकिमिडिया फाउन्डेसन न्यासी समिति (बोर्ड, बोर्ड अफ ट्रस्टी, वा बिओटी) बाट निर्देशन अनुसार, प्रवर्तन परियोजनाको दोस्रो चरणको केन्द्रविन्दु हो, जुन युसिओसीको अन्तिम मस्यौदा संस्करणलाई अनुमोदन गरि सन् २०२१ फेब्रुअरी २ मा घोषणा गरिएपछि सुरु भएको हो। यसको अर्थ विकिमिडिया समुदायहरूले युसिओसीलाई कसरी स्थानीय स्तरमा लागू, व्याख्या, र प्रवर्तन गरिनेछ भनि निर्धारण गर्नेछ। सबै प्रभावित पक्षहरू र समुदायहरूलाई सक्रियतापूर्वक छलफलमा भाग लिनको लागि स्थानीय स्तरमा भएका समुदायिक अभ्यासहरू, नीतिहरू र प्रक्रियाहरूको दायरामा बसी आफ्नो सुझाव राख्नको लागि प्रोत्साहित गरिन्छ। अन्तमा, युसिओसी र यसको कार्यान्वयन रणनीतिहरू अभियान भरि एउटा आधार रेखाको रूपमा काम गर्नको लागि हो। व्यक्तिगत परियोजना समुदायहरूलाई अझै यो प्रयास सरह उनीहरूको व्यवहार नीति विकास गर्न प्रोत्साहित गरिन्छ।
७. वास्तविक जीवनमा युसिओसी उल्लङ्घनलाई कसरी सम्हालिनेछ, उदाहरणको लागि, फाउन्डेसन वा विकिमीडिया सम्बद्ध कार्यक्रमहरूमा अनुकूल स्थान नीति समेत लागु छ? यी मध्ये कुन नीतिलाई प्राथमिकता दिइनेछ?
युसिओसीले दिशानिर्देशहरूको एउटा न्यूनतम रूपरेखा प्रदान गर्दछ, स्थानीय नीतिहरूलाई जहिले पनि पहिले परामर्श गर्नुपर्छ र ती अधिनियमित हुने बितिकै लागु गर्नुपर्छ। यो यसै किसिमको कार्यक्रमहरूको लागि समेत लागु हुनेछ जस्तै यसलाई कुनै विकिमिडिया परियोजनामा व्यवहारको लागि प्रयोग गरिन्छ। युसिओसी मात्रै ती मामिलाहरूमा लागू गर्नका लागि हो जहाँ स्थानीय नीति वा प्रवर्तन संयन्त्र विवादहरूलाई सम्बोधन गर्न पर्याप्त छैनन्।
८. के युसिओसी उल्लङ्घनको निजी प्रतिवेदन स्वतन्त्र र पारदर्शी विकिमिडिया समुदाय संस्कृतिको विपरीत हुनेछ (जहाँ कसैले, उदाहरणको लागि पृष्ठ इतिहास हेर्न सक्छन्)?
यो पहिलेदेखि नै यस्तो मामिला हो जुन प्रतिवेदनहरूलाई व्यक्तिगत रूपमा पहिचान गरिएको जानकारी, हानीको खतरा, र अन्य संवेदनशील मुद्दाहरूको खुलासा वा दमन गर्नलाई आवश्यक पर्नसक्ने धेरै कारणहरूका लागि निजी रूपमा स्वीकार गरिन्छ। यस प्रकारको प्रतिवेदन नियमित रूपले विश्वास र सुरक्षा/कानुनी, स्टेवर्ड्स, प्रयोगकर्ता जाँचकर्ता, निरीक्षणकर्ता, मध्यस्थकर्ता समितिहरू र अन्य पदाधिकारीहरूलाई सुम्पिने गरिन्छ। एक महत्वपूर्ण सङ्ख्यामा सहभागीहरूले सार्वजनिक स्थानहरूमा हुने उत्पीडनको प्रतिवेदन दिन हिचकिचाउने गरेका छन्, किनभने यसले गर्दा थप विवाद हुनसक्ने उनीहरूको अभिप्राय रहेको छ। दोस्रो चरणमा एक महत्वपूर्ण विचार जसमा उत्पीडनको सिकार हुने व्यक्तिको सुरक्षा गर्ने कर्तव्यसँग पारदर्शिताको सन्तुलन कायम गर्ने आवश्यकताको अन्वेषण गरियो।
९. युसिओसी लागु गर्नको लागि जिम्मेवार व्यक्तिहरूलाई फाउन्डेसनले कसरी सहयोग प्रदान गर्नेछ?
फाउन्डेसन आफ्नो विकासको सबै चरणहरूको माध्यमबाट युसिओसीलाई सहयोग गर्नको लागि प्रतिबद्ध छ जसमा नीतिको मस्यौदा तयार पार्न, प्रवर्तनमाथि परामर्श गर्न, र फेरी प्रवर्तन मार्गहरूलाई राम्रो तरिकाले सञ्चालित गर्न सुनिश्चित गर्नु रहेको छ। यो सुनिश्चित गर्नको लागि पहिले देखि नै केही कदम उठाइएका छन् जसले गर्दा युसिओसी सफलतापूर्वक लागु हुन सकोस्। यसमा ती व्यक्तिहरूलाई सहयोग प्रदान गर्नु सामेल छ जसले गर्दा युसिओसीलाई लागु गर्नमा जिम्मेवार हुन सक्छन्। उदाहरणको लागि, फाउन्डेसनको सामुदायिक विकास दलले अनलाइन प्रशिक्षण परीक्षण कार्यक्रमको थालनी गरेको छ। जस्तै हामीहरूले आफ्नो दोस्रो चरणमा परामर्शको माध्यमद्वारा समुदायको आवश्यकतालाई स्तरीय र राम्ररी बुझ्नेछौँ र उनीहरूको प्राथमिकताको बारेमा स्पष्ट जानकारी हुनेछ।

