विश्वव्यापी आचार संहिता
विश्वव्यापी आचार संहिता (युसिओसी)को उद्देश्य सम्पूर्ण विकिमिडिया अभियान र यसको सबै परियोजनाहरूको लागि स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक आधार रेखा प्रदान गर्नु हो।
विश्वव्यापी आचार संहिता (युसिओसी) एउटा प्रमुख नीतिगत पहल हो जुन विकिमिडिया २०३० सामुदायिक छलफल र रणनीति प्रक्रियाबाट बाहिर आएको हो। संसारभरिका विकिमिडियनहरूले विकिमिडिया २०३० लक्ष्य प्राप्तिको लागि यस अभियानलाई मार्गनिर्देशन गर्न १० सिफारिसहरू राखेका छन्। यी सिफारिसहरूमध्ये एउटा, “सुरक्षा तथा सहभागिता प्रदान,” गर्नको लागि आचार संहिता बनाउने, युसिओसी समावेश छ। युसिओसीलाई समुदायमा भएका स्थानीय नीतिहरू, कार्यान्वयन र द्वन्द समाधान संरचनाहरू लगायत विकिमिडिया समुदायसँग परामर्श गरेर विकसित गरिदैछ। विश्वव्यापी आचार संहिताको बारेमा समुदायद्वारा गरिएको सामुदायिक छलफलहरू यस वार्ता पृष्ठमा हेर्न सकिनेछ।
युसिओसीको परामर्श दुई चरणमा आयोजित गरिनेछ। पहिलो चरण अन्तर्गत युसिओसीको प्रारूप कस्तो हुनेछ भनि सन् २०२० जुनदेखि डिसेम्बरसम्म समुदायसँग अनुसन्धान र छलफल गरिएको थियो। यसैको परिणामस्वरूप युसिओसी नीति आएको हो, जुन विकिमिडिया अभियानको सबै गतिविधिहरू माथि लागू हुनेछ। विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी २ को दिन युसिओसीलाई अनुमोदन गरि पारित गरेको छ। दोस्रो चरणमा युसिओसी नीतिलाई कसरी कार्यान्वयन र मस्यौदा प्रस्ताव गर्ने सम्बन्धमा सामुदायिक छलफल समावेश रहेको छ। यो आधिकारिक रूपमा सन् २०२१ फेब्रुअरीमा शुरू भयो।
सङ्क्षिप्त जानकारी
विश्वव्यापी आचार संहिता इतिहास |
---|
छलफल |
सन् २०२१ फेब्रुअरी २ |
न्यासी समिति- अनुमोदित पाठ परिवर्तन लग |
सन् २०२० अक्टोबर १३ |
न्यासी समितिसमक्ष मस्यौदा प्रस्तुत परिवर्तन लग |
सन् २०२० सेप्टेम्बर ७ |
प्रारम्भिक मस्यौदा |
सन् २०१८ देखि सन् २०२० को अवधिमा अभियानभित्र सक्रिय रहेका स्वयंसेवकहरूले विकिमिडिया अभियानको भविष्य तय गर्नको लागि उचित मार्गनिर्देशनहरूको उपाय खोजेका थिए। कार्य समूह, अनलाइन छलफल र संसारभरि हुने व्यक्तिगत कार्यक्रमहरूको माध्यमबाट, अन्तिम १० सिफारिस र सिद्धान्तहरूलाई सन् २०२० मे महिनामा प्रकाशित गरिएको थियो। यी सिफारिसहरूमध्ये एउटा, “सुरक्षा तथा सहभागिता प्रदान,” गर्नु रहेको छ।