आवधिक समीक्षा

१०. के एक पटक गठित विश्वव्यापी आचार संहिताको आवधिक समीक्षा र संशोधन हुनेछ? यदि हुनेछ, भने यसो गर्नको लागि को जिम्मेवार हुनेछ?
हजुर। फाउन्डेसनको कानुनी विभागले प्रवर्तन दिशानिर्देशहरूको अनुमोदन गरेको एक वर्ष पछि युसिओसी र प्रवर्तन दिशानिर्देशहरूको समीक्षाको आयोजना गर्नेछ। अभियान रणनीतिद्वारा गरेको सिफारिस उदयीमान शासन संरचनाहरूद्वारा सफल समीक्षाको सुविधा हुन सक्छ।
११. यदि भविष्यमा परिवर्तनको तत्काल आवश्यकता भएमा नीतिहरूको समीक्षा कसले गर्नेछ?
अन्य फाउन्डेसनद्वारा बनाइएको नीतिहरू जस्तै, फाउन्डेसनको कानुनी विभागमा तत्काल परिवर्तनको लागि अनुरोध प्रस्तुत गर्न सकिनेछ। कानुनी विभागले विगतमा समेत समुदायद्वारा संचालित संशोधन छलफलको नेतृत्व गरेको छ (२०१४ उपयोगको शर्तहरू/भुक्तान गरिएको योगदान संशोधन) र यस्ता स्थितिहरूलाई सुविधाजनक बनाउनको लागि एउटा संरचना र प्रक्रिया हो।

स्थानीय नीतिहरूसँग सङ्घर्ष

१२. यदि युसिओसीसँग स्थानीय नीतिहरूको विवाद भएमा के हुनेछ?
न्यासी समितिद्वारा युसिओसीलाई स्वीकृत गरिसकेपछि सबै विकिमिडिया समुदायहरूलाई युसिओसीद्वारा तय गरिने अपेक्षाहरूलाई पुरा गर्नको लागि उनीहरूको वर्तमान नीतिहरूलाई हेर्नको लागि प्रोत्साहित गरिनेछ। समुदायले युसिओसीबाट पृथक भएर थप विस्तृत नीतिहरू विकसित गर्न सक्नेछन्, तर उनीहरूलाई युसिओसीद्वारा निर्धारित गरिएको ठोस मापदण्डभन्दा मुनि गएर नीति नबनाउने भनि सुनिश्चित गर्नुपर्नेछ। आवश्यकता परेमा समुदाय र फाउन्डेसन नीतिहरूलाई सामञ्जस्य बनाइ मिलेर काम गर्न सक्नेछन्। परियोजना पूर्ण भएसम्म सहयोगको लागि फाउन्डेसन उपलब्ध रहनेछ।
१३. के युसिओसी ती परियोजनाहरूमा समेत लागु हुनेछ जुन परियोजनामा पहिले देखि नै स्थानीय नीति र दिशानिर्देशहरू छन्?
युसिओसीको उद्देश्य अभियान भित्र आचरणको लागि सबैभन्दा ठोस मानक बनाउनु हो। स्तरीय तरिकाले विकसित नीतिहरू भएको परियोजनाहरूमा मुख्यतया युसिओसी अपेक्षाहरूलाई पूर्ण गर्दछ र सामान्य रूपले विश्वव्यापी नीतिलाई पालन गर्नको लागि स्थानीय नीतिहरूमा कुनै परिवर्तन गर्नु पर्ने छैन।
१४. प्रत्येक विकिमिडिया परियोजनामा आफ्नो व्यवहार सम्बन्धी दिशा-निर्देश र नीतिहरू हुने गर्छ जसले ती परियोजनाहरूमा योगदान गर्ने प्रयोगकर्ताहरूद्वारा तिनीहरूको आवश्यकताको आधारमा लेखिने गर्छ। के युसिओसी यी दिशानिर्देश र नीतिहरूलाई परिवर्तन गर्न खोज्दैछ?
युसिओसी विद्यमान भए रहेका प्रभावी व्यवहार मानकहरूलाई प्रतिस्थापन गर्नको लागि होइन। बरु, युसिओसीले सबै परियोजनाहरूको लागि एउटा आधारभूत मानकको रूपमा काम गर्नेछ, विशेष रूपले ती सबै परियोजनाहरूको लागि जहाँ थोरै वा कुनै अवस्थित व्यवहार मानक छैन। समुदायले सांस्कृतिक रूपले उपयुक्त मापदण्डहरूलाई विकसित गर्न वा विद्यमान दिशानिर्देशहरूलाई आवश्यकतानुसार समायोजित गर्नको लागि युसिओसीको उपयोग गर्न सक्नेछन्।
१५. यदि युसिओसीले शत प्रतिशत समुदायको आवश्यकताहरू पुरा नगरेको खण्डमा के हुन्छ?
युसिओसी निश्चित रूपले सामुदायको सबै आवश्यकताहरू पूर्ण गर्न सक्दैन। साथै, युसिओसीलाई भविष्यमा विकसित गर्ने निक्कै सम्भावना रहेको छ। समुदायहरूलाई यसै सरहको नीति बनाउनको लागि प्रोत्साहित गरिन्छ। उदाहरणको लागि, युसिओसीले यसप्रकार व्याख्या गर्न सक्छ "तपाईँलाई मात्रै एउटा सम्पादकको रूपमा नभएर, यद्यपि विकिमिडिया समुदायको लागि पनि समग्रमा के राम्रो छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ।" यो धेरै नै व्यापक छ। धेरै विकिमिडिया परियोजनाहरू पहिले नै यस किसिमको विवादहरू कसरी तह लाउने भन्ने बारे विस्तृत नीतिहरू छन्, जस्तै चासोको अन्तरद्वन्द्व।। यदि यहाँको परियोजनामा कुनै किसिमको नीति नभएमा युसिओसीमा यस किसिमको वाक्य यस विषयमाथि उत्पन्न हुने कुनै पनि किसिमको विवादको लागि पतन नियम हुनेछ। तर युसिओसी यस वा अन्य विषयहरूसँग सम्बन्धित थप विस्तृत नीति विकसित गर्नको लागि एउटा राम्रो अनुस्मारक हुन सक्छ।
१६. युसिओसी सबै सांस्कृतिक सन्दर्भहरूमा कसरी उपयुक्त हुनेछ?
युसिओसी सबै सांस्कृतिक सन्दर्भहरूमा सक्षम हुने छैन, तर मस्यौदा तयार पार्नेहरूले यसलाई यथासम्भव समावेशी बनाउने दिशामा काम गरेका छन्। युसिओसी दलले विभिन्न सांस्कृतिक समुदायहरूसँग परामर्श गरेर उनीहरूको प्रतिक्रिया लिएका थिए। मस्यौदा तयार गर्दै गर्दा मस्यौदा समितिले प्राप्त प्रतिक्रियाहरूमाथि विचार गरेका थिए। यदि तपाईँलाई मस्यौदामा बढी सांस्कृतिक अन्तर देखिएको छ भने कृपया त्यसलाई विश्वव्यापी आचार संहिताको मुख्य वार्ता पृष्ठमा लेखेर ध्यान केन्द्रित गर्न सहयोग गर्न सक्नुहुनेछ र यी सुझावहरूलाई वार्षिक समीक्षामा सामेल गर्न सकिनेछ।