हामी समावेशी, स्वागतयोग्य, सुरक्षित र उत्पीडन मुक्त वातावरणको लागि अभियान-व्यापी मानक स्थापित गर्नेछौँ। यो हामीलाई नयाँ र विविध स्वयंसेवकहरूलाई स्तरीय रूपले आकर्षित गर्न र तिनीहरूलाई परियोजनासँग जोडेर राख्न र एउटा अभियानको रूपमा विकसित गर्नमा सक्षम गर्नेछ।
यो सिफारिसको एउटा महत्वपूर्ण भाग आचार संहिता, युसिओसी बनाउनु थियो। यसको उद्देश्य उत्पीडनको लागि सहिष्णुता बिना सम्पूर्ण अभियानको लागि स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक आधार रेखा प्रदान गर्नु हो। विकिमिडिया समुदाय अत्यधिक विविध सन्दर्भहरूमा काम गर्ने गरेका छन्, र कुनै पनि आचार संहिता हरेक स्थिति र मुद्दालाई पुरा गर्नमा सक्षम हुने छैन, प्रतिभागीहरू र स्थानीय परियोजनाहरूलाई युसिओसीद्वारा स्थापित आधार रेखालाई पालन गर्न र निर्माण गर्नको लागि भनिनेछ।
विकिमिडिया न्यासी समितिको प्रतिवेदन अनुसार, युसिओसी परियोजनाको लागि दुई चरणहरू छन्। पहिलो चरणमा अनुसन्धान, समुदाय र सरोकारवालासँग संवाद, साथसाथै युसिओसी पाठ प्रस्तावको मस्यौदा तैयार गर्ने एउटा संयुक्त स्वयंसेवक-कर्मचारी समिति रहेको थियो। प्रस्तावित मस्यौदा पाठ सन् २०२० अक्टोबर १३ को दिन अनुमोदनको लागि न्यासी समिति समक्ष पेश गरिएको थियो। न्यासी समितिले मस्यौदा पाठलाई सन् २०२१ फेब्रुअरी २ मा प्रमाणित गरेको थियो।
वर्तमान स्थिति
पहिलो चरणमा विकसित युसिओसी मस्यौदालाई न्यासी समितिले अनुमोदन गरिसकेपछि परियोजनाको दोस्रो चरण (चरण २) सन् २०२१ फेब्रुअरी २ बाट शुरू भएको हो। परियोजनाको दोस्रो चरणमा युसिओसीलाई कार्यान्वयन गर्ने भन्ने कुरामा केन्द्रित छ। पहिलो चरणको जस्तै, उत्तरदायित्व निर्धारण र स्पष्ट कार्यान्वयन मार्गहरूको रूपरेखामा विकिमिडिया अभियानसँग जोडिएर रहेका समुदायहरूबाट बृहत् निवेश आवश्यक छ।
सहभागी हुनुहोस्
कृपया वर्तमान र विगतका युसिओसी परामर्शहरूको पूर्ण सूचीको लागि यो पृष्ठ हेर्नुहोस्।
वर्तमान परामर्श
आगामी केही महिनामा विकिमिडिया फाउन्डेसनले प्रवर्तन प्रस्ताव मस्यौदामा विविध सामुदायिक विचारधारालाई आकार दिन र मस्यौदालाई अन्तिम रूप दिनु अघि दुवै स्वयंसेवकहरूसँग बहु परामर्श लिने छ। समग्र प्रक्रियाको अधिक पूर्ण चित्रणको लागि कृपया हाम्रो समय रेखा हेर्नुहोस्।
यो वर्तमान अवधि स्थानीय भाषा परामर्शको लागि समर्पित छ। लक्षित भाषा समुदायहरूसँग उनीहरूकै सहजता अनुसारका विविध स्थानहरूमा छलफल र परामर्श गरिनेछ। यी छलफलहरू ८ हप्ताको अवधिको लागि खुला हुनेछन् र निम्न स्थानहरूमा हुनेछ:
विकिमिडिया फाउन्डेसनले समुदायहरूलाई नियमित रूपले उनीहरूको अनुभव, विचारहरू, र सिकाइहरू व्यवहार नीतिहरूसँग यहाँ मेटामा परामर्श र छलफलहरूमा, वा इमेल मार्फत साझा गर्न प्रोत्साहित गर्दछ।
समय रेखा
कार्यक्रम/कोशेढुङ्गा | मिति | स्थिति | |
---|---|---|---|
कुञ्जी जाँच
प्रवर्तन प्रश्नहरू |
विकिमिडिया फाउन्डेसन न्यासी समितिद्वारा युसिओसी पारित | सन् २०२१ फेब्रुअरी २ | सम्पन्न |
स्थानीय सामुदायिक छलफल | जनवरी–हुँदै | प्रगतिमा! | |
सम्बद्ध परामर्श | सन् २०२१ अन्तिम फेब्रुअरी – मार्च | आगामी | |
कार्यात्मक परामर्श | सन् २०२१ मार्च | आगामी | |
मेटा-विकी परामर्श | अप्रिल २०२१ | आगामी चरण | |
उत्पीडन प्रतिवेदनको लक्ष्य | सन् २०२१ अप्रिल | आगामी चरण | |
सिर्जना र अनुमोदन
प्रवर्तन प्रस्ताव |
मस्यौदा समिति: कार्यान्वयन नीति प्रस्ताव | अप्रिल – मध्य-मे २०२१ | आगामी |
प्रवर्तन प्रस्तावहरूमा मेटा-विकी परामर्श | सन् २०२१ मे दोस्रो साता | आगामी | |
मस्यौदा समिति: कार्यान्वयन प्रस्तावलाई अन्तिम रूप दिनुहोस् | जुन २०२१ | आगामी | |
युसिओसी प्रवर्तन प्रस्ताव विकिमिडिया फाउन्डेसन न्यासी समितिसमक्ष प्रस्तुत गरिएको थियो | सन् २०२१ जुलाई | आगामी |
कार्यक्रम/कोशेढुङ्गा | मिति | स्थिति | |
---|---|---|---|
प्रारम्भिक अनुसन्धान
र बाह्य कार्यक्रमहरू |
स्थानीय भाषा परामर्शको सङ्क्षिप्त विवरण प्रकाशित | सन् २०२० जुन १५ | सम्पन्न |
सम्बद्ध समूहसँग वाह्य कार्यक्रम: सर्वेक्षण र अन्तर्वार्ता | सन् २०२० जुन–जुलाई | सम्पन्न | |
समुदायहरूसँग बाह्य कार्यक्रम सम्पन्न र प्रतिक्रिया सङ्कलित | सन् २०२० जुलाई | सम्पन्न | |
विकिमिडिया फाउन्डेसन कर्मचारी सर्वेक्षण सम्पन्न र सङ्क्षिप्त विवरण समाविष्ट | सन् २०२० जुलाई | सम्पन्न | |
मस्यौदा तयार पार्ने कार्य | सहभागिताको लागि आह्वान: मस्यौदा समिति | सन् २०२० जुन | सम्पन्न |
मस्यौदा समिति चयन | सन् २०२० जुलाई १७ | सम्पन्न | |
मस्यौदा समिति: सक्रिय मस्यौदा चरण | सन् २०२० अगस्ट-सेप्टेम्बर | सम्पन्न | |
युसिओसी मस्यौदामाथि समुदायिक टिप्पणी अवधि | सन् २०२० सेप्टेम्बर-अक्टोबर | सम्पन्न | |
युसिओसी मस्यौदामाथि समुदायिक टिप्पणीहरूको आधारमा संशोधित | सन् २०२० अक्टोबर ६-१२ | सम्पन्न | |
युसिओसी मस्यौदालाई सामुदायिक टिप्पणीहरूको कडीसहित समीक्षाको लागि न्यासी समितिलाई बुझाइयो | सन् २०२० अक्टोबर १३ | सम्पन्न |
महत्वपूर्ण कडीहरू
|