प्रयोगका शर्तहरूसँग अवकाश

१७. के अझ पनि युसिओसी हुनु आवश्यक छ किनभने उपयोगको शर्तहरू (टिओयु)को धारा ४ मा "केही गतिविधिहरूबाट टाढा रहने" जस्ता व्यवहारिक नीतिहरूलाई सामेल गरिएको छ?
विकिमिडिया प्रयोगका शर्तहरूले प्रतिलिपि अधिकार उल्लङ्घन र सशुल्क योगदानहरू जस्ता सामग्री दिशानिर्देशहरूसँगै केही व्यवहारिक दिशानिर्देशहरू समावेश गर्दछ। यद्यपि यो विस्तृत सूची होइन। विश्वव्यापी आचार संहिताको उद्देश्य समुदायहरूको अपेक्षाहरूलाई अझ विस्तारले बढाएर टिओयुको धारा ४ लागु गर्नु हो।
१८. हामी उपयोगको शर्तहरूको धारा ४ ली पुनर्लेखन नगरि एउटा नयाँ युसिओसी किन बनाइरहेका छौँ?
उपयोगको शर्तहरूलाई पढ्न योग्य र सङ्क्षिप्त राख्नको लागि केही सूचनाहरूलाई अन्य दस्तावेजहरूमा छुट्टयाउने गरिन्छ। उदाहरणको लागि, प्रतिलिपि अधिकार नीति र कमन्स प्रतिलिपि अधिकार नीति कडीको रूपमा सामेल छ। उपयोगको शर्तहरूसँग सहमत हुनुको अर्थ ती दस्तावेजहरूसँग समेत सहमत हुनु हो। विश्वव्यापी आचार संहिता छुट्टै भएपछि यसलाई थप विस्तृत बनाउने अनुमति दिनेछ। यो एउटा अभियानको रूपमा हाम्रो परिवर्तित आवश्यकताहरूको आधारमा अद्यतन गर्न समेत सरल बनाउनेछ।

विकिमिडिया फाउन्डेसनको संलग्नता

१९. किन विकिमिडिया फाउन्डेसन यो नीतिमा संलग्न छ?
यो प्रक्रियालाई समर्थन गर्न विकिमिडिया फाउन्डेसनलाई न्यासी समितिद्वारा अनुरोध गरिएको थियो। अभियान रणनीति प्रक्रियामा समुदायका सदस्यहरूले सिफारिस गरे अनुसार दुवै स्वयंसेवक र फाउन्डेसनका कर्मचारीहरू सम्मिलित एक समितिद्वारा लेखिएको थियो।
२०. यदि कसैले युसिओसी उल्लङ्घन गरेको छ भने विकिमिडिया फाउन्डेसनबाट 'वास्तविक' कारवाही के हुनेछ?
युसिओसीको अधिकांश उल्लङ्घनहरूलाई विकिमिडिया फाउन्डेसनद्वारा व्यवहार गरिने छैन। तिनीहरूलाई स्थानीय समुदायहरू वा विश्वव्यापी पदाधिकारीहरूद्वारा नियन्त्रित गरिने छ। वर्तमानमा उपयोगका शर्तहरूको उल्लङ्घनलाई यसै अनुरूप व्यवहार गर्ने गरिन्छ। प्रवर्तन दिशानिर्देशहरूको प्रमाणिकरण पछि कार्यान्वयनको सटीक विवरणहरू निर्धारण गरिनेछ।
२१. के युसिओसी मतदानको बिषय हुनेछ?
युसिओसीको मुख्य नीति पाठ फेब्रुअरी २०२१ मा बोर्ड अफ ट्रस्टीहरूद्वारा प्रमाणिकरण गरिएको थियो, र एक सक्रिय नीति हो। युसिओसीको लागि प्रवर्तन दिशानिर्देशहरू २०२२ मा प्रमाणिकरण प्रक्रियाको माध्यमबाट जान्छ, २०२१ को अप्रिलमा विकिमिडिया परियोजना मध्यस्थकर्ताहरूद्वारा बोर्ड अफ ट्रस्टीहरूलाई खुला पत्रमा यस्तो प्रक्रियाको लागि अनुरोधहरू प्रतिबिम्बित गर्दछ।

कार्यान्वयन

२२. युसिओसी प्रवर्तन दिशानिर्देशहरूमा के समावेश हुन्छन्?
युसिओसी प्रवर्तन दिशानिर्देशहरूमा निवारक कार्य (युसिओसी जागरूकता प्रवर्द्धन गर्ने, युसिओसी प्रशिक्षण सिफारिस गर्ने, अरूहरू बीचमा) र उत्तरदायी कार्य (दाखिलको लागि प्रक्रियाको विवरण गर्ने, रिपोर्ट गरिएको उल्लङ्घनहरू प्रशोधन गर्ने, रिपोर्ट गरिएका उल्लङ्घनहरूका लागि स्रोतहरू उपलब्ध गराउने, उल्लङ्घनहरूको लागि प्रवर्तन कार्यहरू निर्दिष्ट गर्ने...) समावेश छन् जुन समुदायका सदस्यहरूलाई सबैका लागि सुरक्षित काम गर्ने वातावरण प्रदान गर्नका लागि समुदायहरूमा निष्पक्ष र समतामूलक प्रक्रियाहरूसँग राम्रोसँग समन्वय गर्न मद्दत गर्ने उद्देश्यले गरिन्छ।
२३. कति पटक दिशानिर्देशहरू परिवर्तनहरूसँग अद्यावधिक गरिनेछ?
नीतिको पाठ र दिशानिर्देशहरू दुवैको आवधिक समीक्षा हुनेछ, जसमा कार्यान्वयन भएको एक वर्ष भित्र पनि हुनेछ।
२४. कसले युसिओसीको निरीक्षण गर्नेछ?
विश्वव्यापी आचार संहिता समन्वय समिति, जसलाई यु४सी भनिन्छ। यु४सीले युसिओसीको उल्लङ्घनका रिपोर्टहरू अनुगमन गर्नेछ र थप अनुसन्धानमा संलग्न हुन सक्छ र उपयुक्त भएमा कारबाही गर्नेछ। यु४सीले संहिताको प्रवर्तन अवस्थाको नियमित रूपमा अनुगमन र मूल्याङ्कन गर्नेछ र युसिओसीमा उपयुक्त परिवर्तनहरू विकिमिडिया फाउन्डेसन र समुदायलाई विचारको लागि सुझाव दिन सक्छ। आवश्यक पर्दा यु४सीले विकिमिडिया फाउन्डेसनलाई मामिलाहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ। यु४सीले युसिओसी परिवर्तन गर्न सक्दैन, फाउन्डेसन र यसका सम्बद्धहरू बीचको असहमतिलाई व्यवस्थापन गर्न, युसिओसीलाई बेवास्ता गर्ने वा बेवास्ता गर्ने नियमहरू सिर्जना गर्न, वा युसिओसी वा यसको प्रवर्तनसँग सम्बन्धित नभएको कुनै पनि मामिलामा कार्य गर्न सक्दैन।
२५. कसरी यु४सीले अन्य निर्णय गर्ने निकायहरू जस्तै मध्यस्थता समितिहरूसँग अन्तरक्रिया गर्नेछ?
यु४सी भनेको अन्तिम निर्णय गर्ने निकायको रूपमा खडा हुनु हो जहाँ उच्च स्तरको निर्णय गर्ने निकाय अवस्थित छैन (जस्तै मध्यस्थता समिति वा अन्य समान प्रक्रिया बिनाका समुदायहरू), वा उच्च निर्णय गर्ने निकायहरूले मुद्दाहरू अगाडि बढाउने ठाउँ। यु४सीले गम्भीर व्यवस्थित मामिलाहरूको लागि निर्णय लिने निकायको रूपमा पनि काम गर्नेछ जुन विद्यमान प्रवर्तन संरचनाहरूद्वारा व्यवस्थापन गर्न सकिँदैन।
२६. कसरी यु४सी गठन हुनेछ?
मस्यौदा समितिले यु४सी निर्माण समिति गठन गर्न वकालत गरेको छ। यु४सी निर्माण समितिमा सामुदायिक सदस्यहरू सम्मिलित हुनेछन् जसले यु४सी स्थापना गर्ने प्रक्रिया सिर्जना गर्न फाउन्डेसनसँग काम गर्नेछन्।